Tuesday, November 11, 2014
Friday, November 7, 2014
Tuesday, November 4, 2014
बौद्ध धर्म सम्बन्धि ३ महिने शिबिर कार्यक्रम भव्यरुपमा समापन
साभार by देव तामांग
धादिंग जिल्लाको धुवाकोट गा. बि. स वार्ड नं १ अन्तर्गत पर्ने बिद्यार्थी उपकार संघ भवनमा गत अगस्त ११ तारिख बाट संचालित बौद्ध धर्म सम्बन्धि ३ महिने शिबिर कार्यक्रम भव्यरुपमा समापन भएको खबर प्राप्त भएको छ | सो प्रसिक्ष्यन काय्रक्रम मा धादिंग धुवाकोट गरि ६४ जना प्रशिक्ष्यर्थिहरु ले ३ महिने सफल प्रसिक्ष्यन लामा गुरु ज्यू हरु बाट प्राप्त गरेका छन् | यो महान कार्यलाई आयोजना गर्ने आयोजक समिति , प्रसिक्षन मा दिन रात खट्ने लामा गुरु ज्यू , लगायत अन्य लामा गुरु ज्यू हरु , सम्पूर्ण पातले बसी लगायत धुवाकोट बसी मित्र हरु विभिन्न क्षेत्र बाट तनमन धनले सहयोग गर्नु हुने दानी दाता ज्यू हरु, छिमेकि गा. बि. स हरु सेम्जोंग , कटुन्जे , निलकण्ठ , खाल्टे र दाङ्सिंग नुवाकोट का सम्पूर्ण यो कार्यक्रम सफल पार्ने धन्यवाद का पात्र हुनुहुन्छ |
यो कार्यक्रम निशुल्क ३ महिना सम्म संचालन गर्न कम्मर कसेर लाग्नु हुने आयोजक समितिलाई फेरी पनि धन्यवाद | सो शिबिर बाट ज्ञान प्राप्त गर्नुहुने सम्पूर्ण प्रशिक्ष्यर्थि ज्यू हरुलाई आगामी दिनमा गाऊ समाज र देश लाई भगवान बुद्धाले औल्याएको शान्ति को मार्गमा डोर्यौना सफल रहोस यहि हाम्रो हार्दिक मंगलमय शुभकामना | ओम मानेपद्मे होंग |
भगवान बुद्धा ले सम्पूर्ण प्राणी मात्र को रक्ष्या गरुन
Saturday, November 1, 2014
पञ्चमिलन स्कूलको सहयोगार्थ देउसी भैलो कार्यक्रम सम्पन्न
पुष्प वाइबा
दाङसिंग हाल कुवैत

संचालक शिक्षक तोया नाथ पौडेलद्वारा यसै कार्यक्रममा स्कूलको लागि नगद दान गर्नुहुने गाउका सम्पूर्ण चन्ददाताहरुलाई हार्दिक शुभ कामना साथमा बधाई ज्ञापन गर्दै कार्तिक १४ गते सुक्रबारको दिन एक
समारोहका बीच स्कुल प्रांगणमा प्रमुख अतिथि देबीघाट स्रोत ब्याक्ति बद्री शर्म ज्यूबाट देउसी भैलो खेल्न सहयोग गर्ने साहयोगीहरुलाई प्रशंसा पत्र बाट सम्मान गर्दै देउसी भलो समूहबाट संकलित रकम नगद रु ९१,५०० (एकानब्बे हजार पांच सय ) प्रमुख अतिथि र संयोजक रत्न सुनारबाट बि.ब्या.स.आध्यक्ष बौडे लामाको हातमा हस्तरान्तर गरिएको थियो। 
कार्यक्रमको सम्बोधन गर्दै स्रोत ब्याक्ति बद्री शर्मद्वारा गाउका संपूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हिन्दूहरूको महान चाड तिहारको शुभ कामना ब्यक्त गर्दै आउँदा भबिस्यामा सके सम्मा छिट्टै नै स्कूलको मास्टरको दरबन्दीको प्रोसेस केन्द्रमा पुराउने कुराको प्रकाश गर्नु भयो।समारोह को विशेसअतिथि रहेको छारमेन्दो युवा समाजका अदक्ष सोम बहादुर तामांग बाट पनि तिहारको शुभ कामना दिदै स्कूलको लागि सहयोग गर्नु हुने संपूर्ण दाङसिंगबासी हरुलाई धेरै धेरै धन्यवाद सहित आउँदा दिनहरूमा हामी सबैले सहयोग गर्दै यस स्कूललाई जिल्लाकै एक नमूना गुणस्तरीय शिक्षा भएको स्कुल बनाउनु पर्छ भन्दै आफ्नो मातब्य राख्नु भयो।
साथै उक्त शुभ कामना अदान प्रदान सम्मान समारोहमा सञ्चालन तोया नाथ पौडेल, प्रमुख अतिथि बद्री शर्मा, बिशेष अतिथि सोम बहादुर तामांग, अतिथिहरु क्रमश शेर बहादुर झाक्री तामांग, इन्द्र तामांग, छोटे तामांग, डिमडुंग लाहुरे, तार लामा, हुनुहुन्थेउ।
Labels:
नुवाकोट समाचार,
नेपाली समाचार
Subscribe to:
Posts (Atom)