फागुन १४ नुवाकोट
नुवाकोट महोत्सवको तेस्रो दिन पनि दर्शकहरुको घूइचो लागेको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको तेस्रो नुवाकोट महोत्सव तथा मध्यमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनीमा आज गायक कोमल वली, हेमन्त शर्मा, सुगम पोखरेल , लगायतका कलाकारहरुसहित स्थानीय गायक गायिकाहरुले मनोरञ्जन दिलाएका छन् ।
व्यावसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न सामग्री राखिएका ै दुई सय स्टल राखिएको आयोजकले जनाएको छ ।
महोत्सवमा नुवाकोटका घरेलु तथा लघु उद्यमीहरुद्धारा तयार गरिएका घरेलु हस्तकलाका सामान लगायत अन्य उपभोगजन्य सामानहरु प्रदर्शनी तथा खरिद विक्रीका लागि राखिनुका साथै मनोरञ्जनका लागि रोमाञ्चक खेल प्याराग्लाईडिङलगायत लोक सांस्कृतिक मेला र झाँकीहरुको समेत महोत्सवमा सहभागीहरुले मज्जा लिन सकिने आयोजकले बताएको छ ।
0 comments:
Post a Comment