Sunday, January 17, 2016

दोश्रो मन बहादुर तामांग मेमोरिअल जिल्ला स्तरिय फुटबल प्रतियोगिता भव्यरुपमा सफल !!!

साभार देव तामांग फेसबुक वालबाट 

दोश्रो मन बहादुर तामांग मेमोरिअल जिल्ला स्तरिय football tournament भव्यरुपमा सफल !!!
पातले १ , धुवाकोट, धादिंग, नेपाल , माघ २, २०७२


बिद्यार्थी उपकार संघ पातले को अगुवाइमा र मानबहादुर स्मृति प्रतिष्ठानको प्रायोजनमा गत पौष २५ गतेबाट संचालित जिल्लास्तरिय मन बहादुर तामांग मेमोरिअल नोक आउट  प्रतियोगिता भव्यरुपमा सम्पन्न भएको छ, सो कार्यक्रम को उदघाटन Canada निवासी बिद्यार्थी उपकार संघ पातले अन्तरास्ट्रिय समन्वय परिषदका संयोजक श्री बिजय तामांगले गर्नु भएको थियो भने कार्यक्रमको समापन UK निवासी बिद्यार्थी उपकार संघ अन्तरास्ट्रिय समन्वय परिषदका निबर्तमान अध्यक्ष्य र हाल सल्लाहकार, तामांग घेदुङ्ग UK का संस्थापक अध्यक्ष्य पूर्ण तामांगले गर्नु भएको थियो | सो tournament मा कुशल खेल प्रदर्शन गर्दै cup तथा नगद राशी रु ३०००० (तिस हजार ) को final जित्न डब्जोंग युवा club सेम्जोंग सफल भएको छ भने जनआवाज youth club runner up trophy सहित नगद रु २०००० ( बिस हजार ) प्राप्त गर्न सफल भएको छ | 
सो कार्यक्रममा newzeland निवासी सफल व्यवसायी तथा यसै संस्थाको अन्तरास्ट्रिय संयोजक श्री रामसिंह तामांग ज्यू ले गाऊ बाट उत्क्रिस्ता अङ्का प्राप्त गरि पास हुने बिद्यार्थी हरुलाई पुरस्कार दिन बर्षेनी रु ५०००० ( पचास हजार ) प्रयोजन गर्नु भएको छ | 
त्यस्तै बिद्यार्थी उपकार संघ पातले को officials कार्यभार सम्हाल्ने कर्मचारीलाई मासिक रु ५००० ( पांच हजार) दिने प्रयोजन संस्थाका सल्लाहकार UK निवासी श्री पूर्ण तामांग ज्यू ले गर्नु भएको छ |
यो बिशाल tournment सफल पार्न महत्वपुर्ण पूर्ण योगदान दिनु हुने सम्पूर्ण नया पिदिलाई हार्दिक धन्यवाद | अन्तरास्ट्रिय समन्वय परिषद को सफल अध्यक्ष्यत पद समाल्नु हुने प्यारो भाई केर्सिंग तामांग ज्यू तथा team , बिद्यार्थी उपकार संघ को अध्यक्ष्य तथा प्यारी बहिनि श्रीम्मति सरिता बहिनि तथा समूह , कार्यक्रम लै सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण संघ संस्था तथा व्यक्तिलाई हार्दिक मुरी मुरी धन्यवाद I स्मरण रहोस मन Bahadur स्मृति प्रतिष्ठान को स्थापना गत साल 2014 agust महिना मा Paris निवासी सफल restaurant व्यवसायी , संस्थाका संस्थापक सदस्य, सल्लाहकार श्री सुक Bahadur Tamang ज्यु को अध्यक्ष्यताम गठित कार्य समितिले रु ६००००० ( छ लाख रुपिया) जम्मा गरि स्थापना गरिएको थियो | यो पनि बिद्यार्थी उपकार संघको मातहतमा नै चल्ने छ | 
अन्तमा सम्पूर्ण आयोजक टोलि लै धन्यबाद | जय बिद्यार्थी उपकारसंघ पातले |
धन तामांग




यो tournment लाई सफल पार्न सुनमा सुगन्ध थप्न dhading र नुवाकोट गरि ३२ टिम ले भाग लिनु भएकोमा हामी आभारी छौ | आउने वर्षाहरुमा अझै व्यवस्थित र सुबिधा सम्पन्न गर्न सबै पक्ष्य बाट यस्तै सहयोग को आपेक्ष्य गर्दछु | 




हाम्रो दाङसिङ डटकम  परिवार आयोजक टिम र विजय हुने सम्पूर्ण टिमलाई बिसेष धन्यबाद दिन चाहन्छु 

Saturday, January 16, 2016

सेभ द चिल्ड्रेन र सामुदायिक बिकास केन्द्र नेपाल को साझेदारिमा यस दाङ्सिङका स्कुलका बिधार्थिहरुलाई झोला र बेबी किड बाडेउ

 २०७२ साल पूस २८ गतेका दिन सेभ द चिल्ड्रेन र सामुदायिक बिकास केन्द्र नेपाल को साझेदारिमा यस दाङ्सिङ गा.वि.स को प्रत्येक बिध्यालयमा कक्षा १ देखि ५ मा अध्यनरत सम्पूर्ण बिध्यार्थी भाई बहिनीहरुलाई एक सेट झोला वितरण गरियो साथै २ वर्ष भन्दा मुनिका भाई बहिनीहरुलाई baby kit वितरण गरियो, 
हाम्रो पंचमिलन कला देवी निम्न माध्मिक बिधालयका बिधार्थी भाई बहिनिहरु झोला लिदै खुसि हुदै, सन्त लाल तामांगको साथमा दान्ग्सिंगको स्कुले भाइबहिनीहरु  
Save The Children र CDC CDC, Nepal लाई हाम्रो दंग्सिंग डटकम परिवार हार्दिक धन्यवाद टक्रौना चाहन्छौ







Friday, January 15, 2016

गाँउ परिषद्ले चालु आर्थिक वर्षको लागि १९ लाख ६८ हजार रुपैया तर्जुमा

समाचार संकलन by
सोम तामांग
नुवाकोट  दाङसिंह गाविसको गाँउ परिषद्ले चालु आर्थिक वर्षको लागि १९  लाख ६८  हजार रुपैयाँ बजेट मध्धे ४ लाख प्रसासन खर्च  विभिन्न योजनामा तर्जुमा गरेको छ ।
चार लाख रुपैयाँ प्रसासन  खर्चमा कटौती गरी बाँकी रहेको १५ लाख ६८ हजार रुपैयाँ लक्षित वर्गलाई र विकास निर्माणको लागि छुट्टाएको हो ।  महिला, दलित, अपाङ्गता भएका व्यक्ति, बालबालिका लगायतका लक्षित बर्गलाई ४० प्रतिशत रुपैयाँ बिनियोजन गरी बाँकी रहेको ६० प्रतिशत बजेट गाँउको सडक विस्तार तथा मर्मत, खानेपानी, सिचाई, शिक्षा लगायतमा आवश्यकतको आधारमा वितरण गरेको गाविस सचिव नारायणबहादुर खड्काले जानकारी दिनुभएको छ ।
अघिल्लो वर्षहरुमा भन्दा फरक रुपमा योजना हरु समेटेर यसवर्ष वडा नागरिक मञ्च मार्फत प्रस्ताव भएर आएको योजनालाई प्रथामिकतामा राखेर बजेटको तर्जुमा गरेकाले जनताहरुलाई प्रत्यक्ष लाभ पुगेको एकीकृत नेकपा माओवादी दाङसिंह गाँउ अध्यक्ष सोमबहादुर तामाङले बताउनुभएको छ । गाँँउ परिषद्मा गाविस सचिव खडका्, नेपाली काग्रेस प्रतिनिधि दिलबहादुर तामाङ, नेकपा एमाले प्रतिनिधि मोहनसिंह तामाङ, एकीकृत नेकपा माओवादी प्रतिनिधि सोमबहादुर तामाङ, गाविसको प्राविधिक सहायक ठाकुरप्रसाद अधिकारी सहित स्थानीय सामाजिक सस्थाका प्रतितिनिधि, स्वास्थ्य, प्रहरी, आमा समूह, बाल समूह, युवा समूह लगायतको सहभागिता रहेको थियो ।

Saturday, January 2, 2016

हार्दिक बधाई तथा शुभकामना





दाङसिङ दोहोरी साँझको आयोजनामा गत सुक्रबार व्हट्सअपस अन लायानबाट दाङसिङ “खुल्ला लोक गीत प्रतियोगिता भब्य रुपमा सफल भएको छ, 

