Saturday, January 2, 2016

हार्दिक बधाई तथा शुभकामना





दाङसिङ दोहोरी साँझको आयोजनामा गत सुक्रबार व्हट्सअपस अन लायानबाट दाङसिङ “खुल्ला लोक गीत प्रतियोगिता भब्य रुपमा सफल भएको छ, 

कला संस्कृतिको सम्बर्दन गरौ कलाकार बचाउ भन्ने मूल नाराका साथ खोलेको दाङसिङ दोहोरी साँझ छोटो समयमा नै आयोजना गरेको कार्येक्रमको सभापतितोव लोक गायक पुष्प वाइबालाई ले गरेको थियो भन्ने निर्णायक मण्डलको प्रमुख पनि वाइबा नै थियो, प्रमुख अतिथिमा अन्तरास्ट्रिय स्तरबाट लोक गीती अल्बमहरु निकाल्दै कुवैतमा सांस्कृतिक संस्था लालीगुराँस संस्थाको जन्म गरि थुप्रै कलाकार जन्माउन सफल समाजसेबी, बुद्दिजिबी साथै कलाकार राजेन्द्र बिराहीले र बिसेष अथितीमा नेपालमा थुप्रै सेलो गित संगीतको सिर्जना गरि कुवैतबाट पनि अल्बम निकाल्न सफल साथै थुप्रै फिलिमहरुको कथा पथ्कथा, आफै अभिनय गरि अझ थुप्रै fm स्टेसनहरुमा कुसल उद्घोषक गर्ने हाम्रै तामांग घेदुंग कुवैत र अन्तरास्ट्रिय कलाकार मंच कुवैत शाखाको महा सचिब पने रहेको बहु प्रतिभाका धनि सुरेस ग्याबा तामांग र दुवैबाट नुवाकोटको कर्चो माया तामांग रहनु भएको कार्येक्रम १ गते साँझ ८ बजे देखि रातको १२ बजे सम्म लोक गित प्रतियोगिता चलेको थियो, 

राष्ट्रिय गित संगै ओमनबाट संचालिका तथा गायिका सोनिया धनन्जयको स्वागत गित पछि कार्येक्रमलाइ कार्येक्रम संयोजक आसमान लोप्चन दुबैदेखी प्रमुख अथिति, बिसेष अथिति आयोजक परिवारको साथमा सभापति सबैलाई स्वागत गर्दै प्रमुख अथिति राजेन्द्र बिरहीबाट बधाई तथा शुभकामना मन्तब्य लगतै सुरु गरिएको कार्येक्रम ओनालायान बाट भयिपानी एकदम रोचक अनि रमणीय बनेको थियो, 
कलाकारहरुलाई निर्णायक मण्डलबाट दिएको कुनै पनि लोक गीतमा ५ मिनेट भित्र गैसक्नु पर्ने उक्त प्रतियोगिता कार्येक्रममा १० जना कलाकार्हरुले भाग लिइएको थियो, 

साथै आयोजक परिवार बाट 3 जना प्रतियोगिताको सहभागिता पछि लगतै आफ्नो गितहरु, सुमन लामा मलेसियाबाट, सानु चौधरी कुवैतबाट, आसमान लोप्चन दुवैबाट, सिजम लामा इन्डियाबाट, बिमल तामांग इन्डियाबाट यसै गरि लक्ष्मी बस्नेत दुबैबाट लोक गित प्रस्तुत गरि भरपुर मनोरंजन दिलाएको थियो I 
१० जना सहभागिता मध्धे पहिलो स्थान प्राप्त गर्नु हुने नुवाकोट दाङसिङ ५ कै युवा कलाकार बम बहादुर तामांग हो, नाभानाना फर्क मायालु, बोलको गितमा आफ्नो पियारीलाई राम्रो संग कमाई ल्याउनेछु केहि समय पर्ख मायालु भन्दै सबैलाई रुवाउने दुखको भावमा डुबेर गाउनु भएको थियो, भने दोस्रो स्थान हासिल गर्नु हुने सिधुपाल्चोकको नवा प्रतिभा नव कलाकार रत्न धोज तामांग रहेको छ निकैनै चर्चित पुर्बेली भाका गमलामा जाई मत जान्छु बस है बोलको गित निकै नै भावमा आफ्नो प्रियलाइ सोको ऋणले साथ बस्न दिएन कहिँ साल कमाई ल्याउनको लागि परदेश जादै गरेको आफ्नो प्रियालाई छुट्ने मन नहुदा पनि परदेशी बन्न बाध्य बन्नु परेको पीडालाई गीतमा पोखिएको थियो, सिन्धुपाल्चोक चौताराको रत्न भाई कतार देखि सहभागिता भएको थियो, 

