खोलामा
निरन्तर रुपमा जथाभावी बालुवा झिक्नाले कोल्पु खोलाको पक्कि पुल नै धरापमा पर्दै
गएको छ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने यो पुल अहिले संकटमा पर्दै गएको हो । 
पुल नजिकका क्षेत्रमा
ढुंगागिट्टीको उत्खनन् कार्य निरन्तर गरिएकोले पुलको विम रहेको खोलाको सतह गहिरिदै
जादा पुल संकटमा परेको हो । एकदशक अघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटर भन्दा गहिरिइसकेको स्थानीयको भनाई छ । अनियन्त्रित रुपमा
ढुंगा गिटी र बालुवा उत्खनन् गर्दा पुल
जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २ मिटर
क्षेत्रफलमा ढुंगा गिटी बालुवा लगायत नदीजन्य वस्तुहरु उत्खनन् गर्न रोक लगाएको छ
। जिल्ला विकास समिति नुवाकोटले स्थानीय
स्वायत्त शासनले उल्लेख गरेको भन्दा दुई कदम अघि बढेर पुलको दुबैतर्फ पाच÷पाच सय मिटर वरपर बालुवा, ढुंगा,
गिटी लगायत नदीजन्य उत्पादन
झिक्न नपाइने व्यवस्था गरेको छ । तर, जिल्ला विकास
समितिले आफ्नै नियमलाई आफैले धोती लगाउदा कोल्पुको पुल धरापमा पर्दै गएको हो ।
कोल्पु खोलापटि जिविसले बालुवा
गिटी उत्खनन् कार्य नगरेको जिल्ला विकास समितिका बालुवा गिटी उत्खनन् हेर्दै आएको
प्रशासन प्रमुख हरि प्याकुरेलले बताउनुभयो । उहाका अनुसार कोल्पु खोलामा पुल
क्षेत्रमा पनि दर्ता नगरि चोरी निकासी गर्नेहरुले भने बेला बेलामा उत्खनन् गर्ने
गरेको गुनासो आउने गरेका छन् । जिल्ला विकास समितिले कोल्पु दोभानसम्म कर लिएर
बालुवा गिटी उत्खनन् गराउँदै आएको छ । पुल देखि दोभानसम्म पाँचसय मिटरभन्दा कम
भएकोले त्रिशूली नदीमा बालुवा गिटी उत्खनन्ले पनि पुलको पिलर रहेको क्षेत्रमा
खोलाको सतह गहिरिदै गईरहेको छ । जिल्ला विकास समितिले स्काभेटर प्रयोग गर्न
प्रतिबन्ध लगाएर पनि ठेकेदारहरुले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरि नदी जन्य
बस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहुदा पनि राज्यले करोडौं
लगानी गरेर निर्माण गरेको पुल संकटमा पर्दै गएको हो । जिल्ला विकास समितिले थोरै
राजश्व संकलन हुने नाममा करोडौंको पुललाई दाउमा राखिरहेकोले यो क्षेत्रमा धादिङ र
नुवाकोट दुबै जिल्लाविकास समिति मिलेर नदीजन्य वस्तु उत्पादनमा प्रतिबन्ध लगाउनु
पर्ने स्थानीयको भनाई रहदै आएको छ ।

पुल नजिकका क्षेत्रमा ढुंगागिट्टीको उत्खनन् कार्य निरन्तर गरिएकोले पुलको विम रहेको खोलाको सतह गहिरिदै जादा पुल संकटमा परेको हो । एकदशक अघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक मिटर भन्दा गहिरिइसकेको स्थानीयको भनाई छ । अनियन्त्रित रुपमा ढुंगा गिटी र बालुवा उत्खनन् गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २ मिटर क्षेत्रफलमा ढुंगा गिटी बालुवा लगायत नदीजन्य वस्तुहरु उत्खनन् गर्न रोक लगाएको छ । जिल्ला विकास समिति नुवाकोटले स्थानीय स्वायत्त शासनले उल्लेख गरेको भन्दा दुई कदम अघि बढेर पुलको दुबैतर्फ पाच÷पाच सय मिटर वरपर बालुवा, ढुंगा, गिटी लगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ । तर, जिल्ला विकास समितिले आफ्नै नियमलाई आफैले धोती लगाउदा कोल्पुको पुल धरापमा पर्दै गएको हो ।
कोल्पु खोलापटि जिविसले बालुवा गिटी उत्खनन् कार्य नगरेको जिल्ला विकास समितिका बालुवा गिटी उत्खनन् हेर्दै आएको प्रशासन प्रमुख हरि प्याकुरेलले बताउनुभयो । उहाका अनुसार कोल्पु खोलामा पुल क्षेत्रमा पनि दर्ता नगरि चोरी निकासी गर्नेहरुले भने बेला बेलामा उत्खनन् गर्ने गरेको गुनासो आउने गरेका छन् । जिल्ला विकास समितिले कोल्पु दोभानसम्म कर लिएर बालुवा गिटी उत्खनन् गराउँदै आएको छ । पुल देखि दोभानसम्म पाँचसय मिटरभन्दा कम भएकोले त्रिशूली नदीमा बालुवा गिटी उत्खनन्ले पनि पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिदै गईरहेको छ । जिल्ला विकास समितिले स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएर पनि ठेकेदारहरुले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरि नदी जन्य बस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहुदा पनि राज्यले करोडौं लगानी गरेर निर्माण गरेको पुल संकटमा पर्दै गएको हो । जिल्ला विकास समितिले थोरै राजश्व संकलन हुने नाममा करोडौंको पुललाई दाउमा राखिरहेकोले यो क्षेत्रमा धादिङ र नुवाकोट दुबै जिल्लाविकास समिति मिलेर नदीजन्य वस्तु उत्पादनमा प्रतिबन्ध लगाउनु पर्ने स्थानीयको भनाई रहदै आएको छ ।
0 comments:
Post a Comment