आइतबार रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई ससुराले इलाका प्रहरी कार्यालय सिमरामा बुझाएका थिए।

दुबैलाई प्रहरीमा बुझाएपछि स्थानीय गाँउले र माइती पक्षसमेत प्रहरी कार्यालय पुगेका थिए। घरपरिवारले अस्वीकार गर्ने भए माइतीमा बस्न आमाले गरेको आग्रहलाई ती महिलाले अस्वीकार गर्दै त्यही युवकसँग जीवन बिताउने बताइन्।
"हामी एक अर्कालाई माया गछौं"– प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै त्यस युवकले भने, "अब हामी दाम्पत्य जीवनमा बाँधिन सहमति जनाउँछौं।"
आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने र तिनले पनि आफूसँग बस्न चाहेको त्यस युवकले बताए। ती महिलाको अहिलेसम्म सन्तान भएको छैन भने युवक पनि अविवाहित हुन्।
"केटाकेटीबीच नयाँ जीवन सुरु गर्ने सहमति भयो"– प्रहरी निरीक्षक जयराम कुईंकेलले भने, "ससुराको सहमतिमा पुरानो सम्बन्ध विच्छेद र नयाँ सम्बन्धलाई वैधता दिने सहमति भयो।
0 comments:
Post a Comment