तेस्रो स्थान प्राप्त गर्नु हुने बिजेता अर्को युवा नव गायक नुवाकोट दाङसिङकै जीवराज लामा रहेको छ “बुल्बुट्टे रुमालमा पोखाराकी सान्नानी भेटियो काठमाण्डौ जमलमा” बोलको गितमा छ सालमा बल्ल भेटेको मायालाई माया प्रिती गस्नालाई अनुरोध गर्दै निकैनै स्केलमा रोमान्टिक सब्दहरुमा लय ताल सुरमा मिलाई गाउनु भई तेस्रो स्थान आउन सफल भएको छ, रोजगारीको शिलशिलामा खाडी मुलुक दुवैमा ६ साल देखि रहनु पर्दाको पिडा आफ्नो पोखराकि सान्नानीलाई पोखाउदै निकै नै रमणीय सब्दमा आफ्नो गित प्रस्तुत गर्नु भएको थियो 
तेसै गरि अर्को युवा गायक दाङसिङकै अमिस तामांगले तेस्रो स्थान हासिल गरेको छ, उनले पनि निकै नै चर्चित पुरानो गित “ बनमा काडा छ “ बोलको गीतमा सहभागिता गर्नु भएको थियो, आभागी यो नेपालि हो हामी कति बन्नु अर्काको गुलामी भन्दै आफ्नो पियारी देखि टाडा भएपनि बिरानो नासंझिदिनु माया गाडा छ भन्दै अतिनै मार्मिक सब्द लय स्वरमा गाउनु भएको थियो,

“दाङसिङ बेस्ट गायक”को उपाधि जित्न सफल हुनु भएको गायक बिसाल बस्याल, इन्डियाको मम्बाई देखि सहभागिता हुने भएको थियो, गायकले “मायालुको सहरमा मेरो गाउमा घर छ” भने चर्चित गीतमा गएको थियो हिडछौ कि त छोडपत्र लेखेर, सडकका बाउ आमा देखेर मायाको सहरमा मेरो गाउमा घर छ हिलो भन्न पाउदैनौ धुलो भन्न पाउदैनौ उकाली र ओराली सधै गर्नुपर्छ भन्दै अतिनै मार्मिक सब्दमा गित गाउनु भएको थियो, 

“दाङसिङ बेस्ट गायिका”को उपाधि जित्न सफल हुनु भएको गायिका को नाम माया तामांग हो उनि दुवै देखि सहभागिता भएको थियो, उनले मिलन लामा को निकैनै चर्चित गित “हंगकंग आइडिले” बोलको गीतमा आफ्नो सोल्टले आफुलाई भुलेको कुराको भाब पुख्दै आफ्नो सोल्ताले भुलेपछी आफु बिदेशमा घरको पिर साचेर हिड्नु पर्ने बाध्यता रहेको आफ्नो बिदेनहरु पोखेको थियो, 
दिपक तामांगले पनि “गनेस्जीलाइ लड्डु” बोलको गित गाउनु भै सातौ स्थानमा रहन सफल हयेको छ निकै नै रोमान्टिक सब्दम गणेशजीलाई लड्डु है शिबाजी लाई भेटी ए साथि दुइजनालाई मन परेउ लौ है एउटा केटी बोलमा गएको थियो 

अनिल तामंग ले डाली नुगेउ चरीले टेकेर बोलको गितमा भाग लिई आठौ स्थान मा सफल भएको छ भने यसै गरि नवौ स्थानमा कुर्किस्तान देखि प्रिय ब्लोन ले माया जाल बुन्छु म बोलको गित प्रस्तुत गरेको थियो भने दसौ स्थानमा गडुल धोज तामांगले “सुनकोशी सालल” बोलको गितमा भाग लिनु भएको थियो 
सहभागिता सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना को साथमा आयोजक तिमलाई बिसेष धन्यबादको साथमा सभापति तथा निर्णयाक मण्डल प्रमुख पुष्प वाइबाले कार्येक्रमको बिसर्जन गरेको थियो,

0 comments:

Post a Comment