पुष्प वाइबा
दाङसिंग हाल कुवैत

संचालक शिक्षक तोया नाथ पौडेलद्वारा यसै कार्यक्रममा स्कूलको लागि नगद दान गर्नुहुने गाउका सम्पूर्ण चन्ददाताहरुलाई हार्दिक शुभ कामना साथमा बधाई ज्ञापन गर्दै कार्तिक १४ गते सुक्रबारको दिन एक
समारोहका बीच स्कुल प्रांगणमा प्रमुख अतिथि देबीघाट स्रोत ब्याक्ति बद्री शर्म ज्यूबाट देउसी भैलो खेल्न सहयोग गर्ने साहयोगीहरुलाई प्रशंसा पत्र बाट सम्मान गर्दै देउसी भलो समूहबाट संकलित रकम नगद रु ९१,५०० (एकानब्बे हजार पांच सय ) प्रमुख अतिथि र संयोजक रत्न सुनारबाट बि.ब्या.स.आध्यक्ष बौडे लामाको हातमा हस्तरान्तर गरिएको थियो। 
कार्यक्रमको सम्बोधन गर्दै स्रोत ब्याक्ति बद्री शर्मद्वारा गाउका संपूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हिन्दूहरूको महान चाड तिहारको शुभ कामना ब्यक्त गर्दै आउँदा भबिस्यामा सके सम्मा छिट्टै नै स्कूलको मास्टरको दरबन्दीको प्रोसेस केन्द्रमा पुराउने कुराको प्रकाश गर्नु भयो।समारोह को विशेसअतिथि रहेको छारमेन्दो युवा समाजका अदक्ष सोम बहादुर तामांग बाट पनि तिहारको शुभ कामना दिदै स्कूलको लागि सहयोग गर्नु हुने संपूर्ण दाङसिंगबासी हरुलाई धेरै धेरै धन्यवाद सहित आउँदा दिनहरूमा हामी सबैले सहयोग गर्दै यस स्कूललाई जिल्लाकै एक नमूना गुणस्तरीय शिक्षा भएको स्कुल बनाउनु पर्छ भन्दै आफ्नो मातब्य राख्नु भयो।
साथै उक्त शुभ कामना अदान प्रदान सम्मान समारोहमा सञ्चालन तोया नाथ पौडेल, प्रमुख अतिथि बद्री शर्मा, बिशेष अतिथि सोम बहादुर तामांग, अतिथिहरु क्रमश शेर बहादुर झाक्री तामांग, इन्द्र तामांग, छोटे तामांग, डिमडुंग लाहुरे, तार लामा, हुनुहुन्थेउ।
0 comments:
Post a Comment