सिन्धुपाल्चोक,

सिन्धुपाल्चोक जिल्लाको मांखा गाविसमा पहिरोले सुनकोसी नदि थुनिएपछि सुरक्षाकर्मीहरूले त्यहाँ ८ वटा शवहरू फेला पारेको छ । उक्त पहिरोले थुनिएको सुनकोसी नदीको बाँध खुलाउनका लागी नेपाली सेनाले २ वटा बम बिष्फोटन गराएको छ । अहिले उक्त बम बिष्फोटन पछि नदि बग्न शुरू गरेको छ । मृत्यु हुनेहरूमा २ जना महिला, १ बच्चा र ३ जना पुरुषको शव घट्नास्थलमा भेटिएको छ । यस घटनामा अन्य १६ जना घाइतेहरूको भने उद्धार गरिएको छ । यस घटनामा सयौं मानिसहरू हराइरहेको अनुमान गरिएको छ । यस घटनामा घाइते भएका मानिसहरूलाइ राजधानीको शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ ।
उक्त पहिरोमा परी घाइते भएका चार जनालाई भने उपचारका लागि बी एण्ड बी अस्पताल लगिएको छ । जस मध्ये तीन जना नेपाली र एक बेल्जियम नागरिकलाई विएण्ड बि लगिएको बताइएको छ । पहिरोका कारण तीन किलोमिटर भन्दा लामो बाँध निर्माण भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले अवरुद्ध भएको सुनकोशी नदीलाई सावधानीपूर्वक सहज र सुरक्षित ढंगलले बहाव गराउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन् । उनले जन धन र भौतिक संरचना जोगाउन गृहमन्त्रालयलाई निर्देशन दिएका छन ।
0 comments:
Post a Comment