Wednesday, December 24, 2014

पुष्प वाइबाको घ्याम्पोको निगार कुवैत मा बिमोचन हुदै

समाचार हाम्रो दाङसिंग डटकम 
लोक गित बाट गाउदै सांगीतिक छेत्रमा यात्रा गर्नुहुने नुवाकोटे लोक गायाक पुष्प वाइबाको पाचौ प्रस्तुति पनि अब यहि आउने तामांगहरुको महान चाड सोनाम ल्होछारबाट बजारमा आउदै छन् I
तामांग जातिहरुको महान चाड सोनाम ल्होछारको पावन अवसरमा घ्यु भेडा बर्गको २९५१ औ ल्होछारमा नेपान तामांग घेदुंग द्वारा आयोजित ल्होछार प्रोग्राममा नेपाली राज दुताबास,तामांग घेदुंग कुवैतको बरिस्ट व्यक्तिहरु, को साथमा अथिति कलाकारहरु असुशेन लामा र जमुना योन्जन को हातबाट बिमोचन हुने कुराको जानकारी गायाक वाइबा बताउनु हुन्छ I
नेपालमा कलेज पड्दा पड्दै गित संगीतमा लागेका वाइबाको संगीत यात्रा कतार दुवै हुदै कुवैत को थुप्रै स्थानिया स्टेजहरु तताई सकेको कुरा वाइबाको युतटुबका भिडियोहरु बाटै अनुमान लगाउन सकिन्छ I

रोजगारीको शिलशिलामा वाइबा जहाँ जानुहुन्छ त्यहाबाटै कला संस्कृतिको जगेंर्ना गर्दै अघि बढेको नुवाकोटे लोक गायाक कतारमा छदा पनि फेमेली म्युजिक ग्रुबको स्थापना गरि कतारबासी नेपालि फेमिलीहरुलाई हर चाड पर्वहरुमा दर्जनौ प्रोग्राम आयोजना गरिसकेको वाइबा दुवै हुदै कुवैतको बसाईको क्रममा पनि त्यहाको थुप्रै संस्था मा जिम्मेवार पद समाल्दै कला संस्कृतिलाइ जगेर्ना गर्दै अघि बढेको गायाक वाइबा लालीगुराँस सांस्कृतिक परिवार को सल्लाहकार हो र तामांग घेदुंग कुवैतको मूल कमिटि सदस्य साथमा बरिस्ट डिजाइनर पद समाल्दै अन्तरास्ट्रिय कलाकार समाज कुवैतको कोषाध्यक्ष पदमा कार्येरत छन् I समाज सेवा गर्न अति मन गर्ने वाइबा ले गत सालको छुट्टीमा नेपाल जादा नुवाकोट दाङसिंग विकास समिति वडा नं २ मा अवस्थित पन्चामिलन कला देवी निन्न माध्यामिक बिध्यालयलाई ३ थान लेप्टोप साथमा बैदेसिक रोजगारमा रहेको दाजुभाईबाट स्कुलको लागि १ लाख भन्दा बडी सहयोग रकम उठाई स्कुल लाई प्रदान गर्नु भयो I
घ्याम्पोको निगार एक बिसुद्दा सांस्कृतिक नाम हो, तामांगहरु को हर पुरानो बस्तीको घरहरुमा घ्याम्पोको निगार राखेको पाइन्छ I सबैलाई मन पर्ने घाम्पोको निगार बिधिबध रुपमा यहि १६ जनवरी २०१५ मा कुवैत सहरमा बिमोचन हुदैछ I तितो सत्य कथामा आधारित घ्याम्पोको निगार गितमा मैचंग र च्यांग्बाको जोडका तोड़ सेलो जुवारी खेलेको अतिनै रोमान्टिक छ I यस रोमान्टिक गित को सब्द मलेसियामा कार्येरत रामेछापको जम्भू ग्याबकले रचना गरेको यस गीतलाई संगीत भर्ने काम नेपालकै चर्चित गायाक आशुसेन लामाले गरेका छन् I हाम्रो नुवाकोटे मेंदोमाया किंग वाइबा संग तेमालको सेलो नव गायिका रत्न मोक्तानको अवाज दिएको छन् I    

0 comments:

Post a Comment