Wednesday, March 19, 2014

श्रीमान् विदेश हुने बुहारीलाई यसरी परपुरुषसंग रङगे हात् पक्राउ पारे ससुराले !

बारा- छोरो विदेशिएका बेला परपुरुषसँग यौन सम्बन्ध राखेको भेटिएपछि यहाँका एक ससुराले दुवैलाई रातभर थुनेर भोलिपल्ट प्रहरी कार्यालय पुर्याएर सहमति पत्रमा हस्ताक्षर गराउँदै छोरासँगको सम्बन्ध टुटाएका छन्।
आइतबार रातभर कोठामै थुनेर सोमबार उनीहरुलाई ससुराले इलाका प्रहरी कार्यालय सिमरामा बुझाएका थिए।
हेटौँडा माइती भई सिमरामा विवाह गरेर आएको केही महिनापछि श्रीमान् विदेश गएका थिए।
दुबैलाई प्रहरीमा बुझाएपछि स्थानीय गाँउले र माइती पक्षसमेत प्रहरी कार्यालय पुगेका थिए। घरपरिवारले अस्वीकार गर्ने भए माइतीमा बस्न आमाले गरेको आग्रहलाई ती महिलाले अस्वीकार गर्दै त्यही युवकसँग जीवन बिताउने बताइन्।
"हामी एक अर्कालाई माया गछौं"– प्रहरी कार्यालयमा सहमति पत्रमा हस्ताक्षर गर्दै त्यस युवकले भने, "अब हामी दाम्पत्य जीवनमा बाँधिन सहमति जनाउँछौं।"
आफूले प्रेम गरेकाले श्रीमतीको रुपमा स्वीकार गर्ने र तिनले पनि आफूसँग बस्न चाहेको त्यस युवकले बताए। ती महिलाको अहिलेसम्म सन्तान भएको छैन भने युवक पनि अविवाहित हुन्।
"केटाकेटीबीच नयाँ जीवन सुरु गर्ने सहमति भयो"– प्रहरी निरीक्षक जयराम कुईंकेलले भने, "ससुराको सहमतिमा पुरानो सम्बन्ध विच्छेद र नयाँ सम्बन्धलाई वैधता दिने सहमति भयो।

Tuesday, March 18, 2014

तीन–तीनवटा हेलिकोप्टर

काठमाडौं, ४ चैत (ओएनएस) : उपप्रधान तथा गृहमन्त्री एवम् एमालेका उपाध्यक्ष वामदेव गौतमसहितले काठमाडौंको छिमेकी जिल्ला धादिङ जान तीन–तीनवटा हेलिकोप्टर प्रयोग गरेको प्रति एमालेकै सभासदले संसद बैठकमा असन्तुष्टि जनाएका छन् ।

एमालेकै सभासद चुडामणि जंगली विकले संसदमा सुत्केरी भोकै बस्नु परेको तर मन्त्रीहरु भने हेलिकोप्टरमा मस्ती गरेको भन्दै रुष्टता व्यक्त गरे ।

मकवानपुरकी एक सुत्केरीले १९ दिनसम्म भोकभोकै बस्नुपरेको प्रसंग समेट्दै सभासद विकले हेलिकोप्टर सयरप्रति आपत्ती जनाउँदा गृहमन्त्री गौतमले पुलुक्क हेरेका थिए ।

‘मकवानपुरमा १९ दिनसम्म सुत्केरीले खान पाएकी छैनन्, हाम्रै पार्टीका मन्त्री र नेता भने पार्टीको अधिवेशन उद्घाटनमा जान लाखौं खर्चेर हेलिकोप्टर चढ्नु कहाँसम्मको न्यायोचित हो ?’, सभासद विकले भने, ‘गरिबले खान नपाई भोकभोकै मर्ने र गरिबका नाममा राजनीति गर्ने नेता र मन्त्री फजुल खर्च गर्ने यो कहाँको राज्यव्यवस्था हो ?’

