Sunday, September 29, 2013

मेंदोमाया एल्बम "ज्याबारानी " बिमोचन अनलाइन पत्रीका परदेशी खबर डटकमको उदघाटन


हरी कृष्ण न्यौपाने, कुवेत- 
नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा हिजो सेप्टेम्बर-२७ शुक्रबार युवा गायक एवं ग्राफिक डिजाइनर पुष्प
वाईबाको तामाङ लोक दोहोरी मेंदोमाया एल्बम "ज्याबारानी " बिमोचन र इष्टमान वाइबा द्वारा सन्चालनमा ल्याइएको अनलाइन पत्रीका परदेशी खबर डटकमको उदघाटन एक बिशेष कार्यक्रमका साथ एउटै मन्चबाट सम्पन्न भयो।
        रिदम कम्युनिटी हल आबासियामा तोकिएको समय भन्दा केही ढिलो शुरु गरिएको उक्त कार्यक्रमलाई नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको अध्यक्षतामा महासचिव अमृत तामाङले सन्चाल्न गरेका थिए। प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका प्रथम सचिव बिशाल भट्टराइ तथा अतिथिहरु लगाएत तामाङ घेदुङ कुवेतका पधाधिकारीहरुले संयुक्त रुपमा पानसमा दिप प्रज्वलन गरी शुरु गरिएको कार्यक्रममा उनिहरुले पुष्प वाईबाको तामाङ लोक दोहोरी मेंदोमाया एल्बम "ज्याबारानी " एल्बमलाई खोल्दै बिमोचन गरेका थिए।त्यसै गरी इष्टमान वाइबा द्वारा सन्चालनमा ल्याइएको अनलाइन पत्रीका परदेशी खबर डटकमको प्रमुख अतिथीबाट कम्प्युटरमा एक डकुमेन्ट्री क्लिक गर्दै उद्घघाटन गरेका थिर भने प्रोजेक्टर मार्फत परेदेशी खबरडटकमको बारेमा जानकारी डकुमेन्ट्री प्रदर्शन गरिएको थियो।
                उक्त कार्यक्रममा नेपाली दुताबासका दितीय सचिव अम्बिका जोशी,श्रम सहचारी सिर्जना तिवारी,नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर राजेन्द्र तामाङ, एनआरएन एनसिसी अध्यक्ष धर्म राज गिरी, माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष जय आले,पत्रकार महासंघ शाखा कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने नेपाल,प्रबासी नेपाली मन्चका अध्यक्ष राजु थापा,अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष बिबी मल्ल ठकुरी, लालीगुराँस सँस्कृतिक मन्चका अध्यक्ष राजेन्द्र बिराही, युएई एक्स्चेन्जका राम बस्नेत लगायत कुवेतमा कृयाशिल विभिन्न संघ संस्थाका प्रतिनिधि, पत्रकार र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको बाक्लो उपस्थिति रहेको थियो|
            नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर राजेन्द्र तामाङको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा अतिथीहरुले प्रबासमा बसेर पनि आफ्नो भाषा-धर्मको जगेर्ना गर्दै आफ्नो तामाङ भाषामा एल्बम निकालेका पुष्प वाइबालाई शुभ-कामना दिए भने प्रबासी खबर डटकमका लागि पनि निस्पक्ष रुपमा सुचना,मनोरन्जन प्रबाह गर्न सुझाब दिएका थिए।कार्यक्रमको बिचमा पुष्प वाइबा तथा लामा भाईको जीवनी पनि प्रस्तुत गरिएको थियो।राम बस्नेत, निर्मल स्यान्ताङ लगायतले पुष्प वाइबा तथा लामा भाईलाई सम्मान गरिएको थियो।कार्यक्रममा सेल रोटी-अचार तथा पानीको राम्रो ब्यबस्था गरिएको थियो।
             
             
          

Saturday, September 28, 2013

म्हेन्दो माया गीत कस्तो भन्ने सन्दर्भम्मा केन्द्रित रहेर लेक योन्जन ज्यु ले केही बर्ष अघी नै एक लेख

by Manik Lal Ghising 


म्हेन्दो माया गीत कस्तो भन्ने सन्दर्भम्मा केन्द्रित रहेर लेक योन्जन ज्यु ले केही बर्ष अघी नै एक लेख लेख्नुभएको थियो । यो लेख पढिसकेपछी म्हेन्दो मायालाई शायद सबैले बुझ्नेछन् । लेखको बिस्त्रित जानकारी जस्ताको तस्तै:

-लेक योन्जन नेपालका बहुसंख्यक जाति मध्ये तामाङहरुको सहित्य गीत संगीत कला भित्र इतिहास बोकेको र धेरै अर्थ लुकेको छ । बागमती अञ्चल भित्रका उत्तरी धादिङ, नुवाकोट, रसुवा तिर पाइने यी गीतहरुमा कयौ शताब्दी पूर्वका इतिहास झल्किने गीतहरु पाइन्छ ।


