हरी कृष्ण न्यौपाने, कुवेत-
नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हिजो सेप्टेम्बर-२७ शुक्रबार युवा गायक एवं ग्राफिक डिजाइनर पुष्प वाईबाको तामाङ लोक दोहोरी मेंदोमाया एल्बम "ज्याबारानी " बिमोचन र इष्टमान वाइबा द्वारा सन्चालनमा ल्याइएको अनलाइन पत्रीका परदेशी खबर डटकमको उदघाटन एक बिशेष कार्यक्रमका साथ एउटै मन्चबाट सम्पन्न भयो।
रिदम कम्युनिटी हल आबासियामा तोकिएको समय भन्दा केही ढिलो शुरु गरिएको उक्त कार्यक्रमलाई नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा महासचिव अमृत तामाङले सन्चाल्न गरेका थिए। प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका प्रथम सचिव बिशाल भट्टराइ तथा अतिथिहरु लगाएत तामाङ घेदुङ कुवेतका पधाधिकारीहरुले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा उनिहरुले पुष्प वाईबाको तामाङ लोक दोहोरी मेंदोमाया एल्बम "ज्याबारानी " एल्बमलाई खोल्दै बिमोचन गरेका थिए।त्यसै गरी इष्टमान वाइबा द्वारा सन्चालनमा ल्याइएको अनलाइन पत्रीका परदेशी खबर डटकमको प्रमुख अतिथीबाट कम्प्युटरमा एक डकुमेन्ट्री क्लिक गर्दै उद्घघाटन गरेका थिर भने प्रोजेक्टर मार्फत परेदेशी खबरडटकमको बारेमा जानकारी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।
उक्त कार्यक्रममा नेपाली दुताबासका दितीय सचिव अम्बिका जोशी,श्रम सहचारी सिर्जना तिवारी,नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर राजेन्द्र तामाङ, एनआरएन एनसिसी अध्यक्ष धर्म राज गिरी, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष जय आले,पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने नेपाल,प्रबासी नेपाली मन्चका अध्यक्ष राजु थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष बिबी मल्ल ठकुरी, लालीगुराँस सँस्कृतिक मन्चका अध्यक्ष राजेन्द्र बिराही, युएई एक्स्चेन्जका राम बस्नेत लगायत कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो|
नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर राजेन्द्र तामाङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अतिथीहरुले प्रबासमा बसेर पनि आफ्नो भाषा-धर्मको जगेर्ना गर्दै आफ्नो तामाङ भाषामा एल्बम निकालेका पुष्प वाइबालाई शुभ-कामना दिए भने प्रबासी खबर डटकमका लागि पनि निस्पक्ष रुपमा सुचना,मनोरन्जन प्रबाह गर्न सुझाब दिएका थिए।कार्यक्रमको बिचमा पुष्प वाइबा तथा लामा भाईको जीवनी पनि प्रस्तुत गरिएको थियो।राम बस्नेत, निर्मल स्यान्ताङ लगायतले पुष्प वाइबा तथा लामा भाईलाई सम्मान गरिएको थियो।कार्यक्रममा सेल रोटी-अचार तथा पानीको राम्रो ब्यबस्था गरिएको थियो।
0 comments:
Post a Comment