Saturday, July 26, 2014

पन्चामिलन कलादेवी निमाबी को लागि आर्थिक सहयोगको अपिल!!

            बिध्यालयलाई सहयोग गरौ-निरक्षरलाई साक्षर हुन सहयोग गरौ !!
                          आर्थिक सहयोगको लागि अपिल!!


 आदरणीय सहयोगी संघ-संस्था र साथीहरु,
आर्थिक सहयोगको लागि अपिल!!

नुवाकोट जिल्लाको दुर्गम गाउ दासिंग गाबिस वार्ड नं-२ फलाटेमा मैले पढेको पञ्चमिलन कला निम्न माध्यामिक बिद्यालयलाईको भौतिक पुर्बाधार अत्यान्त जिर्ण रहेकाले उक्त बिद्यालयको भौतिक सुधारका लागि सक्दो सहयोगको लागि यो अपिल गर्दैछु।


उक्त बिद्यालयको छानाको जस्ता पातामा खिया लागेर पानी चुहिने समस्या,बस्ने बेन्च र टेबलहरु नहुँदा बिद्यार्थीहरु भुइमा बसेर पढ्नु पर्ने, पुस्तकालय,खेल मैदान र खेलकुद सामाग्री नभएको,पिउने,शौचालयको समस्याले खोला धाउन पर्ने जस्ता अत्यान्तै आधारभुत आबश्यकताका साधन स्रोत सम्म नभएको जानकारी गराउदछु । 
यसबाट २५० जना जती अध्यानरत भाई बहिनीहरुलाई प्रतक्ष दैनिक रुपमा गार्हो परेको हुनाले आ-आफ्नो स्थानबाट ब्यक्तीगत रुपमा या संस्थागत रुपमा सक्दो सहयोग गर्न म पुष्प वाइबा हार्दिक अनुरोध अनुरोध गर्दछु ।तपाईंहरुको सानो सहयोगले बिद्यालयको निम्न अनुसारका मुख्य साधन स्रोतको निर्माणको सहयोग पुग्नेछ। 
१)छात्र-छात्राहरुलाई शौचालय निर्माण
२)छानाको जस्ताहरु खिया लागेर काठको तिम्बाहरु कुहिएको र पानी चुहिएकोले छाना मर्मत ३)बिद्यार्थीहरुलाई खानेपानीको ब्यबस्था गर्ने
४)खेल मैदानकोको ब्यबस्था गर्ने 
५)सकेसम्म कम्प्युटरको ब्यबस्था
६)पुस्ताकालयको ब्यबस्था गर्ने
म आउदो अगष्ट महिनामा नेपाल जादैछु उक्त समयमा जम्मा भएको रकम बिद्यालय ब्यबस्थापक समितिको रोहबरमा हस्तारन्तर गर्नेछु। तपाईहरुको सहयोग प्राप्त रकमको पूर्ण विवरण नुवाकोट र धादिंग एफएमका साथमा स्थानीय पत्रपत्रिकामाबाट समाचार माध्ययामा प्रसारित या प्रेसित गर्ने गराउने छु । तपाईहरुले दिनु हुने अतुलनीय योगदानको कदर गर्दै कदरपत्र बाट सम्मानित गर्ने छु शैक्षिक्  विकासको  लागि मेरो जन्म घर गाउको स्कुलबाट मेरो शैक्षिक् आभियान सुरुवात , बिध्यालयलाई सहयोग गरौ-निरक्षरलाई साक्षर हुन सहयोग गरौ आर्थिक सहयोग गर्न चाहने महानुभाबहरुले मलाई तलको मोबाइल नं, भैबर,मेल या fecebook मेल बाट सम्पर्क गर्न सक्नु हुन्छ 
भबदिय पुष्प
मो नं र Viber नं  :  +९६५ ६५००३९४० , 
https://www.facebook.com/pushpa.w.tamang?hc_location=timeline
https://www.facebook.com/profile.php?id=100006926478597&hc_location=timeline
skype : pushpa.tamang, Email: tamangpushpa@gmail.com 
वाईवा कुवेत

0 comments:

Post a Comment