मैले २०४७ सालमा त्यस बेलाका एक मात्र संचार माध्यम रेडियो नेपालमा पहिलो पटक मेन्दोमाया गीत रेकर्ड गरी त्यही गीतलाई नेपाल टेलिभिजनमा छायाकन गर्दा त्यसबेलाका तामाङ्ग गीत हेर्ने डम्फु समाजका प्रतिनिधी बरिष्ठ गायक चन्द्र कुमार मोक्तानले यो तामाङ्ग गीत हैन घले गीत जस्तो छ भन्ने प्रतिक्रिया आज मेन्दोमाया तामाङ्गहरुको गीत भैसकेको छ । मेन्दोमाया त एउटा प्रचलित लय मात्र हुन् । जसमा युवा युवती प्राय मनोराजन का लागि नाच्ने गाउने गर्छन् । बास्तविक तामाङ्ग इतिहास बोकेको थुप्रै गीतहरु छन् । जो बाहिर प्रस्फूटन हुन सकी रहेका छैनन् । गीत संगीतमा हामी चर्चा र वाहावाही खोज्न थालेका छन् तर अब हामीले साच्चै नै इतिहास धार्मिक समाजिक लोक कथा परम्परा बोकेको गीत संगीतहरुलाई पनि संरक्षण गर्न जरुरी देखिन्छ । च्याङबा र मैच्याङ मात्र तामाङ्ग गीतलाई चिनाउनु तामाङ्ग गीत संगीत अपूरो हुन्छ ।

साच्चै भन्नु पर्दा अहिले सम्म हामी सेलोकै पछि दौडि रहेको छ र हामी ठान्दछै सेलो बाहेक तामाङ्ग गीतमा अन्य गीत संगीत छैन । सेलो त तामाङ्ग जातिको गीत भनेर स्थापित भैइसकेको छ । यस पछि अब हामी बाँकी रहेको तामाङ्ग गीत संगीत तिर पनि हामी अग्रसर हुन पर्ने देखिन्छ । धादिङ्ग, नुवाकोट ,रसुवा भेग तिर पाइने अर्थपूर्ण र इतिहास बोकेको गीतहरु छन् ।

म्हेन्दोमाया निर्त्य

तामाङ्गहरु अवस्य पनि बौद्धलम्बीहरु हुन तर बौद्ध धर्म उत्पत्ति हुनु भन्दा पहिला तामाङ्गहर प्रकृतिक धर्म मान्थे त्यो हो बोन्बो बोन धर्म त्यहि बोन प्रकृतिक पुजा गर्दाका थुप्रै गीत भाकाहरु अहिले लोप हुँदै गएको छ ।

१) गोरु जोत्दै गर्दामा गाईने -लाङबो ताप्पा२) खेतालाले रोपाई गर्दा गाईने- लीङमा३) घाँस दाउरा गर्दा गाईने -वारवार व्हाअी४) गाउँको प्रकृतिक पुजा गर्दा गाउँको ताम्बा लम्बुले पढने- साङह्राप५) बोन्बोले देबीलाई फकाउदा को बेला गाइने -नाम्दार६) घेवाका बेला गाइने दुःखद र मार्मिक बोकेका गीतहरु -बोमसाङ७) मेला जात्रा र घास दाउरामा गाइने माया प्रीतिका गीतहरु -चोम्लु८) यति मात्र नभएर दुःखद घडीमा रुदाँ समेत सारै मार्मिक र लयबद्ध भाकाहरु हुन्छन्- छेर्लु९) बिहे चाड पर्व ब्रतबन्ध खुशियाली क्षणहरुमा गाइने गीतहरु -बोमसाङ१०) एउटा किसान भरीयाले थाकेर चौतारीमा थकाई मार्दाको क्षण आफ्नो दुःखद पोखेको गीत-वारवार व्हाअी

यसरी थुप्रै गीत संगीतहरुको औपचारीक अनुसन्धान गर्न सम्बन्धित निकाय र संघ संस्था र संगीतका अग्रजहरु लाग्नु पर्छ । माथी उल्लेखित गीतहरुमा दुःख पिडा मनोराजन मात्र नभएर तामाङ्ग इतिहास परम्परा लोक कथा र मौलिकता बोकेको हुन्छ । त्यति मात्र नभएर जहाँ सहित्यका मौलिक भण्डार पनि पाइन्छ । यी गीत संगीतहर सरकारी साचार माध्यमहरुमा औपचारिक अनुसन्धान र प्रचार प्रसार हुन नसक्नु कसको कमजोरी हो तामाङ्ग जाति भित्रकै कुरा गर्नु पर्दा पुर्वेली र पश्चिमी भाका र भाषाले मात्र नभएर विचारले पनि विभाजन गरिएको छ । गाँठी कुरा त झन राजनिति हुन् । यसरी प्रचुरमात्रामा इतिहास नै बोकेका गीतहरु लोपहुदै गईरहेको छ ।

त्रिशूली तामांग समाजको दुबैइको बरदुबैइ पार्कमा भएको भेलाले त्रिशूली तामांग समाजको नया क्षेत्रीय कमिटि गठन

पुष्प वाइबा कुवैत सिटी 
त्रिशूली तामांग समाजको दुबैइको बरदुबैइ पार्कमा भएको भेलाले त्रिशूली तामांग समाजको नया क्षेत्रीय कमिटि गठन  गरिएको छ,सो बैठकको सभापतित्व केंद्रिय अध्यक्ष श्री अम्रत तामांग ज्यु बाट गर्नु भएको थियो,त्यसै गरि समाजको बारेमा केंदिय उपाध्याक्ष श्री गंगा घले तथा संपर्क मंचका अध्यक्ष श्री हरिमान तामांग ज्यु बाट समाज हालको बारेमा मन्तब्य दिनु  भएको थियो ! त्यसै गरि केंदिय प्रमुख सल्लाहकार श्री गोपाल ब. गोले ज्यु बाट अहिले को शिक्षित युगमा हामी तामांग जातिमा नौलो प्र्गातिशिल जगकरण लिउनु लागि हरेक क्षेत्रबाट सगठित हुनु अति आबस्यकता छ,भन्ने छोटो मंतब्य राख्नु भएको थियो!! त्रिशुली तामांग समाजको दुबैइ क्षेत्रीय कमिटिको निम्न नया पदाधिकारीहरुको चयन गरिएको छ,

अध्यक्ष श्री फ़ुल ब.तामांग
उपाध्याक्ष श्री बुद्दिमान तामांग,
सचिब श्रीमाती निशा तामांग,
सहसचिब दिपक तामांग,
कोषाध्यक्ष श्री फ़ाइ लामा तामांग,
सहकोषाध्यक्ष श्री मान ब तामांग
सदस्य श्री जीवराज लामा,
सदस्य श्री दुर्ग ब.तामांग,
सदस्य श्री मंगल सिह तामांग,
 श्री तोंबे तामांग,
महिला सदस्यहरुमा श्रीमाती कांछी माया तामांग,
महिला सदस्य श्रीमाती केसरी माया तामांग,

तथा श्रीमाती सानुमाया तामांग रहनु भएकोछ,उहाहरुलाई हाम्रो दान्सिंग डट कम परिवार  हार्दिक बधाई  त्रिशूली तामांग समाजको उहाहरुको कार्यकाल भरि नै नया सोच तथा मार्ग दर्शन सफ़ाल होस भनि कामना ब्यक्त गर्दछु , हाम्रो दांसिंग डट कम परिवार, 

मलाई सहयोग गर्नु हुने सम्पूर्ण सहयोगीदाताहरुमा धन्यबाद

पुष्प वाइबा, 

म तपाई हरु सबैलाई मेरो ज्यबरनिको बिमोचन कार्येक्रम मा पाल्नु भै कार्येक्रम सफल बनाई देनु भकोमा म पुष्प वाइबा तामांग तपाईहरु प्रति म सदा आभारी हुनेछु, दोहामा बस्दा मैले दिहा कतार मा अल्बम दोहाकै क्यापिटल होटेल मा गर्न पाको थियो भने आज मेरो तामांग लोक दोहोरि अल्बमको बिमोचन कुवैत मा सम्पूर्ण संग संस्था हरुको अथिति हरुको साथमा ज्याबारनिको बिमोचन गर्न पाउदा मलाई जिबनमा सबै भन्दा खुसीको दिन म तपाई हरु समछ्या बढ्न पाउदा अति हर्सित छु,
 