उनले १९ दिनकी सुत्केरीलाई १९ घोगा मकै  पनि मागेर दिनुपरेको यथार्थ कोट्याउँदै मन्त्रीले भने तीनवटा हेलिकोप्टर लिएर सयर गर्नु न्यायोचित नभएको बताए ।
जीवनस्तरका महत्वपूर्ण प्रसङ्ग उठाइरहँदा सभामुख सुवास नेम्वाङले भने उनलाई ‘यस विषयमा पछि कुरा गरौँला, विषय भन्दा बाहिर गयो’ भन्दै रोकेका थिए ।

एमाले धादिङको क्षेत्र नं. १ को अधिवेशन उद्घाटन गर्न गृहमन्त्रीसहित एमाले नेताहरु तीन वटा हेलिकोप्टरमा काठमाडौंसँग सीमा जोडिएको धादिङ पुगेका थिए । 

Thursday, March 6, 2014

भाटा कस्लाई लाऊनुपर्नेहो ?धर्मको नाममा अस्लिल्ता फैलाऊनेलाई कि शान्तिको ज्योती फैलाऊनेलाई ?

भाटा कस्लाई लाऊनुपर्नेहो ?धर्मको नाममा अस्लिल्ता फैलाऊनेलाई कि शान्तिको ज्योती फैलाऊनेलाई ?यहाँ नै बिभेद्छ्,यस्तो कुरितिको खुलेर बिरोध गर्नु अपराध होईन ।

धर्म सबैको आफ्नो लागि ठुलो हुन्छ त्यो चाहे हिन्दुको होस् चाहे बुद्दको को होस्, चाहे क्रिस्च्यां को होस्, या मुस्लिम को होस्, सबैले अ आफ्नो मनले चिताएको धर्म मान्न पाउछ यो नै सर्गित र अधात्मिक अघिकार हो, मान्छे जमिन्छ, ठुलो हुन्छ मर्छ यो भगवान इशोर अल्लाह बाट नै भएको हो, मात्र बाटो फरक सबैको जाने ठाउँ एउटा हो, आखिर किन मान्छे हरु एक अर्कोमा धर्म को नं मा युद्द गर्न चाहन्छन ? किन युद्द गर्न चाहन्छन धार्मिक विचार भएको धर्म लम्बिहरु कसले धार्मिक युद्द गर्न उक्सौदै छन् ? कहाँ धार्मिक युद्द हुदैछन ? हामी के का लागि धार्मिक युद्द गर्ने ? हामी नेपाली हो हामी सबैले आ आफ्नो धर्म मानेकै छौ ? केहि समय अघि हामी लाई हाम्रो वास्तविक धर्म पहिचान को बारेमा अवगत थिएन अबत हामी सबै जान्ने बुज्ने भै सकेका छौ कि कुन राम्रो कुन नराम्रो भन्ने बारेमा भने आजको दिनमा हामी सबै नेपाली मिलेर प्राण गरम हाम्रो पहिचान हाम्रो संस्कृति हामीलेनै जगेर्ना गरम, जातीय पहिचान मौलिकता हक अधिकार को लागि सबै मिलेर मन्त्रि मण्डल मा संसद मा मुद्दा उठाउ . शान्ति पुर्बक मिलेर अघि बढम, 

लडेर होइन नेपाली नेपाली मा लडाई झगडा गरेर होइन, शंतिपुर्बक मिलेर जम, आखिर किन भाटा लगाउदै छन् बौध धर्म लम्बी लामा गुरुहरु मा अनि किन नेपाल मा खुलेयाम नाङ्गो बाबा हरु घुमिरहेका छन् के यस्तो एस्तो धर्म को नाममा अस्लिलता फैलाउदै छन हिन्दु धर्मालम्बी बाबाहरु के तपाई को घर आगन मा बाटोमा आमा बुवाको साथमा दिदीबहिनीको साथमा दाजुभाई हिददैनन र ? के यस्तो नांगे बाबा हरु लाई नेपालको बाटोमा हिड्न दिदा भोलिको हाम्रो सन्तान लाई हामीले के  भने सिकाउने नांगे बाबालाई पुजा गरि ढोगेमा सोचेको सबै पुरा हुन्छ भनि सिक्क्ष दिनेकी यस्तो कुरीति लाई नेपाल बाटै बन्देज गराउनु उचित होला, यो कुरा तपाई हामी सबै नेपाली ले बुज्नु अनि मनन गर्नु जरुरि छ धर्म सबैको साझा हो आफ्नो धर्म को लागि अरुको धर्म को बिरोध गर्नु ठिक होइन, हामी मुस्लिम देश मा बस्छौ यहाँ रमदान इद को समय मा हामी पनि वहाहरुको धर्म लाई सम्मान गर्दै बाहिर खाना खादैनौ रमादानको बेलामा भने हिन्दु धर्म्लाम्बिहरुले शान्ति को पुजारी बुद्द धर्मको अनुयायी  लामा गुरुहरुलाई पनि सम्मान गर्नु पर्छ भन्ने मेरो मान्यता हो . अन्यथा बाध्य भएर बुद्द धर्म लम्बिहरु पनि आफ्नो धर्म रच्छको लागि हतियार उठाउनु पर्ने हुन्छ जसको परिणाम भयानक हुनेछ जुन आज सिरिया मा भाको छ, कंगोमा, बर्मा सोमालिया, मा उदारण छ, 

