Monday, February 24, 2014

भव्य हुँदैछ नुवाकोट महोत्सव

त्रिशुली, ९ फागुन ।

 नुवाकोट उद्योग बाणिज्य संघको आयोजनामा यही फाल्गुण १४ देखि २४ गतेसम्म हुने नुवाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ। 
तेश्रो नुवाकोट महोत्सव तथा मध्यमाञ्चल क्षेत्रिय औद्योगिक बस्तु तथा प्रविधि मेलामा सहभागी भई महोत्सवलाई भब्यताका साथ सफल पारौ । महोत्सवको आकर्षणहरु : १९ जिल्लाको औद्योगिक बस्तु तथा प्रविधिको प्रदर्शनी, कृषि उपज , लघु , घरेलु हस्तकलाका सामाग्रीहरुको प्रदर्शनी, आकर्षक साँस्कृतिक झाँकी प्रदर्शनी, फुड फेस्टीवल, साहसिक खेल प्याराग्लाडिङ्ग, हेलिकोप्टरबाट प्रवित्र धार्मिक स्थल गोसाईकुण्डको परिक्रमा, त्रिशुलीमा -याफ्टिङ्ग, बिश्व प्रशिद्ध गोरु जुधाई प्रतियोगिता, ट्राउटमाछा, स्ट्रवेरीको प्रदशनी, राष्ट्रिय कलाकारहरुको हाँस्यव्यंग्य, गीत, नृत्य र नाटक प्रदर्शनी, बाल उद्यान छन् ।

भव्य हुँदैछ नुवाकोट महोत्सव
आकर्षणहरुः
–तारुकाको १० हल गोरु जुधाउने कार्यक्रम, महोत्सव स्थलमै
–साहसिक खेल प्याराग्लाडिङ्ग, चारघरे गाविसको तीनधारे स्कुल डाँडादेखि महोत्सव स्थलसम्म
–हेलिकोप्टर नुवाकोट परिक्रमा, गोसाईकुण्ड परिक्रमा र अवतरण,
–-याफटिङ्ग देविघाटको पृथ्वी नारायण शाहको शालिकदेखि काशीटारसम्म
–१९ जिल्लाको सहभागितामा मध्यमाण्चल क्षेत्रीय औद्योगिक बस्तु तथा प्रविधिको प्रदर्शनी,
–जिल्लाको बट्टार बजार, त्रिशुली बजार, कोलनी, बिदुर लगायतको बिभिन्न स्थानमा साँझमा साँस्कृतिक कार्यक्रमसहित फुड फेस्टिबल हुने ।
–बालबालिकाको बिभिन्न खेलहरु हुने

1 comments: