Tuesday, February 18, 2014

कुवेतमा २८५०औं सोनाम ल्होछार भव्यताका साथ सम्पन्न


जय आले, कुवेत (www.kuwaitnepal.com)
lhosar 2014
०१ फेब्रुअरी २०१४ । कुवेतलाई आफ्नो कर्मथलो बनाउँदै आएका कुवेतवासी तामाङ समुदायको सकृय जातिय संस्था नेपाल तामाङ घेदुङ, कुवेतले आफ्नो महान पर्व २८५०औं सोनाम ल्होछार हिजो ३१ जनवरी २०१४ का दिन भव्य रुपमा मनाएको छ ।

कुवेतको मालियास्थित होटल एशिया-एशियामा घेदुङ कुवेतको सातौं प्रस्तुति स्वरुप आयोजित “सोनाम ल्होछार-२०१४” मा नेपालका बहुचर्चित लोक गायक मिलन लामा र मेन्दोमाया सेलो गायिका रमला पाख्रिनको साथमा घेदुङ कुवेतका स्थानिय कलाकारहरुको बेजोड साँस्कृतिक प्रस्तुति र बिभिन्न तामाङ परिकारहरुले पाहुनाहरुको स्वागत तथा लामा गुरुहरुको मन्त्र बाचनले कुवेत हिजो साँचै नै केही छिन ल्होछारमय रह्यो ।
IMG_4310
नेपाली कला र संस्कृतिप्रेमी दर्शकहरुले खचाखच भरिएको एशिया-एशिया होटलमा आफ्नो जादुमय कला र गलाको व्यंगात्मक प्रस्तुतिले मिलन लामाले सबैलाई पेट मिचीमिची मात्रै हँसाएनन्, सबैलाई आफुसँगै संगितमा झुम्न र कम्मर मर्काइ मर्काइ नाच्न पनि वाध्य बनाए भने महामहिम राजदूत समेत उफ्रीउफ्री हाँसेको दृश्यले लामाको कला र घेदुङ कुवेतको छनौटलाई सबैले खुलेर प्रशंसा गरे । यसैगरी, सुरिलो स्वरकी धनी सेलो गायिका रमला पाख्रिनको सोह्र नपुग्दै बोलको लगायत अन्य सेलो गीतहरुले पनि दर्शकहरुलाई खुब नचायो भने घेदुङ कुवेतका स्थानिय कलाकारहरुको आकर्षक नृत्य र लोक पप गीतहरुले झनै ल्होछारलाई सुगन्ध भर्ने काम गर्‍यो ।

1551494_735512209792582_1260216432_n
नेपालको राष्ट्रिय गानपछी महामहिम राजदूतले बुद्ध भगवानको प्रतिमामा द्धिप प्रज्वलन गरेर उद्घाटन गरेको कार्यक्रममा तामाङ घेदुङ कुवेतका अध्यक्ष राम लामा घलानको सभापतित्व तथा महामहिम राजदूत मधुवन प्रसाद पौडेलको प्रमुख आतिथ्यता रहेको थियो भने संस्थाका बरिष्ट सल्लाहाकार आश लोप्चनले उपस्थित सम्पूर्ण पाहुना तथा अतिथिगणलाई स्वागत गर्नु भएको थियो । यस्तै, संरक्षक राजेन्द्र तामाङले तामाङ जाति र सोनाम ल्होछारको बारेमा प्रकाश पार्दै कार्यक्रमलाई सम्बोधन गर्नु भएको थियो ।

यसैगरी, महामहिम राजदूत मधुबन प्रसाद पौडेल, एनआरएनए कुवेतका अध्यक्ष धर्मराज गिरी, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लवका अध्यक्ष जय आले र युएई एक्सचेन्ज कुवेतका बिडिएम हेड रेन्जिथ एस पिल्लाईले कार्यक्रम सफलताको कामना गर्दै सम्पूर्ण प्रबासी नेपालीहरुलाई ल्होछारको शुभकामना दिएका थिए ।
77174_735511569792646_624673793_n
ज्याबरानी एल्बमका धनी तथा तामाङ घेदुङ कुवेतका कलाकार पुष्प वाईवा तामाङको संयोजकत्व रहेको ल्होछार तथा साँस्कृतिक कार्यक्रमलाई महासचिव अमृत लोप्चन तामाङ, सचिव कृष्ण स्याङतान र नव उद्घोषिका शर्मिला तामाङले संयुक्त रुपमा सञ्चालन गरेर सबैको मन जिते भने नृत्य निर्देशक अशोक लामाले समेत बेला बेलामा कार्यक्रमलाई उद्घोष गरेर थप रौनक भरे ।

