मैले परदेशमा बसेर देखेको सुन्दर सपना सपनै
रहने भयो !
परदेश बाटै भएनी यसपाली मैले साथीहरुको फेसबुक
को वाल मा हेर्दा त पक्कै पनि नेपालको मूल आदिबासी जनजातीले देखेको सोचेको जस्तो
देश राज्य धर्म निरपेक्ष राष्ट्र, सबैले आफुले गुमेको राज्य ताम्सालिंग,
नेवा
राज्य, तमुवान, लिम्बुवान, किरात राज्य,
खुम्बुवान
राज्य, छुटा छुटै संघिय पहिचानको राज्य बन्ला देशमा शुख सान्ति र ३६ बर्णको
साझा फूलबारीमा सबै फूलहरु आ आफ्नै फूलबारीमा स्वतन्त्र भएर, जातियता
मा धर्ममा, अमेरिका मा झैँ स्वतन्त्र भै देश को बिकाश अझ
दिगो हुन्छ होला भनि सुन्दर सपना देखेको अहेलेको चुनाब को परिणाम देख्दत निराश
लगेर आयो, प्राय आदिबासी जनजातिहरु हेजोको दिनमा जति पनि ताम्सालिंग राज्य को
लागि लड्ने, कुरा गर्ने साथीहरु आज हाम्रो पराजित मा खुसि
भएका देख्दा र जित्नेहरुको पछि लागेको देख्दा मलाई सरम लागेको छ,
"यदि फूलबारीमा फुल्न नचाहने फूलहरु अरुको घरको
कौसीमा फुल्न चाहन्छन भने फूलबारीमा फुल्ने सपना देख्नु बेकार छ" तर पनि
हिम्मत नहार्नु हामी आदिबासी जनजाती नेपालीहरु जित हाम्रो एकदिन अवस्य छ आज जसको
झोला बोकेर हिड्ने हाम्रो आफ्नै दाजु भाई भोली अवस्य परे उसैलाई झोला बोकाउने दिन
पनि आउछ, हरेकको पालो आउछ . आज आफ्नो राज्य आउने भएन भनेर हरेश नखानु तामांग
दाजु भाइहरु एकदिन तपाई हामीले नै आज हारेकोले नाना भाति, जंगली, के
जाति तपाई हाम्रै तामांग दाजु भाई तथा दिदीबहिनीहरुको फेसबुकमा रंगिएको छन्
तिनीहरुकै फेसबुक वालमा एकदिन बाचेछ भने "तमासालिंग राज्य को घोषणा "
पनि तिनीहरु ले नै share गर्नेछ,
सधै हेरो को रोल डिलाई हुन्छ ,
म अहिले सम्म कुनै पार्टीमा त समाबेस छैन तर
मलाई अहेले जहाँ सम्म लाग्छ संघिय समाज बादी पार्टी का महान व्यक्ति आङकाजी
शेर्पालाई म सलाम गर्छु . वहाको विचार मलाई मन पर्छ, त्यसैले मनमा लाएको
कुराहरु share गरेको छु, मेरो आदरणीय,
प्रिय
मित्रहरुले अन्यथा नलिनु होला, म राजनीति देखि धेरै टाडा छु, मात्र
मेरो मनमा उल्रेका भावनाहरु share गरेको छु,
बिजय प्राप्त नेताहरु लाई बधाई छ देशमा सबै
जनतालाई समेट्ने खाले संबिधान बनोस, जातीय दङ्ग फसाद नहोस, देशमा देशमा धार्मिया
युद्द नहोस, आउने संबिधान मा देशमा शान्ति पूर्ण बाताबरण बनाउन सफल होस्, ताकी
हामी खाडी मुलुकमा झैँ निर्धक्क भएर साथी भाई दिन रात आरामले हिड्न डुल्न सकोस,
देशमा बिकाशमा लगानी गर्न बेदेशी कम्पनीहरुलाई सहि बाताबरण बनोस, ताकी हाम्रो
वल्लो घरे माइला, गैरा घरे काले, अनि डाडा घरे सुन्तली र राम माया अरब खाडीको
खादामा काम र बिनदिंग कन्स्ट्रक्सन काम गर्न बाद्य नहोस, नेपाली जनताका छोरा
छोरीले गर्न चाहेको जानेको सिपको रोजगार को व्यवस्था गरियोस, देशमा बन्द, हड्ताल,
सधैको लागि बन्द गरियोस, यसको लागि अग्रिम बधाई छ विजय प्राप्त नेता र पार्टीलाई,
शुभ चिन्तक
पुष्प वाइबा
मेंदोमाया तथा लोक गायक
0 comments:
Post a Comment