कला संस्कृतिको सम्बर्दन गरौ कलाकार बचाउ भन्ने मूल नाराका साथ खोलेको दाङसिङ दोहोरी साँझ छोटो समयमा नै आयोजना गरेको कार्येक्रमको सभापतितोव लोक गायक पुष्प वाइबालाई ले गरेको थियो भन्ने निर्णायक मण्डलको प्रमुख पनि वाइबा नै थियो, प्रमुख अतिथिमा अन्तरास्ट्रिय स्तरबाट लोक गीती अल्बमहरु निकाल्दै कुवैतमा सांस्कृतिक संस्था लालीगुराँस संस्थाको जन्म गरि थुप्रै कलाकार जन्माउन सफल समाजसेबी, बुद्दिजिबी साथै कलाकार राजेन्द्र बिराहीले र बिसेष अथितीमा नेपालमा थुप्रै सेलो गित संगीतको सिर्जना गरि कुवैतबाट पनि अल्बम निकाल्न सफल साथै थुप्रै फिलिमहरुको कथा पथ्कथा, आफै अभिनय गरि अझ थुप्रै fm स्टेसनहरुमा कुसल उद्घोषक गर्ने हाम्रै तामांग घेदुंग कुवैत र अन्तरास्ट्रिय कलाकार मंच कुवैत शाखाको महा सचिब पने रहेको बहु प्रतिभाका धनि सुरेस ग्याबा तामांग र दुवैबाट नुवाकोटको कर्चो माया तामांग रहनु भएको कार्येक्रम १ गते साँझ ८ बजे देखि रातको १२ बजे सम्म लोक गित प्रतियोगिता चलेको थियो, 

राष्ट्रिय गित संगै ओमनबाट संचालिका तथा गायिका सोनिया धनन्जयको स्वागत गित पछि कार्येक्रमलाइ कार्येक्रम संयोजक आसमान लोप्चन दुबैदेखी प्रमुख अथिति, बिसेष अथिति आयोजक परिवारको साथमा सभापति सबैलाई स्वागत गर्दै प्रमुख अथिति राजेन्द्र बिरहीबाट बधाई तथा शुभकामना मन्तब्य लगतै सुरु गरिएको कार्येक्रम ओनालायान बाट भयिपानी एकदम रोचक अनि रमणीय बनेको थियो, 
कलाकारहरुलाई निर्णायक मण्डलबाट दिएको कुनै पनि लोक गीतमा ५ मिनेट भित्र गैसक्नु पर्ने उक्त प्रतियोगिता कार्येक्रममा १० जना कलाकार्हरुले भाग लिइएको थियो, 

साथै आयोजक परिवार बाट 3 जना प्रतियोगिताको सहभागिता पछि लगतै आफ्नो गितहरु, सुमन लामा मलेसियाबाट, सानु चौधरी कुवैतबाट, आसमान लोप्चन दुवैबाट, सिजम लामा इन्डियाबाट, बिमल तामांग इन्डियाबाट यसै गरि लक्ष्मी बस्नेत दुबैबाट लोक गित प्रस्तुत गरि भरपुर मनोरंजन दिलाएको थियो I 
१० जना सहभागिता मध्धे पहिलो स्थान प्राप्त गर्नु हुने नुवाकोट दाङसिङ ५ कै युवा कलाकार बम बहादुर तामांग हो, नाभानाना फर्क मायालु, बोलको गितमा आफ्नो पियारीलाई राम्रो संग कमाई ल्याउनेछु केहि समय पर्ख मायालु भन्दै सबैलाई रुवाउने दुखको भावमा डुबेर गाउनु भएको थियो, भने दोस्रो स्थान हासिल गर्नु हुने सिधुपाल्चोकको नवा प्रतिभा नव कलाकार रत्न धोज तामांग रहेको छ निकैनै चर्चित पुर्बेली भाका गमलामा जाई मत जान्छु बस है बोलको गित निकै नै भावमा आफ्नो प्रियलाइ सोको ऋणले साथ बस्न दिएन कहिँ साल कमाई ल्याउनको लागि परदेश जादै गरेको आफ्नो प्रियालाई छुट्ने मन नहुदा पनि परदेशी बन्न बाध्य बन्नु परेको पीडालाई गीतमा पोखिएको थियो, सिन्धुपाल्चोक चौताराको रत्न भाई कतार देखि सहभागिता भएको थियो, 