कार्यक्रममा अतिथि कलाकार मिलन लामाले माझी दाई, जिम्मु बेच्न जाउँ, माफि मुश्किल, माछिलाई फुर्लुङ जस्ता गरेर करिब १ दर्जन लोकप्रिय गीतहरु दर्शक माझ पस्केका थिए भने गायिका रमला पाख्रिनले पनि सोह्र नपुग्दै, मेहेन्दोमाया र अन्य सेलो गरेर करिब आठ गीतहरु दर्शकलाई पस्केकी थिईन भने पाख्रिनले सो अबसरमा आफ्नो नयाँ एल्बम “रमला”लाई समेत राजदूतको हातबाट बिमोचन गराईन ।
यस्तै, आयोजकले कार्यक्रममा महामहिम राजदूतलाई कुवेतमा वहाँले आफ्नो कार्यकाल पुरा गरेर छिट्टै नेपाल जानु हुने भएकोले बिदाई स्वरुप दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको थियो भने अतिथि कलाकार र बिशेष सहयोगिहरुलाई राजदूतको हातबाट मायाको चिनो दिई सम्मान गरिएको थियो ।
कार्यक्रम दिनको १२.३० बजे देखी बेलुकी करिब ८.३० बजेसम्म एकदमै शान्त बाताबरणमा चलेर सम्पन्न भएको थियो । प्रवेश द्धवारमा बुद्ध भगवानको पूजा आर्चना, टिका तथा पाहुना सम्मानको चुस्त ब्यबस्था गरिएको थियो । कार्यक्रममा सम्पूर्ण उपस्थित पाहुनाहरुलाई नि:शुल्क जलपान र खानाको व्यवस्था गरिएको थियो ।
यसैगरी, स्थानिय कलाकारहरुले दिएको प्रस्तुति क्रमश निम्न अनुसार रहेका छन । स्थानिय कलाकारहरुलाई कलाकार संयोजक तथा घेदुङ कुवेतका नृत्य निर्देशक अशोक लामा र सह-संयोजक सन्जु तामाङले प्रशिक्षण दिएर तयारी गरेका थिए ।
१) अशोक लामा, सन्जु तामाङ, मन्दी प्रधान र बबिता तामाङ – स्वागत नृत्य (गितको बोल: आईरक सगुन आस्याङलाई)

२) पुर्णिमा थापा मगर – बाल नृत्य (गितको बोल: डाली डालिमा)
३) पुष्प वाईवा तामाङ साथमा अतिथि कलाकार रमला पाख्रिन – गायन, सेलो तथा ज्याबरानी एल्बमका गीतहरु
४) सोम तामाङ, आशिका लामा – युगल नृत्य (गितको बोल: यो साईंलिको रातो रातो गाला)
५) रत्ना तामाङ – एकल सेलो नृत्य (गितको बोल: क्याम्सँग ब्लेरी कोईली नग्यबा)
६) मित्रता जोडी डिबी लोप्चन तामाङ र बिबी मल्ल ठकुरी – गायन, गायक द्वयका आफ्नै एल्बमहरु कोशीश, मित्रता एवं निशाना मेरोबाट थुप्रै गीतहरु प्रस्तुत
७) बबिता तामाङ – एकल नृत्य (गितको बोल: डाँफे झैं नाच्ने हिमाल झैं हाँस्ने नेपालकी छोरी हुँ म)
८) सन्जु तामाङ र मन्दी प्रधान – युगल आईटम हिपहप नृत्य (गितको बोल: बेबी बेबी आ आ आही)
९) प्रमिला घिसिङ – एकल सेलो नृत्य (गितको बोल: ज्यानै खायो तिम्रो मायाले)
१०) सन्जु तामाङ र मन्दी प्रधान – युगल आईटम नृत्य (गितको बोल: सोह्र बर्षे जोबान तिम्रो, डिबी लोप्चनको कोशीश एल्बमबाट)
११) निलु गुरुङ – गायन (गितको बोल:               )

युएई एक्सचेन्ज कुवेतको प्रायोजन तथा क्लासिक प्लाजा नेपाली रेष्टुरेन्ट र चौतारी नेपाली रेष्टुरेन्टले सह-प्रायोजन गरेको सोनाम ल्होछार कार्यक्रममा ब्यानर सौजन्य कुमार नेपालीले गरेका थिए ।
यसै बिच दुबइमा मृत्यु दण्डको सजाय पाएका संखुवासभाका २३ बर्षिय अनिस खालिङ राइको जिबन रक्षाका लागि अनिस बचाउ अभियान कुवेत समितिले आयोजकको स्विकृतिमा कार्यक्रममा चन्दा बाकस परिचालन गरेर १४१ के.डी ५०० फिल्स जम्मा गरी पत्रकारहरुको रोहबरमा खोलेर अध्यक्ष राम लामा घलानको हातबाट अनिश बचाउ अभियान समिति कुवेतका संयोजक तथा NCC अध्यक्ष धर्मराज गिरीलाई हस्तान्तरण गरिएको थियो ।
काय्रक्रममा आयोजकले अतिथिहरुलाई क्रमश संस्थागत रुपमा आशन ग्रहण गराएको थियो । आयोजकले उपलब्ध गराएर प्रकाशन गर्न अनुरोध गरेको अतिथिहरुको लामो नामावली निम्न बमोजिम रहेको छ ।
प्रमुख अतिथि: महामहिम राजदूत मधुबन प्रसाद पौडेल 
बिशेष अतिथि: बिशाल भट्टराई, प्रथम सचिव, नेपाली दूतावास कुवेत
बिशेष अतिथि: अम्बिका जोशी, दित्तिय सचिव, नेपाली दूतावास कुवेत
बिशेष अतिथि: सिर्जना तिवारी, श्रम-सहचारी, नेपाली दूतावास कुवेत
बिशेष अतिथि: राम बिनय राय, सहचारी, नेपाली दूतावास कुवेत
बिशेष अतिथि: मि. बिबेक, कन्ट्री हेड, युएई एक्सचेन्ज कुवेत
बिशेष अतिथि: मि. रेन्जिथ पिल्लाई, बिडिएम हेड, युएई एक्सचेन्ज कुवेत

बिशेष आसन ग्रहण:
राजेन्द्र तामाङ, संरक्षक, नेपाल तामाङ घेदुङ कुवेत
आश ब. लोप्चन, बरिष्ट सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
जितेन थिङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
सुन ब. तामाङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
राम ब. तामाङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
श्याम ब. लामा, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
चन्द्र कुमार तामाङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
गीता तामाङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
अमृता घिसिङ, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
निर्मल स्याङ्तान, सल्लाहाकार, नेपाल तामाङ घेदुङ कुवेत
लक्ष्मी मोक्तान, महिला बिभाग प्रमुख, नेपाल तामाङ घेदुङ कुवेत

अतिथिहरुमा:
धर्मराज गिरी, अध्यक्ष, गैर आवासिय नेपाली सँघ कुवेत
सुजन केसी, ICC कोर्डिनेटर, गैर आवासिय नेपाली सँघ कुवेत
दिपक क्षेत्री, अध्यक्ष, जन-जाग्रिती युवा समाज, कुवेत
दिल ब. पुन, अध्यक्ष, नयाँ नेपाल युवा क्लव, कुवेत
अमित राई, अध्यक्ष, विश्व साहित्य महासँघ, कुवेत

अतिथिहरुमा समाजसेबी व्यक्तित्वहरु:
किरण पौड्याल, नेत्र बहादुर लिम्बु, शिव कोईराला, राम बस्नेत, सुश्री किरण आले, कुमार नेपाली, कल्याण श्रेष्ठ, सुशन गौतम, ईन्द्र पोखरेल, बसन्त थापा मगर, राजन कुवँर, प्रेमा शाह

अतिथिहरुमा जातिय संस्थाहरुबाट:
खोप गुरुङ, अध्यक्ष, तमु समाज कुवेत
छ्योमान गुरुङ, अध्यक्ष, तमु प्ये ल्हु सँघ कुवेत
मित्र सिंज्याली, अध्यक्ष, नेपाल मगर सँघ कुवेत
शिव सुब्बा म्याङ्बो, अध्यक्ष, किराँत याक्थुङ चुम्लुङ कुवेत
नवराज श्रेष्ठ, अध्यक्ष, नेवा गुठी संस्था कुवेत
देब ब. भुजेल, अध्यक्ष, भुजेल समाज कुवेत
डम्बर जंग मल्ल, अध्यक्ष, दर्शन ठकुरी समाज कुवेत
आश ब. नेपाली, अध्यक्ष, दलित एकता सञ्जाल कुवेत