मलाई ज्याबरानी अल्बम यहाँ सम्म लेउना सफल गराउन साथ दिनु हुने कुवैत बाट आदरणीय दाजु अर्जुन तामांग, दाजु श्याम बोम्जन तामांग, मेरो सह मित्र डिबी लोप्चन तामांग, नानाहरु रमिता योन्जन तामांग र लक्ष्मी खड्का, अनि बहिनी कविता, लामा भाइ इस्तामन वाइबा, माल्दिप बाट दाजु राम वाइबा लाई म सदैब ऋणी रहन्छु साथमा वहाहरुको सहयोग साथ मलाई यस्तै हाम्रो मौलिक कला संस्कृतिको जगेर्नाको लागि निरन्तरता रहोस,
ज्याबारानी अल्बमको तयारीको लागि मलाई पहेलो गित रेकोर्डिंग, भिडियो सुतिंग, सम्पादन गरि डिभिडी तयार गरि नेपाल अधि राज्यभरि पुराउने जिम्मा लिनु भएको लप्सांग कर्पो म्युजिक परिवार लाई र रोशन फुबा भाई लाई मुरी मुरी धन्यबाद दिन चाहन्छु, साथमा अचोमाने गीतको सुतिंग ककनीमा, असिना पानी र एकदम हिउको चिसो हावामा कठंरिदै चिसो भुइमा खाली खुट्टाले नाचेर मलाई मेन्दोमाया नाच्न साथ दिनु हुने सम्पूर्ण निर्त्ये गर्ने भाइ बहिनीहरुमा साथमा राज किंग वाइबा भाई धेरै धेरै आभारी साथमा धन्यवाद दिन चाहन्छु,
४५० डिभिडी चक्का कुवैत सम्म ल्याई पुराउने, ज्याबरानी बिमोचन मा नेपाली खाना सेलरोटी को सौजन्य गर्नुहुने र आजको कार्येक्रम सफल पुराउन पूर्ण सहयोग गर्नु हुने दाजु नेपाल तामांग घेदुंग कुवैत को अदक्ष राम लामा घलान मा पनि म हार्दिक किर्तज्ञाता अभार साथमा धन्यवाद तक्रौना चाहन्छु, साथै बिमोचन कार्येक्रम मा प्रोजेक्टर उपलब्ध गराउनु भै सौजन्य गर्नु भएकोमा गैर अबसिया नेपाली संघ को अदक्ष श्री धर्म राज गिरी ज्यू , जुस पानीको सौजन्य गर्नु हुने सम्धि तुल बहादुर लामा भाई रेसम लामा, र अन्तरास्ट्रिय नेपाली कलाकार समाज कुवैत साखा बाट ब्यानर सौजन्य गर्नु भएकोमा मा यहाहरु सबैलाई मुरी मुरी धन्यवाद,

नेपाल तामांग घेदुंग कुवैत बाट मेरो अल्बम बिमोचन को आयोजना गरि दिनु  भएकोमा, कार्येक्रमको सम्पूर्ण ब्यबस्थापन गर्नलाई सहयोग गर्नु हुने सम्पूर्ण घेदुंग परिवारमा म आजिबन ऋणी रहन्छु, म भोलि जिबनको यात्रामा यहाँ कुवैत मा होला या नहोला तर पनि कुवैतबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरु पाएको माया हौसला सहयोगको मा जिबनभर ऋणी रहन्छु, तपाई हरुको माया र सहयोग ले गर्दा आज म आफुलाई अझ बडी जिम्मेवारी भएको बोध भएको छु .
कुवैत का सम्पूर्ण संघ संस्था बाट पाल्नु भएको समाजसेबी, बुद्दिजिबी, पत्रकार, का साथमा सम्पूर्ण महानुभावहरुलाई मेरो बिमोचन कार्येक्रम लाई सफल बनाऊन पालिदिनु भएकोमा यहारुलाई स धन्यवाद तक्रौना चाहन्छु,

कतार बाट भाई कमान सिंग वैवा, दुवै बाट मित्र फुल बहादुर तामांग, मलिसिया बाट भाइ ससिन्द्र वैबा र केशब तामांग , दछिन कोरिया बाट बिकाश मोक्तान , इजरायल बाट माया बोम्जन तामांग र नानीमाया योन्जन तामांग ज्याबारानी लाई वितरण गर्न सहयोग पुराउनु हुने, सम्पुर्ण दाजुभाई तथ दिदी बहिनीहरुमा पनि धन्यवाद तक्रौना चाहन्छु .      

पुष्प वाइबा को जिबन चर्चा

पुष्प वाइबा को  जिबन चर्चा

  पुष्प वाइबा को जन्म २०३३ साल पुस महिनाको ५ गते    बुधबार आमा म्हेंदोमाया तामांगको काखबाट, बुवा टेक  बहादुर तामांग को साधारण परिवारमा नुवाकोट जिल्ला  दंसिंग २ फलाटे मा भएको थियो


 वहाको बाल्यकाल आमा बुवाको साथमा संयुक्त  परिवारमा बिताउनु भएको वाइबा, सानै देखि आमाको  साथमा मेलापात जादा होस् या बनजंगल मा जादा होस्,  साथै गाउ घरको तामांग बिबाहमा र जात्रा मा असारे गित,  मेन्दोमाया गित,को साथमा दोहोरि गीतहरुमा नाच्थे, सानै  उमेर देखि गित संगीतमा रुची भएर होला आमाको साथमा  मामा घर चितवन मा भाइटिका  मा नाचेर मामाहरुको  हातबाट पैसा झर्नु हुन्थेउ, वहाको गित संगीतको गुरु आमा नै हुन्, आमाले नै वहालाई गाउन र नाच्न सिकाउनु हुन्थेउ,

