Sunday, February 23, 2014

नेपाल तामांग घेदुंग को २८५० औ सोनाम ल्होछार समिक्षा कार्यक्रम सम्पन्न

अमृत लोप्चन 

कुवेतका लागि प्रथम नेपाली राजदुत महामहिम श्री मधुबन प्रशाद पौडेल ज्युको प्रमुख अतिथ्यमा नेपाल बाट अतिथी कलाकार मिलन लामा र रमला पाख्रिनको बिसेष प्रस्तुतीमा कुवेतबासी दर्शकहरु माझ तामाङ जातिको बडा सास्कृतिक पर्ब ल्होछार इतिहासिक रुपमा समापन भएको थियो । 


उक्त ल्होछार कार्यक्रमको बारेमा  २१-फेब्रुवरी - २०१४ मा फर्वानिय स्थित फर्वानिय पार्कमा "ल्होछार समिक्षा" कार्यक्रम साम्पन्न भएको थियो । साथै सो कार्यक्रम आगामी बुद्ध जयन्ती कार्यक्रम सम्बन्धी पनि केही छलफल भएको थियो ।
"ल्होछार समिक्षा" कार्यक्रममा बक्तहरुले आफ्नो भनाइहरु राख्ने क्रम्मा कुवेतमा कार्यरत गीत सङ्गित प्रेमी दर्शकहरु हरु करिब एक बर्षा सम्मा नेपालका ख्यातीप्राप्त कलाकारहरु बाट मनोरन्जन लिना बाट बन्चित हुन पुगेको थियो । यस्तो असहज परिस्थितीमा तामाङ समुदयले आफ्नो परम्परा देखी मनाउदै आएको महान चाड सोनाम ल्होछारको अबसर पारेरा एक बर्षाको अन्तराल पछी पहिलो चोटि कुवेतको नेपाली समाजमा नेपाल बाट दुइे जना चर्चित कलाकार ल्याइ कार्यक्रम भब्य रुपमा सम्पन्न गरेको कुरा कुवेतको नेपाली समाजमा इेतिहास रच्न सफल भएको सबैको एक मत थियो । 



आजको तामांगहरु देश परदेश जहाँ रहे पनि आफ्नो कला संक्रिती जोगौन तल्लिन रहेको खबरहरु सामाजिक संजाल फेसबुक बाट होस् या विभिन्न खबर पत्रिकाहरु बाट सुन्न र हेर्न पाउदा हामी सम्पूर्ण तामांगहरु लाई गर्भ लागेका छौ, हाम्रो गाउ ठाउँ मा पनि जहाँ ल्होछारको ल्हो थाहा नभएको ठाउमा पनि आज ल्होछार पर्व तामांग पोशाक को साथमा तामांग परिकार को साथमा मेंदोमाया नाचेको खबरहरु पाउदा देख्न पाउदा तामांगदाजुभाई तथा दिदीबहिनीहरु गर्बका साथ शिर ठाडो पारी हिड्ने दिन आएको छ, पहेले नेपालको टुडिखेलमा मात्र ल्होछार मनाएको खबर पाउथे तर यसपाली नेपाल अधिराज्य भरिको तामांग बस्तिहरुमा सोनाम ल्होछार भब्य गरि मनाएको खबर छ, यस्तै गरि आफ्नै भाषा रितिरिवाज कला सांकृति र धर्म को जगेर्ना गर्दै परदेशमा रहदा भै परी आउने समस्याहरुको समाधान गर्दै नेपाल तामांग घेदुंग कुवैत ले पनि सदा झैँ यसपाली पनि सोनाम ल्होछार कार्यक्रम भब्य गरि मनाएको थियो !  
नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा गत जनवरी ३१ शुक्रबार कुवेत सिटी स्थित होटल एशिय एशियमा २८५० औ ता ल्हो (घोडा बर्ग ) सोनाम ल्होछार भब्यरुपमा सम्पन्न भएको थियो ।


0 comments:

Post a Comment