नुवाकोट , मसिंर १७
नुवाकोट तेक्वान्दो संघले बट्टारबजारमा निर्माण थालेको कभर्डहल ११ वर्ष वितिसक्दा पनि निर्माण पूरा हुन सकेको छैन । २०५९ साल असार २३ गतेदेखि निर्माण सुरू गरिएको वहुउद्देश्यीय कभर्डहलमा लाखौं रूपैया खर्च भइसके पनि निर्माण कार्यले भने अझै पूर्णता पाउन सकेको छैन ।
यस वहुउद्धेश्यीय कभर्डहल निर्माणका लागी विभिन्न संघसंस्था, कार्यालय तथा चन्दादाताको ५० लाख रूपैयाँ खर्च भइसकेको छ । दुई रोपनी क्षेत्रफलको जग्गामा योगी नरहरिनाथवाट सिलान्यास गरी निर्माण कार्य सुरू गरिएको यस कभर्ड हलमा इन्डोर खेलहरू मार्शल आर्टसका सवै, व्याटमिन्टन, टेवुल टेनिस, वास्केटवल, भलिवल खेल खेल्न र प्रशिक्षणका लागी उपयुक्त हुने किसिमले निर्माण गरिएको छ ।
कभर्डहलको अझै २० प्रतिशत काम वांकी रहदा कभर्ड हल निर्माण सम्पन्न नहुदै जीर्ण पो हुने हो कि भन्ने आशंका पैदा भएको स्थानीयबासीहरूको गुनासो छ ।
तीन तले, प्यारापिटसहित एकैपटक तीनसय जना अटाउने क्षमताको सो कभर्ड हल २४ मिटर लम्वाई, हलमा मञ्चसहित १७ मिटर चौडाईको रहेको छ । कभर्ड हलको निर्माणले पुर्णता नपाउनुमा आर्थिक श्रोतको मुख्य समस्या रहेको नुवाकोट तेक्वान्दो संघका सचिव हरिहर पाण्डे बताउँनुभयो ।
‘झ्याल, ढोका, विद्युत वायरिङ, रंगरोगनलगायतका मुख्य काम गर्न वाँकी नै छ , पाण्डेले भने– यो सबै काम सम्पन्न गर्नका लागि अव २० लाख रूपैया आवश्यक पर्छ ।’ निर्माणको सबै काम यसै वर्ष सकेर उद्घाटनको तयारी भइरहे पनि स्रोत जुटाउन समस्या परेका सचिव पाण्डेले बताउनुभयो ।
यहाको कभर्ड हल निर्माणका लागी राष्ट्रिय खेलकुद परिषदले २० लाख, जिविस नुवाकोटले १० लाख, विदुर नगरपालिका कार्यालयले १० लाख, पर्यटन व्यवसायी सुमन पाण्डेले पांच लाख, पुर्व सांसद अशोकनाथ तिवारीले दुई लाख ५० हजार, खेलप्रेमी सुमन अधिकारीले ६० हजार रूपैयाँ उपलव्ध गराएको र सोही रकमबाट कर्भडहलको निर्माण गरिएको हो । कभर्डहलका लागि आवश्यक जग्गा समाजसेवी तथा हाल नुवाकोट तेक्वान्दो संघका अध्यक्ष धननारायण चित्रकारले प्रदान गर्नु भएको थियो ।
0 comments:
Post a Comment