गाउको प्राथमिक बिधालय बाट प्राथमिक शिक्क्षा पुरा गरि बाकी पदाई काठमाडौँ को टेकु ब्रम्हटोल को सरस्वती सेकेण्डरी हाई स्कुलबाट यस यल सी सेकेन्ड दिविजनमा उतिर्ण गर्नु भै ललितपुर पाटन ढोका को पाटन संयुक्क्ता क्याम्पस बाट २००१ / २००२ मा प्रबिनतहा को शिक्क्षा पुरा गर्नु भयो, स्कुल,क्याम्पस मा पनि पड़ाईको साथमा गित संगीत मा पनि हर स्कुल क्याम्पसको को बार्षिक कार्यक्रम, पिगनिग कार्यक्रम सबैमा रुचिका साथ गित गाउनलाई भाग लिन्थे, आफ्लो कला को थुप्रै प्रस्तुति गरेर साथी भाइ गुरु आमा हरुलाई खुसि बनाउनु हुन्थेउ,

यसै क्रममा मेरो प्रबिनताहको को पदाई पुरा गरि वहाले छेमेकी गाउ धधिंग खाल्डे ९ काउलेको श्री प्रकाश मा. बी मा अध्यापन गराउने सिलसिलामा मैले पहेलो गीति अल्बम "दिलमा बसन " लोक दोहोरि अल्बम ताल म्युजिक को प्रस्तुतिमा बजारमा लिएर आउनु भयो,जुन गीतमा नेपालकै चर्चित गायिका बिमा कुमारी दुरा र तिर्थ कुमारी श्रेष्ठ बाट वहालाई स्वर दिनु भएको थियो, उक्त अल्बमको लगतै पिस नेपाल म्युजिक नेपाल बाट अर्को दोस्रो अल्बम " काफल गेडी खाऊ है कुटुक्क " भने अल्बम बजारमा लेउनु भयो, ४ बर्सको बिश्राम पछी वहाले प्रवाजी जिबनमा कतार बाटै "दोहा कतारमा" लोक दोहोरी अल्बुम बजारमा ल्याए, २००३ साल देखि परदेशी जिबनमा पनि वहाले थुप्रै नेपाली संस्थामा आबद्द भै समाजसेवामा पनि अगाडी बढ्नु भै कतार मा दंसिंग गाउको दाजु भै हरुको भैपरी आउने समस्याहरुको समाधान गर्नको लागि साथमा ग्रामिण बिकाशमा टेवा पुराउने हेतुले दंसिंग युवा समाज तदर्थ समिति कतारको ४ साल सम्म अद्क्ष पदमा कार्यभार सम्हाल्नु भयो,

2००८ जनवरी मा परदेशी जिबन लाई अन्त गरि नेपाल फर्के, अब जे गरेनी आफ्नै मातृभूमिमा गर्ने प्रण गरि काठमांडूको बलाज्यु मा मैले फमिली डिजिटल फोटो स्दुडियो  संचालन गरे , हाम्रो नेपालमा एक सालको बसाई मेरो चिन्तामा बितेउ एक त डिजिटल बिजनेसमा सधै लोड सितिंग भएपछी कसरी कम्प्युटर चलाउनु, अर्को काठमाण्डौमा ५ दिन नेपाल बन्द साथमा धधिंग र चितवन बन्द भएपछी पनि काठमाण्डौमा एई बन्द अझ कहिले पूर्व बन्द कहेले पश्चिम बन्द यस्तै देशको बन्दले मैले पनि आफ्नो धन्दा सधैको लागि बन्द गरि  फेरी म दुवै लागे .दुबैमा पनि तामांग समाज मा आबद्द हुनलाई मैले धेरै कोसेस गरे म अबुदाबी अलैन मा र तामांग समाज दुबैमा भकोले म तामांग समाजमा आबद्द हुन पाएन,
तर ब्रिटिस मेनेजमेन्ट कम्पनि भाकोले कम्पनीको हर बर्सिक पार्टीमा होस् या स्प्रिंग पिगनिग मा होस् गाउने र नाच्नेमा सधै मनै पहेलो पुरस्कार जित्थे, दुबैमा २ सालको यात्रा पुरा गरि दुवै बाट कुवैत को यात्रा गरे, आज म कतार दुवै को यात्रा पुरा गरि कुवैत मा छु,
२०११ साल अप्रिल २८ देखि हाल सम्म कुवैत मा तन्जिफको कम्पनीमा कार्येरत छु , काम को साथै बाकी रहेको समाई मा नेपाली समाज हरुमा समाई दिदै ग्राफिक डेजैन गर्नमा मदत गर्दै आएको छु, कुवैत मा नेपाली समाजमा कसरी प्रबेस गरे भन्ने सवालमा म कुवेतको महाबुल्लामा बस्थे, दैब संजोक मेरो भेट आर बि भटराई जी संग भेट भयो वहासंग को भेट पछी पहेलो चोटी मैले कुवैत सांस्कृतिक मंच को तीजको प्रोग्रामको रेयाल्संकोमा सुजन के सी  ज्यू र हरि कृष्ण न्येउपाने ज्यू मलाई खोज्दै महाबुल्लामा आउनुभएछ म वहा संगै येही हल्लमा पहेलो चोटी मैले गित गाको थिए, साथमा कुवेतको तिजको प्रोग्राममा मैले पहेलो गित  मेरो दोहा कतार माअल्बम बाट "अचार मीठो तिल,मुसु मुसु हास्नेले चोरेउ मेरो दिल" बोलको गित गाको थिए, यहि गित बाट मेरो दिल चोरेउ कुवैतबासी नेपाली दाजुभाई तथा दिदि बहिनेहरुले तेसैले आज सम्म पनि कुवैत मा नेपाल तामांग घेदुंग कुवैत को ल्होछार, बुद्द जयन्ति, बर्सिक कार्येक्रम देखि लालीगुराँस को दसैको प्रोग्राम र बार्षिक कार्येक्रम देखि लिएर अन्तरास्ट्रिय नेपाली कलाकार समाज को तिज को कार्येक्रम गरि दर्जनौ स्टेज प्रोग्रामहरु मा आफ्नो कला गला प्रस्तुत गर्दै आइरहेको छु,

