Saturday, September 28, 2013

म्हेन्दो माया गीत कस्तो भन्ने सन्दर्भम्मा केन्द्रित रहेर लेक योन्जन ज्यु ले केही बर्ष अघी नै एक लेख

by Manik Lal Ghising 


म्हेन्दो माया गीत कस्तो भन्ने सन्दर्भम्मा केन्द्रित रहेर लेक योन्जन ज्यु ले केही बर्ष अघी नै एक लेख लेख्नुभएको थियो । यो लेख पढिसकेपछी म्हेन्दो मायालाई शायद सबैले बुझ्नेछन् । लेखको बिस्त्रित जानकारी जस्ताको तस्तै:

-लेक योन्जन नेपालका बहुसंख्यक जाति मध्ये तामाङहरुको सहित्य गीत संगीत कला भित्र इतिहास बोकेको र धेरै अर्थ लुकेको छ । बागमती अञ्चल भित्रका उत्तरी धादिङ, नुवाकोट, रसुवा तिर पाइने यी गीतहरुमा कयौ शताब्दी पूर्वका इतिहास झल्किने गीतहरु पाइन्छ ।


मैले २०४७ सालमा त्यस बेलाका एक मात्र संचार माध्यम रेडियो नेपालमा पहिलो पटक मेन्दोमाया गीत रेकर्ड गरी त्यही गीतलाई नेपाल टेलिभिजनमा छायाकन गर्दा त्यसबेलाका तामाङ्ग गीत हेर्ने डम्फु समाजका प्रतिनिधी बरिष्ठ गायक चन्द्र कुमार मोक्तानले यो तामाङ्ग गीत हैन घले गीत जस्तो छ भन्ने प्रतिक्रिया आज मेन्दोमाया तामाङ्गहरुको गीत भैसकेको छ । मेन्दोमाया त एउटा प्रचलित लय मात्र हुन् । जसमा युवा युवती प्राय मनोराजन का लागि नाच्ने गाउने गर्छन् । बास्तविक तामाङ्ग इतिहास बोकेको थुप्रै गीतहरु छन् । जो बाहिर प्रस्फूटन हुन सकी रहेका छैनन् । गीत संगीतमा हामी चर्चा र वाहावाही खोज्न थालेका छन् तर अब हामीले साच्चै नै इतिहास धार्मिक समाजिक लोक कथा परम्परा बोकेको गीत संगीतहरुलाई पनि संरक्षण गर्न जरुरी देखिन्छ । च्याङबा र मैच्याङ मात्र तामाङ्ग गीतलाई चिनाउनु तामाङ्ग गीत संगीत अपूरो हुन्छ ।

साच्चै भन्नु पर्दा अहिले सम्म हामी सेलोकै पछि दौडि रहेको छ र हामी ठान्दछै सेलो बाहेक तामाङ्ग गीतमा अन्य गीत संगीत छैन । सेलो त तामाङ्ग जातिको गीत भनेर स्थापित भैइसकेको छ । यस पछि अब हामी बाँकी रहेको तामाङ्ग गीत संगीत तिर पनि हामी अग्रसर हुन पर्ने देखिन्छ । धादिङ्ग, नुवाकोट ,रसुवा भेग तिर पाइने अर्थपूर्ण र इतिहास बोकेको गीतहरु छन् ।

म्हेन्दोमाया निर्त्य

तामाङ्गहरु अवस्य पनि बौद्धलम्बीहरु हुन तर बौद्ध धर्म उत्पत्ति हुनु भन्दा पहिला तामाङ्गहर प्रकृतिक धर्म मान्थे त्यो हो बोन्बो बोन धर्म त्यहि बोन प्रकृतिक पुजा गर्दाका थुप्रै गीत भाकाहरु अहिले लोप हुँदै गएको छ ।

१) गोरु जोत्दै गर्दामा गाईने -लाङबो ताप्पा२) खेतालाले रोपाई गर्दा गाईने- लीङमा३) घाँस दाउरा गर्दा गाईने -वारवार व्हाअी४) गाउँको प्रकृतिक पुजा गर्दा गाउँको ताम्बा लम्बुले पढने- साङह्राप५) बोन्बोले देबीलाई फकाउदा को बेला गाइने -नाम्दार६) घेवाका बेला गाइने दुःखद र मार्मिक बोकेका गीतहरु -बोमसाङ७) मेला जात्रा र घास दाउरामा गाइने माया प्रीतिका गीतहरु -चोम्लु८) यति मात्र नभएर दुःखद घडीमा रुदाँ समेत सारै मार्मिक र लयबद्ध भाकाहरु हुन्छन्- छेर्लु९) बिहे चाड पर्व ब्रतबन्ध खुशियाली क्षणहरुमा गाइने गीतहरु -बोमसाङ१०) एउटा किसान भरीयाले थाकेर चौतारीमा थकाई मार्दाको क्षण आफ्नो दुःखद पोखेको गीत-वारवार व्हाअी

यसरी थुप्रै गीत संगीतहरुको औपचारीक अनुसन्धान गर्न सम्बन्धित निकाय र संघ संस्था र संगीतका अग्रजहरु लाग्नु पर्छ । माथी उल्लेखित गीतहरुमा दुःख पिडा मनोराजन मात्र नभएर तामाङ्ग इतिहास परम्परा लोक कथा र मौलिकता बोकेको हुन्छ । त्यति मात्र नभएर जहाँ सहित्यका मौलिक भण्डार पनि पाइन्छ । यी गीत संगीतहर सरकारी साचार माध्यमहरुमा औपचारिक अनुसन्धान र प्रचार प्रसार हुन नसक्नु कसको कमजोरी हो तामाङ्ग जाति भित्रकै कुरा गर्नु पर्दा पुर्वेली र पश्चिमी भाका र भाषाले मात्र नभएर विचारले पनि विभाजन गरिएको छ । गाँठी कुरा त झन राजनिति हुन् । यसरी प्रचुरमात्रामा इतिहास नै बोकेका गीतहरु लोपहुदै गईरहेको छ ।

0 comments:

Post a Comment