नुवाकोट , मसिंर १७
जिल्लाका विभिन्न विद्यालयका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको लागि सञ्चाचित पुनर्ताजगी तालिम हिजोबाट विदुरमा शुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालयको आयोजनामा भएको तालिममा जिल्लाका १३ वटा स्रोत केन्द्रका बालविकास केन्द्रका सहयोगी कार्यकर्ताहरुको सहभागिता रहेको छ । छ दिने तालिमको अबधिमा बालविकास केन्द्रको लागि आवश्यक सिकाइ पद्धती, बालबालिकाको मनोविज्ञान आदि बारे प्रशिक्षण दिइने आयोजकले जनाएको छ ।
कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै जिल्ला शिक्षा अधिकारी बाबुकाजी कार्की, नेपाल शिक्षक संघका अध्यक्ष रामबहादुर थापा, शैक्षिक गणतान्त्रिक मञ्चका अध्यक्ष कृष्ण प्रसाद भण्डारी लगायतले पुनर्ताजगी तालिमले बालबालिकाको सिकाइ उपलब्धिमा विकास हुने अपेक्षा राख्नु भएको थियो । सहयोगी कार्यकर्तामार्फत बालबालिकाको चौतर्फी विकासमा अझै भूमिका खेल्ने वक्ताहरुले धाराणा राख्नु भयो ।
सहभागीहरुलाई जिल्ला शिक्षा कार्यालयका उपसचिव केशव अधिकारी, ध्रुवदेव गुरुङ र मुकुन्दकेशरी पोखरेलले प्रशिक्षण दिइरहनु भएको छ ।
0 comments:
Post a Comment