तेस्रो स्थान प्राप्त गर्नु हुने बिजेता अर्को युवा नव गायक नुवाकोट दाङसिङकै जीवराज लामा रहेको छ “बुल्बुट्टे रुमालमा पोखाराकी सान्नानी भेटियो काठमाण्डौ जमलमा” बोलको गितमा छ सालमा बल्ल भेटेको मायालाई माया प्रिती गस्नालाई अनुरोध गर्दै निकैनै स्केलमा रोमान्टिक सब्दहरुमा लय ताल सुरमा मिलाई गाउनु भई तेस्रो स्थान आउन सफल भएको छ, रोजगारीको शिलशिलामा खाडी मुलुक दुवैमा ६ साल देखि रहनु पर्दाको पिडा आफ्नो पोखराकि सान्नानीलाई पोखाउदै निकै नै रमणीय सब्दमा आफ्नो गित प्रस्तुत गर्नु भएको थियो 
तेसै गरि अर्को युवा गायक दाङसिङकै अमिस तामांगले तेस्रो स्थान हासिल गरेको छ, उनले पनि निकै नै चर्चित पुरानो गित “ बनमा काडा छ “ बोलको गीतमा सहभागिता गर्नु भएको थियो, आभागी यो नेपालि हो हामी कति बन्नु अर्काको गुलामी भन्दै आफ्नो पियारी देखि टाडा भएपनि बिरानो नासंझिदिनु माया गाडा छ भन्दै अतिनै मार्मिक सब्द लय स्वरमा गाउनु भएको थियो,

“दाङसिङ बेस्ट गायक”को उपाधि जित्न सफल हुनु भएको गायक बिसाल बस्याल, इन्डियाको मम्बाई देखि सहभागिता हुने भएको थियो, गायकले “मायालुको सहरमा मेरो गाउमा घर छ” भने चर्चित गीतमा गएको थियो हिडछौ कि त छोडपत्र लेखेर, सडकका बाउ आमा देखेर मायाको सहरमा मेरो गाउमा घर छ हिलो भन्न पाउदैनौ धुलो भन्न पाउदैनौ उकाली र ओराली सधै गर्नुपर्छ भन्दै अतिनै मार्मिक सब्दमा गित गाउनु भएको थियो, 

“दाङसिङ बेस्ट गायिका”को उपाधि जित्न सफल हुनु भएको गायिका को नाम माया तामांग हो उनि दुवै देखि सहभागिता भएको थियो, उनले मिलन लामा को निकैनै चर्चित गित “हंगकंग आइडिले” बोलको गीतमा आफ्नो सोल्टले आफुलाई भुलेको कुराको भाब पुख्दै आफ्नो सोल्ताले भुलेपछी आफु बिदेशमा घरको पिर साचेर हिड्नु पर्ने बाध्यता रहेको आफ्नो बिदेनहरु पोखेको थियो, 
दिपक तामांगले पनि “गनेस्जीलाइ लड्डु” बोलको गित गाउनु भै सातौ स्थानमा रहन सफल हयेको छ निकै नै रोमान्टिक सब्दम गणेशजीलाई लड्डु है शिबाजी लाई भेटी ए साथि दुइजनालाई मन परेउ लौ है एउटा केटी बोलमा गएको थियो 

अनिल तामंग ले डाली नुगेउ चरीले टेकेर बोलको गितमा भाग लिई आठौ स्थान मा सफल भएको छ भने यसै गरि नवौ स्थानमा कुर्किस्तान देखि प्रिय ब्लोन ले माया जाल बुन्छु म बोलको गित प्रस्तुत गरेको थियो भने दसौ स्थानमा गडुल धोज तामांगले “सुनकोशी सालल” बोलको गितमा भाग लिनु भएको थियो 
सहभागिता सम्पूर्ण कलाकारहरुलाई हार्दिक बधाई तथा शुभकामना को साथमा आयोजक तिमलाई बिसेष धन्यबादको साथमा सभापति तथा निर्णयाक मण्डल प्रमुख पुष्प वाइबाले कार्येक्रमको बिसर्जन गरेको थियो,