Wednesday, January 15, 2014

हार्दिक बधाई तथा शुभ कामना

हार्दिक बधाई तथा शुभ कामना
हाम्रो दंसिंग डट कम परिवार




नेपाल सरकारका उप सचिब रुद्रसिंग तामांग, मन्त्रिस्तरीय निर्णयानुसार नेपाल सरकार, संघिय तथा स्थानीय बिकाश मन्त्रलय गुम्बा बिकाश समितिको कर्येकारी निर्देसक तथा सदस्य सचिप पदमा नियुक्त हुनु भएकोमा उहाको कार्यकालको सफलताको लागि हाम्रो दंसिंग डट कम परिवार साथमा छारमेंदो युवा समाज परिवार को तर्फबाट हार्दिक बधाई तथा शुभ कामना

ल्होछारला ज्याबडामबा ! ल्होछारला ज्याबडामबा !! ल्होछारला ज्याबडामबा !!!

ल्होछारला ज्याबडामबा ! ल्होछारला ज्याबडामबा !! ल्होछारला ज्याबडामबा !!!
लोक तथा मेंदोमाया गायक
पुष्प वाइबा तामांग  

आउदै गरेको तामांगहरुको महान चाड २८४९ औ सोनाम ता ल्होछार को देस परदेश मा रहनु हुने सम्पूर्ण बौद्दामार्गीहरुमा हाम्रो दंसिंग डट कम परिवार साथमा छारमेंदो युवा समाज परिवारको तर्फबाट सु स्वास्थ, शान्ति तथा दिर्घायुको, लागि भगवान बुद्द संग प्रार्थना गर्दै हरिक शुभ कामना ब्यक्त गर्न चाहन्छौ !

अहेलेको समय मा सबै जान जातिहरु आ आफ्नो भाषा,धर्म,कला संकृति परम्परा को जगेर्ना गर्नको लागि एकदम सरिक छन यो खुसीको कुरा हो, तर हामीले आफ्नो परम्परा जोगौनको लागि अरुको धर्म परम्परा समुदायको आच आउने काम कुरा हरु गर्न हुन्न, जस्तो अहेलेको नेपालको सन्दर्भमा हाम्रो नेपालि समाज मा यो मेरो यो उसको यो जात त्यो जात, यो हाम्रो धर्म यो उसको धर्म भन्ने कुराले देश अन्य दिशामा गैरहेको हामीले महसुश गरेकै छौ.

राजनीतिक फाइदाको को लागि हाम्रो नेता भनाउदाहरुले देशलाई एकदम जटिल अवस्थामा खादीसकेको छ अब को दिनमा तपाई हामी सबै मिलेर सबैले बुझेर शंतिपुर्बक आफ्नो हक अघिकार को सुरक्षा गर्नु पर्छ, दशैँ होस् या तिहार, ल्होछार होस् या बुद्द जयन्ति हामी सबै नेपाली एक आपसमा मिलेर मनाउ, राज्यले पनि सबै धर्म जात लाई सम्मान व्यवहार गरोस,
परदेशमा मात्र मनाउने होइन अनि काठमाण्डौको तुडीखेलमा मात्र नभएर,ल्होछार सबैले आ आफ्नो गाउ गाउ मा मनाउ, बस्ति बस्तीमा मनाउ, घर घर मा मनाउ, अनि जसरी तपाई हामीले दसैँ तिहार मनाउछौ तेस्तै गरि हर्स उल्लाश का साथ तपाई हामीले आफ्नो आफन्तहरुलाई निमंत्रना गरि, घर घरमा पार्टी गरि मनाउ, गाउ घरको हर क्लबहरु ले पनि ल्होछार मा विभिन्न खेलहरु संस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर मनाऊ, दाजुभाई ले दिदीबहिनीलाई घर घरमा बोलाइ मिठो मिठो परिकार बनाई एक आपसमा बसेर रमाउदै ल्होछारमा मेंदोमाया गित साथमा डम्फुमा सेलो सैकोले गाउदै नाच्दै मनाऊ, दशैँ तिहारमा जस्तै रोटे पिंग, लिंगे पिंग थापौ, घर आगन बाटो गोरेटो को सरसफाई गर्ने काम गरम, मजाले रमाइलो संग ल्होछार बुद्द जयन्ति मनाम, नया नया कपडा लगाई घरमा रंग रोगन गरि झिलिमिली बत्ती बाली रातभरी घर घरमा मेंदोमाया नाचम, सेलोमा डम्फु घंगाई रमाइलो गरम गच्छा अनुसारले घरमुलीले दक्षिना खाप्से दिन्छिन होइनर, जसरी तपाई हामीले देउसी भैलो खेल्छौ,

समाजमा सहि बाटो सहि कार्य तपाई हामीले नै गर्नुपर्छ अरुले गरिदेदैनन, यसपालिको तामांगहरुको ल्होछार शुखामाई होस्, हर घरमा ल्होछारको शुभ कामना आदान प्रदान होस्, यहि छ हाम्रो पनि शुभ कामना तपाईहरुलाई,