मैले नेपालमा क्याम्पस जिबनमा पनि "दिलमा बसन" र "काफल गेडी खाऊ है कुटुक्क"गीति अल्बम ताल म्युजिक र पिस नेपाल म्युजिक बाट बजारमा निकाली सकेका छन्, नेपालका चर्चित गायिका बिमा कुमारी दुरा, सिता थापा, सर्मिला गुरुङ, तिर्थ कुमारी श्रेष्ठ, सुष्म राई, आवाज दिएको छु, कतार, दुबई हुदै कुवैत सम्म प्रवाशमा रहेर पनि थुप्रै प्रोग्राममा आफ्नो आवाजमा मैले गित प्रस्तुत गर्दै आएको छु, कला संगीतमा एकदम रुची राख्ने २०१२ मा नेपाल तामांग घेदुंग कुवैतद्वारा आयोजित लोछार प्रोग्राममा पनि नेपालको चर्चित गायिकाद्वै इन्दिरा योन्जन र तुलसा वाइबा संग पनि फाप्रे तामांग सेलो दोहोरी गित गाउदै, गित संगीत, निर्त्याका साथै ग्राफिक डेजैनरका साथै लालीगुराँस सांकृतिक परिवार कुवैत का सल्लाहकार मा छु, भने अन्तरास्ट्रिय कलाकार समाज कुवैत मा कोषाध्यछ्य पदमा कार्येरत छु, साथै नेपाल तामांग घेदुंग कुवैत को मूल कमिटि सदस्य तथा ग्राफिक डीजैनर जिमेवारी बहन गर्दै, छारमेंदो युवा समाज फलाटे दंसिंग नुवाकोट को संरछ्यक मा छु ,



पुष्प वाइबाको ज्याबारानी चर्चा परिचर्चा

 "ज्याबारानी"


ज्याबारानी को अर्थ राम्रो या सुन्दरता को रानी यानेकि सुन्दरी हो, हाम्रो देश नेपालको पहाडी भेकमा फुल्ने लालीगुराँस को बारेमा साथमा लालीगुराँस संगै फुल्ने हाम्रो जिबन को यथार्थतामा मैले बर्णन गरेको छु

यस अल्बममा मेरो जम्मा ४ वटा गित समाबेस गरेको छु ति मध्ये २ वटा मेरो आफ्नै आफ्नै आवाजमा गायिका रामला पाखरेन संग गएको छ,

