समाचार संकलन by
सोम तामांग
नुवाकोट दाङसिंह गाविसको गाँउ परिषद्ले चालु आर्थिक वर्षको लागि १९ लाख ६८ हजार रुपैयाँ बजेट मध्धे ४ लाख प्रसासन खर्च विभिन्न योजनामा तर्जुमा गरेको छ ।
चार लाख रुपैयाँ प्रसासन खर्चमा कटौती गरी बाँकी रहेको १५ लाख ६८ हजार रुपैयाँ लक्षित वर्गलाई र विकास निर्माणको लागि छुट्टाएको हो । महिला, दलित, अपाङ्गता भएका व्यक्ति, बालबालिका लगायतका लक्षित बर्गलाई ४० प्रतिशत रुपैयाँ बिनियोजन गरी बाँकी रहेको ६० प्रतिशत बजेट गाँउको सडक विस्तार तथा मर्मत, खानेपानी, सिचाई, शिक्षा लगायतमा आवश्यकतको आधारमा वितरण गरेको गाविस सचिव नारायणबहादुर खड्काले जानकारी दिनुभएको छ ।
अघिल्लो वर्षहरुमा भन्दा फरक रुपमा योजना हरु समेटेर यसवर्ष वडा नागरिक मञ्च मार्फत प्रस्ताव भएर आएको योजनालाई प्रथामिकतामा राखेर बजेटको तर्जुमा गरेकाले जनताहरुलाई प्रत्यक्ष लाभ पुगेको एकीकृत नेकपा माओवादी दाङसिंह गाँउ अध्यक्ष सोमबहादुर तामाङले बताउनुभएको छ । गाँँउ परिषद्मा गाविस सचिव खडका्, नेपाली काग्रेस प्रतिनिधि दिलबहादुर तामाङ, नेकपा एमाले प्रतिनिधि मोहनसिंह तामाङ, एकीकृत नेकपा माओवादी प्रतिनिधि सोमबहादुर तामाङ, गाविसको प्राविधिक सहायक ठाकुरप्रसाद अधिकारी सहित स्थानीय सामाजिक सस्थाका प्रतितिनिधि, स्वास्थ्य, प्रहरी, आमा समूह, बाल समूह, युवा समूह लगायतको सहभागिता रहेको थियो ।

0 comments:
Post a Comment