यस्तो कुरीति को दिल खोलेर बिरोध गर्नु पर्छ | 



हाम्रो संस्कृति हाम्रो संस्कार, जाग्दैछन नुवाकोट को तामांग हरु

संकलन by पुष्प वाइबा 

हाम्रो दंसिंग फलाटे २ वडा चिलाउनेको बुवा धन बहादुर तामांग को हाम्रो संस्कृति हाम्रो संस्कार नामको त्रिसुली टिभी मा सक्ति माया तामांग संगको सोनाम ल्होछार सम्बन्धी वहा के भन्नु हुन्छ साथमा हामी तामांगहरुको बारेमा वहाले के भन्नु हुन्छ तलको भिडियो हेर्नु होला, 
https://www.youtube.com/watch?v=-5gyqZxHTHo

Sunday, March 2, 2014

नुवाकोट महोत्वसको आर्कषक पोषाक(फोटो फिचर)

संकलन by पुष्प वाइबा 

व्यवसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना भन्ने नाराको साथ जारी  रहेको तेस्रो नुवाकोटमा अवलोकनकर्ताको सहभागिता उल्लेख्य रहदै गएको छ । पहिलो दिन २० हजारले अवलोकन गरेको मेलामा दोस्रो दिन पाँच हजार भन्दा बढीले अवलोकन गरेका छन् । मौसममा देखिएको खराबी र शिवरात्री पर्व र त्यो सगै शिवरात्री पर्वको कारणले यातायात सञ्चालन नहुदाँ दोस्रो दिन अपेक्षित भन्दा अवलोकनकर्ता कम भएको नुवाकोट उद्योग बाणिज्य संघका अध्यक्ष राजन श्रेष्ठले जनाकारी दिए । मेलामा स्थानीय कला, सस्कृति, परम्परा र भेषभुषाको संरक्षणम समेत ठूलो सहयोग पुगेको छ । हेरौ केही स्थानीय कला र संरक्षण गर्ने पोषाकमा सजिएका देखि अकर्षक देखिएका पोषाकहरु ।

                                                            आर्मी पोशाकमा तामांगका छोराहरु :-

नेवारी पोशाकमा नेवारी दिदीबहिनीहरु : 

नेवारी दिदीबहिनी 

तामांग पोशाकमा तामांग नि कन्छिहरु : 


तामांग र नेपाली पोसाकमा  तमन्ग्की छोरी र चेत्रिकी छोरी 


नुवाकोट मा चर्चित मेंदोमाया दोरा माने नाच्दै नेवारनि मैचाहरुको साथमा तामांगनि कान्छीहरु 





कठै बर लोग्ने विदेशमा, हेर स्वास्नीको रमिता नेपालमा

६ फागुन, काठमाडौं ।

वालाजु बाइपासको महेश्वरमार्गको मंगलबार साँझको दृश्य । रक्सी खाएर अर्धचेत महिला अपशब्दको फोहरा बर्साउँदै सडकमै नाच्न थालिन् । लाग्थ्यो त्यहाँ ठुलै झगडा भएको थियो ।

तर सत्यता बुझ्दै जाँदा कुरा अर्कै फेला पर्यो । खासमा ति महिला रक्सीले मातेपछि सडकमै बौलाउन थालेकी रहिछन् । ति महिला तस्विरमा देखिएकी यिनै महिला हुन् ।