१ आच्यो मानेलाई पाटोमेन्दो सर्बाला ज्यबरानी त,अच्योमानेलाई न्गाला जोबन सर्बाला ज्यबरनित, बोल को गीतका सब्द संकलन सैलाप वाइबा को हो भने लय संकलन पुष्प वाइबा गीतमा मैले र रामला पाखरेन को आवाज दिएको छु,
२. तेमाल नाम्सै सेलोमाने, बोम्तंग नाम्सै दोरा माने,
 १ नं को गित मा हाम्रो देश नेपालको पहाडी भेगमा पाइने, लालीगुराँस फुल र लालीगुराँस फुल जस्तै फुल्ने हाम्रो जिबनको तुलना गरि, गाउ घरमा लोक ले गाउने ठेट सब्दहरु सजिएको छ, यो गित ले हाम्रो गाउको खेत बारी खन्ने कोदाली, साथमा ज्याबरानिलाई भुलाउने बाँस को मुरालीको कुरा छ भने दाजु भाइ मतने छंग, नराख्नु अनि गाउ घरमा लाग्ने मसान, पिसाच,को बारेमा कतै सामरी डाडामा पन्चे बाजामा नाच्ने लक्के को बारेमा छन् भने कतै झाक्री मैला को भुत पन्सौने कहानीहरु छन् भने कुनै सब्द मा गाउ घरमा मेला जात्रामा तन्नेरीहरू भुटेको खट्टे भट्ट र मकै खाने कुरा गर्छन. कतै बाउ आमा लाहुरे को छोरा ज्यबरानिलाई सिंगापुर लाने भनि फकाउने लाहुरे र गाउको सुन्दरीको रोचक ठेट मौलिखता बोकेको सब्दहरु प्रयोग गरि यस गीतको निर्माण भएको छ.
२ यो गीतको सब्द लय संकलन सैलाप वाइबा, गीतको आवाज मैले र रामला पाखरेन, यो गीत छुटै किसिमको छ यसमा मैले पुर्बिली तामांग सेलो र पछेमेली तामांग मेंदोमाया लाई चिनौना खोजेको छु, सेलो माने गित तेमाल गाउ बाट जन्म भएको हो भने मेंदोमाया नुवाकोट को बोम्तंग गाउबाट थालनी गरेको इतिहास छ, मैले यो गीतलाई एउटा यात्रा को रुपमा बनको छु यो गित नुवाकोट दंसिंग मेरो जन्म ठाउँ बाट सुरु गरि, किम्तंग गाउ, सेम्जोंग चौतारा गाउ, धधिंग पात्ले गाउ, हुदै धन्दिंग बेसीमा  भेट भै पाल्देन र डोल्मा को यात्रा मलेखु को माछा र गोर्खाको सुन्तला खादै मनकामना कुरिन्तर मा केबुलकार मा सरर चटि मुग्लिंग बजार मा राम नगर देउघट हुदै नारायण घाट मा साइकल कुदाउदै टाँडी सौराहा चोक पुग्छन अनि सौराहामा टंगा मा चती सौराहा भ्रमण गर्दै हेदौडा बारा चितवनमा तोरी फुलेको फाटहरुमा घुम्दै पहाड मदेस तराई सम्मको प्रक्रितिंक सौदर्य को मजा लिदै प्रकृतिको बर्णन गरेको छ यस गीतमा,


  साथमा ज्याबारानी को अर्थ सुन्दरता को रानी यानेकि सुन्दरी हो, हाम्रो देश नेपालको पहाडी भेकमा फुल्ने लालीगुराँस को बारेमा साथमा लालीगुराँस संगै फुल्ने हाम्रो जिबन को यथार्थतामा मैले बर्णन गरेको छु 

