Wednesday, January 15, 2014

ल्होछारला ज्याबडामबा ! ल्होछारला ज्याबडामबा !! ल्होछारला ज्याबडामबा !!!

ल्होछारला ज्याबडामबा ! ल्होछारला ज्याबडामबा !! ल्होछारला ज्याबडामबा !!!
लोक तथा मेंदोमाया गायक
पुष्प वाइबा तामांग  

आउदै गरेको तामांगहरुको महान चाड २८४९ औ सोनाम ता ल्होछार को देस परदेश मा रहनु हुने सम्पूर्ण बौद्दामार्गीहरुमा हाम्रो दंसिंग डट कम परिवार साथमा छारमेंदो युवा समाज परिवारको तर्फबाट सु स्वास्थ, शान्ति तथा दिर्घायुको, लागि भगवान बुद्द संग प्रार्थना गर्दै हरिक शुभ कामना ब्यक्त गर्न चाहन्छौ !

अहेलेको समय मा सबै जान जातिहरु आ आफ्नो भाषा,धर्म,कला संकृति परम्परा को जगेर्ना गर्नको लागि एकदम सरिक छन यो खुसीको कुरा हो, तर हामीले आफ्नो परम्परा जोगौनको लागि अरुको धर्म परम्परा समुदायको आच आउने काम कुरा हरु गर्न हुन्न, जस्तो अहेलेको नेपालको सन्दर्भमा हाम्रो नेपालि समाज मा यो मेरो यो उसको यो जात त्यो जात, यो हाम्रो धर्म यो उसको धर्म भन्ने कुराले देश अन्य दिशामा गैरहेको हामीले महसुश गरेकै छौ.

राजनीतिक फाइदाको को लागि हाम्रो नेता भनाउदाहरुले देशलाई एकदम जटिल अवस्थामा खादीसकेको छ अब को दिनमा तपाई हामी सबै मिलेर सबैले बुझेर शंतिपुर्बक आफ्नो हक अघिकार को सुरक्षा गर्नु पर्छ, दशैँ होस् या तिहार, ल्होछार होस् या बुद्द जयन्ति हामी सबै नेपाली एक आपसमा मिलेर मनाउ, राज्यले पनि सबै धर्म जात लाई सम्मान व्यवहार गरोस,
परदेशमा मात्र मनाउने होइन अनि काठमाण्डौको तुडीखेलमा मात्र नभएर,ल्होछार सबैले आ आफ्नो गाउ गाउ मा मनाउ, बस्ति बस्तीमा मनाउ, घर घर मा मनाउ, अनि जसरी तपाई हामीले दसैँ तिहार मनाउछौ तेस्तै गरि हर्स उल्लाश का साथ तपाई हामीले आफ्नो आफन्तहरुलाई निमंत्रना गरि, घर घरमा पार्टी गरि मनाउ, गाउ घरको हर क्लबहरु ले पनि ल्होछार मा विभिन्न खेलहरु संस्कृतिक कार्यक्रमहरुको आयोजना गरेर मनाऊ, दाजुभाई ले दिदीबहिनीलाई घर घरमा बोलाइ मिठो मिठो परिकार बनाई एक आपसमा बसेर रमाउदै ल्होछारमा मेंदोमाया गित साथमा डम्फुमा सेलो सैकोले गाउदै नाच्दै मनाऊ, दशैँ तिहारमा जस्तै रोटे पिंग, लिंगे पिंग थापौ, घर आगन बाटो गोरेटो को सरसफाई गर्ने काम गरम, मजाले रमाइलो संग ल्होछार बुद्द जयन्ति मनाम, नया नया कपडा लगाई घरमा रंग रोगन गरि झिलिमिली बत्ती बाली रातभरी घर घरमा मेंदोमाया नाचम, सेलोमा डम्फु घंगाई रमाइलो गरम गच्छा अनुसारले घरमुलीले दक्षिना खाप्से दिन्छिन होइनर, जसरी तपाई हामीले देउसी भैलो खेल्छौ,

समाजमा सहि बाटो सहि कार्य तपाई हामीले नै गर्नुपर्छ अरुले गरिदेदैनन, यसपालिको तामांगहरुको ल्होछार शुखामाई होस्, हर घरमा ल्होछारको शुभ कामना आदान प्रदान होस्, यहि छ हाम्रो पनि शुभ कामना तपाईहरुलाई,





0 comments:

Post a Comment