Saturday, September 28, 2013

एल्बम बिमोचन साथमा परदेशी खबर डटकमको उद्घाटन समारोह भब्य रुपले सम्पन्न

लामा भाई इस्ट मान वाईबा कुवेत सिटी सेप्टेम्बर २७


आज सेप्टेम्बर २७ तारिक शुक्रबारका दिन नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा भएको पुष्प वाईबाको तामाङ भाषामा म्हेन्दोमाया “ज्यबरानी” गीति एल्बमको बिमोचन साथमा लामा भाई इस्ट मान वाइबाको परदेशी खबर डटकम को उद्घाटन समारोह भब्य रुपले सम्पन्न भएको छ |
N R N Aका उपाध्यक्ष साथमा  नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको सभापतित्वमा सम्पन्न सोहि एल्बम बिमोचन साथमा परदेशी खबर डटकमको उद्घाटन समारोह नेपाल तामाङ घेदुङ कुवेतका महासचिव अमृत तामाङले सन्चालन गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका प्रथम सचिव बिसाल भट्टराई,दितीय सचिव अम्बिका जोसी,श्रम सहचारी सिर्जना तिवारी,बिसेष अतिथि नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर तथा समाजसेवी राजेन्द्र तामाङ,NRNAका अध्यक्ष धर्म राज गिरी,UAE XCHENGEका बजार ब्यबस्थापक  राम बस्नेत,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष जय आले,पत्रकार महासंघ साखा  कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने नेपाल कुवेत डटकमका प्रधान निर्देशक सुजन केसी,कुवेत नेपाल डटकमका सम्पादक अर्जुन भुसाल,सुरेश गुरुङ,अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष बिबी मल्ल ठकुरी,लालीगुराँस सँस्कृतिक मन्चका अध्यक्ष राजेन्द्र बिराही लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बुद्धिजिबी समाजसेवी र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भब्य उपस्थिति रहेको थियो |
नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा जिलिब रिदम कम्युनिटी हलमा भएको उक्त समारोह नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको सभापतित्व प्रमुख अतिथि राजदुताबासका प्रथम सचिव बिसाल भट्टराई दितीय सचिव अम्बिका जोसी श्रम सहचारी सिर्जना तिवारी नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकार राजेन्द्र तामाङद्धारा पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नुभएको थियो |
 पुष्प वाईबाले परदेशी मरभुमीमा रहेर पनि आफ्नो संस्कृति जातीयको जगेर्ना गर्दै तामाङ भाषाको गीति एल्बम ज्यबारानी बजारमा लेइसक्नु भएकोमा खुसी ब्यक्त गर्दै र नेपाल तामाङ घेदुङ कुवेतका धर्म गुरु लामा भाईको काँखमा फेरी अर्को जिम्मेवारी थपेको छ र प्रवासी सम्पूर्ण नेपालीहरुको र मजदुरहरुको ढुकढुकी बन्न सकोस भन्दै सोहि समारोहमा पाल्नु भएका प्रमुख अतिथि अतिथिहरु पत्रकारहरु समाजसेवी बुद्धिजिबी लगायत सम्पूर्ण जनाले शुभ-कामना मन्तब्य दिनु भएको थियो |
आज भएको एल्बम बिमोचन र साथमा परदेशी खबर डटकमको उद्घाटन समारोहमा द्धय वाइबालाई सफलताको कामना दिदै निम्न संघ संस्था र व्यक्तिगत रुपमा सहयोग गर्नु भएको छ मगर संघ कुवेत,किरांत याक्थुङ चुम्लुङ कुवेत, नेपाल चालक भलाईकोष रिहात कुवेत,नेपाल तामाङ घेदुङ कुवेत र नेपाल तामङ घेदुङ कुवेतका कोषध्यक्ष तथा NRNAका महासचिव निर्मल तामाङ,नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर साथै समाजसेवी राजेन्द्र तामाङ र उहाँका दम्पति रहेको छन् भने UAE X CHEGEका बजार ब्यबस्थापक राम बस्नेतबाट सम्मान गर्दै द्धय वाइबालाई मायाको चिनो प्रदान गर्नु भएको थियो र अन्त्यमा द्धय वाइबाले समारोहमा पाल्नुभई सफल पर्दिनुहुने सम्पूर्ण प्रवासी कुवेतमा क्रियासिल संघ संस्थाहरु बुद्धिजीविहरु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदै ज्यबारानी एल्बमको लागि र समारोह सफल पर्दिनुहुनको लागि बिसेष सहयोग गर्दिनुहुने व्यक्तिहरुलाई धन्यवाद स्वरुप प्रसंसा पत्र वितरण गर्नुहुदै आजका समारोहका सभापतित्वद्धारा समारोह बिसर्जन गर्नु भएको थियो र साथमा लामा भाई इस्ट मान वाइबाको नेतृत्वमा परदेशी खबर डटकमको कार्यसमितिहरु निम्न अनुसार रहेको छ |
प्रथम सम्पादक: लामा भाई इस्ट मान वाईबा
सह-सम्पादक: प्रदिप नेपाली
सहल्लाकार तथा समाचार दाता: पुष्प वाईबा
बरिष्ट सल्लाहकार: राजेन्द्र तामाङ
बरिष्ट सल्लाहकार: अर्जुन तामाङ
 सल्लाहकार तथा सहयोगी: निर्मल तामाङ
सल्लाहकार तथा सहयोगी: अमृत तामाङ
सल्लाहकार: डिबी लोप्चन तामाङ

एल्बम बिमोचन साथमा परदेशी खबर डट कम को केही झलक हरु









             

0 comments:

Post a Comment