एल्बम बिमोचन साथमा परदेशी खबर डटकमको उद्घाटन समारोह भब्य रुपले सम्पन्न

लामा भाई इस्ट मान वाईबा कुवेत सिटी सेप्टेम्बर २७


आज सेप्टेम्बर २७ तारिक शुक्रबारका दिन नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा भएको पुष्प वाईबाको तामाङ भाषामा म्हेन्दोमाया “ज्यबरानी” गीति एल्बमको बिमोचन साथमा लामा भाई इस्ट मान वाइबाको परदेशी खबर डटकम को उद्घाटन समारोह भब्य रुपले सम्पन्न भएको छ |
N R N Aका उपाध्यक्ष साथमा  नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको सभापतित्वमा सम्पन्न सोहि एल्बम बिमोचन साथमा परदेशी खबर डटकमको उद्घाटन समारोह नेपाल तामाङ घेदुङ कुवेतका महासचिव अमृत तामाङले सन्चालन गर्नु भएको थियो भने प्रमुख अतिथि नेपाली राजदुताबास कुवेतका प्रथम सचिव बिसाल भट्टराई,दितीय सचिव अम्बिका जोसी,श्रम सहचारी सिर्जना तिवारी,बिसेष अतिथि नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर तथा समाजसेवी राजेन्द्र तामाङ,NRNAका अध्यक्ष धर्म राज गिरी,UAE XCHENGEका बजार ब्यबस्थापक  राम बस्नेत,माउन्ट एभरेष्ट स्पोर्टिंग क्लबका अध्यक्ष जय आले,पत्रकार महासंघ साखा  कुवेतका अध्यक्ष हरि कृष्ण न्यौपाने नेपाल कुवेत डटकमका प्रधान निर्देशक सुजन केसी,कुवेत नेपाल डटकमका सम्पादक अर्जुन भुसाल,सुरेश गुरुङ,अन्तराष्ट्रिय नेपाली कलाकार समाज कुवेतका अध्यक्ष बिबी मल्ल ठकुरी,लालीगुराँस सँस्कृतिक मन्चका अध्यक्ष राजेन्द्र बिराही लगायत विभिन्न संघ संस्थाका प्रतिनिधिहरु बुद्धिजिबी समाजसेवी र नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको भब्य उपस्थिति रहेको थियो |
नेपाल तामाङ घेदुङ कुवेतको आयोजनामा जिलिब रिदम कम्युनिटी हलमा भएको उक्त समारोह नेपाल तामाङ घेदुङ कुवेतका उपाध्यक्ष अर्जुन तामाङको सभापतित्व प्रमुख अतिथि राजदुताबासका प्रथम सचिव बिसाल भट्टराई दितीय सचिव अम्बिका जोसी श्रम सहचारी सिर्जना तिवारी नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकार राजेन्द्र तामाङद्धारा पानसमा बत्ती बालेर समारोहको उद्घाटन गर्नुभएको थियो |
 पुष्प वाईबाले परदेशी मरभुमीमा रहेर पनि आफ्नो संस्कृति जातीयको जगेर्ना गर्दै तामाङ भाषाको गीति एल्बम ज्यबारानी बजारमा लेइसक्नु भएकोमा खुसी ब्यक्त गर्दै र नेपाल तामाङ घेदुङ कुवेतका धर्म गुरु लामा भाईको काँखमा फेरी अर्को जिम्मेवारी थपेको छ र प्रवासी सम्पूर्ण नेपालीहरुको र मजदुरहरुको ढुकढुकी बन्न सकोस भन्दै सोहि समारोहमा पाल्नु भएका प्रमुख अतिथि अतिथिहरु पत्रकारहरु समाजसेवी बुद्धिजिबी लगायत सम्पूर्ण जनाले शुभ-कामना मन्तब्य दिनु भएको थियो |
आज भएको एल्बम बिमोचन र साथमा परदेशी खबर डटकमको उद्घाटन समारोहमा द्धय वाइबालाई सफलताको कामना दिदै निम्न संघ संस्था र व्यक्तिगत रुपमा सहयोग गर्नु भएको छ मगर संघ कुवेत,किरांत याक्थुङ चुम्लुङ कुवेत, नेपाल चालक भलाईकोष रिहात कुवेत,नेपाल तामाङ घेदुङ कुवेत र नेपाल तामङ घेदुङ कुवेतका कोषध्यक्ष तथा NRNAका महासचिव निर्मल तामाङ,नेपाल तामाङ घेदुङ कुवेतका बरिष्ट सहल्लाकर साथै समाजसेवी राजेन्द्र तामाङ र उहाँका दम्पति रहेको छन् भने UAE X CHEGEका बजार ब्यबस्थापक राम बस्नेतबाट सम्मान गर्दै द्धय वाइबालाई मायाको चिनो प्रदान गर्नु भएको थियो र अन्त्यमा द्धय वाइबाले समारोहमा पाल्नुभई सफल पर्दिनुहुने सम्पूर्ण प्रवासी कुवेतमा क्रियासिल संघ संस्थाहरु बुद्धिजीविहरु नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद दिदै ज्यबारानी एल्बमको लागि र समारोह सफल पर्दिनुहुनको लागि बिसेष सहयोग गर्दिनुहुने व्यक्तिहरुलाई धन्यवाद स्वरुप प्रसंसा पत्र वितरण गर्नुहुदै आजका समारोहका सभापतित्वद्धारा समारोह बिसर्जन गर्नु भएको थियो र साथमा लामा भाई इस्ट मान वाइबाको नेतृत्वमा परदेशी खबर डटकमको कार्यसमितिहरु निम्न अनुसार रहेको छ |
प्रथम सम्पादक: लामा भाई इस्ट मान वाईबा
सह-सम्पादक: प्रदिप नेपाली
सहल्लाकार तथा समाचार दाता: पुष्प वाईबा
बरिष्ट सल्लाहकार: राजेन्द्र तामाङ
बरिष्ट सल्लाहकार: अर्जुन तामाङ
 सल्लाहकार तथा सहयोगी: निर्मल तामाङ
सल्लाहकार तथा सहयोगी: अमृत तामाङ
सल्लाहकार: डिबी लोप्चन तामाङ

एल्बम बिमोचन साथमा परदेशी खबर डट कम को केही झलक हरु