Thursday, December 31, 2015

दाङसिङ दोहोरी साँझको “खुल्ला लोक दोहोरी प्रतियोगिता नया साल २०१६ जनवरी १ मा

दाङसिङ दोहोरी साँझको “खुल्ला लोक दोहोरी प्रतियोगिता नया साल २०१६ जनवरी १ मा
वाइबा जेठा हाम्रो दाङसिङ डटकम 
३१ डिसेम्बर २०१५ 

नोभेम्बर १ तारिकबाट पुष्प वाइबाको पहलमा आफ्नो जन्मेको गाउको कलाकार भाइ बहिनीहरुलाई गित संगीतमा टेवा पुराउने उदेस्यले स्थापना गरेको दाङसिङ दोहोरी साँझछोटो समयमै बिस्वभर फैलेदै गएको छ,
लोक तथा मेंदोमाया गायक पुष्प वाइबाले स्थापना गरेको अन्लयन दोहोरी साँझ दुवै, कुवैत , कतार, साउदी, मलेसिया, ओमन,दक्षिन् आफ्रिका हुदै नेपाल र इन्डीयाको साथै लेबनान र क्रुकिस्तान सम्म संस्थाले आफ्नो सेवा बिस्तार गरेको छ, सधै कला संगीतको सिर्जना गर्दै अघि बढ्दै गरेको हाम्रो प्रिया युवा गायक वाइबाले दोहोरी साँझ इन्डियाबाट सिजम लामा र बिमल तामांगले उक्त साँझमा कार्येक्रम प्रस्तोताको रुपमा साथै कमेडी गर्दै अघि बढ्दै छन् भने, अर्को नेपालबाट बेला बेलामा मरिचमान लोप्चन मादलको साथमा लोक दोहोरी गाउदै अघि बढ्दै साँझमा ओमन बाट लोक दोहोरी गायिका सोनिया र गायक राम सिङ्ग तामांगले साथ् दिदै कार्येक्रम प्रस्तुत गरिरहेका छन्,
दुवैबाट एड्मिन्को रुपमा आसमान लोप्चन, अनिल लामा र जोडी दिदीबहिनी सुनिता तामांग र लक्ष्मी बस्नेतले बेला बेलामा हसाउदै शोभा बढाई रहेको छन, भने कुवैतबाट सानु चौधरी, सेलो गायक सुरेश ग्याबकले साथ् दिदै अघि बदेरहेको दाङसिङ दोहोरी साँझ बिहान ४ बजे देखि रातको २ बजे सम्म २४ सै घण्टा संचालन गर्दै देस परदेशमा रोजगारी गर्दै बसीरहेका नेपालि दाजुभाई तथा दिदीबहिनीहरुलाई परदेशी जिबनमा आफ्नो स्वदेशको दोहोरी साँझको झल्को परदेशमा पनि आभास दिएको कुरा सबैले दुवै बाट नुवाकोटको माया तामांगले हाम्रो दाङसिङ डटकमलाई बताउनु भयो,

यसैगरी दाङसिङ दोहोरी साँझमा लोक दोहोरी घम्सा घम्सिको साथै लोक आधुनिक गीतको प्रस्तुति गर्दै दर्सक स्रोतालाई पेट मिची मिची हसाउनको लागि धिरज खड्का बिमल तामांग, लक्ष्मी बस्नेत को साथै इन्डियाबाट बिमल तामांग बेलाबेलामा आउदै दाङसिङ दोहोरी साँझलाई थप रोमान्टिक बनाएको यस साँझलै राष्ट्रिय स्तरको कलाकार देखि अन्तरास्ट्रिय कलाकारहरुले पनि साथ् दिई रहेको छ,
कतार बाट मणि कुमार, साउदीबाट राज थोकरको साथमा मलेसियाबाट सुमन लामाले साँझलाई अघि बढाउदै नया नया गायक तथा गायिकाहरु दाङसिङ दोहोरी साँझले जन्माएको छ,

दाङसिङकै कलाकारहरु सचिन वाइबा, आसमान लोप्चन, अनिल लामा, मोन लामा, शान्ति तामांग, मरिचमान तामांग, शान्ति दोंग, कुवैतबाट दाङसिङकै लोक गायक पुष्प वाइबाको पहलमा सुरुवात गरेको दाङसिङ दोहोरी साँझ आज छोटो समयमा नेपालकै रामेछाप, शिन्धुपाल्चोक, देखि लम्जुंग पाल्पा गुल्मी तम्घास, बुटवल, चितवन देखिको कलाकारहरुले साँझ लाई साथ दिई कलाकारहरु दिन प्रति दिन बढ्दै गैरहेको जानकारी हामीलाई इन्डिया देखि सिजम लामाले दिनुभयो,

कला संस्कृति हाम्रो गहना यसको सम्रक्षन् गरौ भन्ने मूल नारामा सुरु गरेको दाङसिङ दोहोरी साँझले नया साल २०१६ को शुभकामनाको साथै दाङसिङ दोहोरी साँझले “दाङसिङ खुल्ला लोक गित प्रतियोगिता २०१६ “ आयोजना गर्दैछ, कुवैतको समय अनुसार रातको ठिक ८ बजे सुरु हुने कार्येक्रमको भब्य रुपमा सफल बनाउनको लागि आयोजक टिम प्रसार प्रचारमा ब्यस्त देखिन्छ ,   

0 comments:

Post a Comment