Saturday, January 4, 2014

अब कुवैतमा मात्र होइन बिस्वमा ठुलो भुकम्भ आउनेछ

म्हेंदोमाया तथा लोक गायक पुष्प वाइबा तामांग
नुवाकोट दंसिंग, हाल कुवैत

अब कुवैतमा मात्र होइन बिस्वमा ठुलो भुकम्भ आउनेछ, तर तपाईहरु नातिनुस यो भुकम्भ हो गित संगीतको, चोखो माया गर्ने दुई प्रेमिहरुको कहानीको, डम्फु र तुंगनामा सेलो मा नाच्ने मैचंग र च्यान्ग्बाहरुको, साथमा दोहोरी गित प्रेमिहरुको कुवेतका लागि निकै चर्चा कमाउन सफल  लोक गायक डिबी लोप्चन तामांगको मित्रता एल्बम पछिको दोस्रो प्रस्तुति “कोसिश” चाडैनै तपाई हरु माझ आउदैछ, अब छोटो समय मै बिमोचन को तयारी खाडी राष्ट्र कुवैत नगरीमा हुदैछ, यो एल्बम “कोसेश” लोप्चन को सबै गित संगीत सुन्ने पारखीहरुलाई समेट्ने गरि प्रस्तुत गरेको पहिको “कोसिश” हो,




बैदिसिक रोजगारको सिलसिलामा रहनु हुने गायक डिबी लोप्चन तामांग सधै गित संगीतको लागि तन मन धन ले को लगानी गरि कुवैत मा पनि थुप्रै संघ संस्थाहरु मा आफ्नो कला संगीत प्रस्तुत गर्दै सबैको मन मुटु मा रहन सफल गायक लोप्चन अब को “कोसिश” एल्बम बाट बिस्व मा चर्चा कमाउन सफल हुनेछ,

यस एल्बम बाट लोक दोहोरी नेपाली स्रोताहरुलाई, सम्पूर्ण तामांग सेलोका पारखीहरुलाई, साथमा युवाहरुलाई पनि आइटम गीतबाट समेटि, युवा देखि बृद्दसम्मलाई, समेट्ने खालको एक छुटै प्रस्तुति यो अल्बम मा सुन्न सकिन्छ तपाई हरुले आजै यो गीति अल्बम “कोसेश” आफ्नो जिन्दगीको “कोसिश” बनाऊनु होला, भन्दै म लोक कला संक्रितिलाई माया गर्ने पारखी तपाईहरुकै माया पाएकी लोक तथा मेंदोमाया गायक पुष्प वाइबा तामांग को आग्रह गर्न चाहन्छु, कलाकार रास्ट्रको अभिन्न अङ्ग हो, साथमा राष्ट्रकै गहना हो. तामांग सेलो, आइटम गित, मेलोडी गित साथमा माया पबित्र प्रेममा आधारित लोक दोहोरी गित ले अवस्य पनि सबैको मन छुनेछ, “कोसिश” अल्बमको सफलताको लागि हामी हाम्रो दंसिंग डट काम परिवार हार्दिक शुभ कामना ब्यक्त गर्दछौ .   

लोप्चनको “कोसेश” ले लाखौ गित संगीत पारखीहरु लाई अवस्य मन जित्न सफल हुनेछ,   
एल्बम “कोसिश” बाट
गायक: डिबी लोप्चन तामांग
गायिका : इन्दिरा जोसी, साथमा टिका पुन   
तामांग सेलो
मानेपेमे मानेपेमे मानेपेमे होंग,
मैचंग को त्यो मिठो बोलीले है मन पग्लेउ यो ठिटो चाङ्बाको
येता त माया पलायो, के छ है विचार त्यो मनको,
स्यगो मैचंग, स्यगो, स्यगो मैचंग स्यगो,

आइटम गित
केटी : १६ बर्से जोबन मेरो, पहिरन झलेमले,
मलाई हेर्दै सबै केटाले रयाल चुहौना थाले,
हेरन हेर मेरो जोवानी, चन्चले नानी चन्चले नानी मायामा छैन मेरो लजाउने बानी,
केटा : छोटो छोटो  लगौउछौ तिमी हिड्छौ मस्किएर,
मन मिले तिम्रो बैसा दिउन मलाई पस्किएर,
कसलाई साचेको तिम्रो जवानी, बैशालु नानी,मस्किने बानी तर मायाको खानी,

चटपटि मसल्दार लब गित
रैछौ मोरी गोरीमा क्या गोरी, लाउछौ नजर बनेर एकोहोरी
परे भुतुक्कै, दिल मेरो खाली छ बस सुटुक्कै,

दोहोरी गित
खै के भाछ आजकल म टोलाउछु, झस्किएर तिमलाई नै बोलौउछु
सुन कोइ कोइ म त प्रेम रोगी, तिमरै माया पाउनलाई युग युग जिउनलाई तर्पीरहन्छु मायाले पो होकी
केटी : तिम्रो माया छ सागर सरी, सजाउनेछु तिमीलाई दिलभरि,
सुन कोइ कोइ म त प्रेम रोगी, तिमरै माया पाउनलाई युग युग जिउनलाई तर्पीरहन्छु मायाले पो होकी