अतिथिहरुमा साँस्कृतिक संस्थाबाट:
टिकाराम आचार्य, अध्यक्ष, नेपालकुवेत साँस्कृतिक मञ्च
राजेन्द्र बिरही, अध्यक्ष, लालीगुराँस साँस्कृतिक परिवार कुवेत
बिबी मल्ल ठकुरी, अध्यक्ष, अन्तर्राष्ट्रिय कलाकार समाज कुवेत

अतिथिमा खेलकुद संस्थाबाट:
जय आले, अध्यक्ष, माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत

अतिथिहरुमा क्षेत्रिय संस्थाबाट:
महेन्द्र राई, अध्यक्ष, खोटाङ कुवेत सम्पर्क मञ्च
यादव श्रेष्ठ, अध्यक्ष, तनहुँ सम्पर्क समाज कुवेत
राजु कार्की, अध्यक्ष, लुम्बिनी समाज कुवेत
आई.पि. भट्टराई, अध्यक्ष, झापाली समाज कुवेत
बिष्णु बिष्ट, संयोजक, लम्जुङ सम्पर्क समाज कुवेत

अतिथिहरुमा मिडियाबाट:
हरिकृष्ण न्यौपाने, अध्यक्ष, नेपाल पत्रकार महासँघ, बैदेशिक शाखा कुवेत
तोयानाथ दाहाल, प्रधान सम्पादक, नेपालकुवेत डटकम तथा मरुभुमिको कोशेली
जय आले, प्रधान सम्पादक, कुवेतनेपाल डट कम (कुवेतको पहिलो नेपाली अनलाईन पत्रीका)
कुमार झापाली, प्रबन्ध निर्देशक, खाडीन्युज डट कम
ईष्टमान वाईबा, प्रधान सम्पादक, परदेशीखबर डट कम

अतिथिमा कोशेलीबाट:
राजन रिमाल, अध्यक्ष, कोशेली ग्रुप तथा अ.ने.सा.स कुवेत

अतिथिहरुमा राजनैतीक संस्थाबाट:
ठाकुर पौडेल, अध्यक्ष, नेपाली जन-प्रगतिशिल मञ्च कुवेत
सविन राउत, अध्यक्ष, नेपाली जन-सम्पर्क समिति कुवेत
हर्षमान आङ्बो, अध्यक्ष, अखिल नेपाल मजदुर सँघ कुवेत
राज कुमार थापा, अध्यक्ष, प्रबासी नेपाली मञ्च कुवेत
राजन घिमिरे, अध्यक्ष, नेपाली जन-प्रगतिशिल मोर्चा कुवेत

अतिथिहरुमा धार्मिक संस्थाबाट:
अगम बहादुर लिम्बु, धर्म गुरु, नेपाली क्रिष्टियन चर्च कुवेत
केदार नाथ खरेल, धर्म गुरु, ईस्लामिक प्रिजेन्टेशन कमिटि कुवेत
वकिल मार्दी, धर्म गुरु, त्रिएक नेपाली चर्च कुवेत

फोटो सौजन्य : सुरेश गुरुङ’
Copy of IMG_4340Copy of IMG_4341IMG_4486IMG_4429IMG_4406IMG_43991779821_353578698118677_1528413078_n77174_735511569792646_624673793_nIMG_4378IMG_4375546054_735518579791945_575319294_n155493_705190759512766_1123050533_n15082_735514529792350_832228808_n1511577_692189497492611_1900333674_n1011108_705188686179640_542068284_n1604686_735516499792153_1707598326_n1656098_735511953125941_612272601_nIMG_4388IMG_4522IMG_4346IMG_4601IMG_4563IMG_4493IMG_4521IMG_4347IMG_4359IMG_4350IMG_4364IMG_4511IMG_43611233990_735515993125537_1701198718_n1551532_705185706179938_1120492816_nIMG_4408

0 comments:

Post a Comment