रक्सीको तालमा अर्धचेत भएपनि उनले सबैकुरा खोलिन् । भनिन् मेरो साथी खै ? म संग बाइकमा आएको त्यो कहाँ गयो ? सँगै नाबालक छोरा पनि ल्याएकी रहिछन् ।
प्रहरीले सुरुमा आफ्नै श्रीमान् सँग आएको ठानी सोधपुछ बढायो । तर कुरा झन् अर्कैपो निक्लियो । अर्थात् महिलाको श्रीमान मजदुरी गर्न बिदेश गएका रहेछन् । तर होटलवाल्नी साहुनिकै भनाइमा नियमीत आउने परपुरुषसँग आएकी यि महिलाले अत्यधिक रक्सी खाएपछि मातिइन् र होलटकै भाँडाकुँडा सँगै टेबल नै सडकमा फालिन् ।

सुरुमा मातेर कराएपनि त्यति पर्वाह नभएकोमा पछि सडकमा सामान फाल्दै तथानाम बोल्न थालेपछि भने एउटा रमितानै देखियो । स्थानिय टोलका सयौं ब्यक्ति भेला भएपछि पुलिसलाई समेत लोग्ने बिदेशमा हुँदा परपुरुषसँग रक्सीले मातिएर रमिते बनेकी यि महिलालाई लैजान झण्डै आधाघण्टा लाग्यो ।
बिचरा ति पुरुष जो बिदेशमा यिनी र सन्तानको लागि पसिना बगाइरहेकाछन् तर हेर यिनको चर्तिकला जो परपुरुषसँग नारिएर भट्टीमा रक्सीले मातिन्छिन् अनि सडकमा रमिता देखाउँछिन् ।

प्रहरिले भट्टीकी साहुनीलाई सोधपुछमा लग्यो तर श्रीमान बिदेशमा भएर आफुसँग रमाइलो गर्न ल्याएको पुरुष भने फेला पार्न सकेन । किनकी यि महिलाले रमिता देखाउन थालेपछि ति पुरुष कुलेलम ठोकेछन् ।

त्यसैले दंसिंग का सम्पूर्ण दाजुभाई हरु तपाई हाम्रो घर बलियो हुन रड सिमांटि र इट ले मात्र घर बलियो हुदैन घर बलियो हुन हाम्रो श्रीमति लाई खुसि राख्नु पर्छ धन सम्पतीले मात्र हामीले उनलाई खुसि राख्न सकिदैन उनीलाई खुसि राख्न को लागि कमसे कम सालमा एक चोटी घर नेपाल गै दिनुस, अनि मात्र तपाईको श्रीमती खुसी हुन्छ श्रीमती खुसी भएमा हाम्रो घर परिवार  खुसी र सुखी रहनेछ . कृपया यदि तपाई परदेश मा हुनुहुन्छ र ४/५ साल सम्म पनि घर जानु भाको छैन भने तपाई एकचोटी नेपाल गैहाल्नुस है फेरी कतै यस्तै खबर हामीले सुन्न नपरोस भन्ने जन्य लिया ...........

खोलामा निरन्तर रुपमा जथाभावी बालुवा झिक्नाले कोल्पु खोलाको पक्कि पुल संकटमा ।, पुल वरपर बालुवा झिक्न रोक्नु पर्ने स्थानीयको भनाई ।

खोलामा निरन्तर रुपमा जथाभावी बालुवा झिक्नाले कोल्पु खोलाको पक्कि पुल नै धरापमा पर्दै गएको छ । नुवाकोट र धादिङ जिल्लालाई जोड्ने यो पुल अहिले संकटमा पर्दै गएको हो । 
पुल नजिकका क्षेत्रमा ढुंगागिट्टीको उत्खनन् कार्य निरन्तर गरिएकोले पुलको विम रहेको खोलाको सतह गहिरिदै जादा पुल संकटमा परेको हो । एकदशक अघि निर्माण भएको पुल रहेको खोलाको सतह झण्डै एक  मिटर भन्दा गहिरिइसकेको स्थानीयको भनाई छ । अनियन्त्रित रुपमा ढुंगा गिटी र बालुवा उत्खनन्  गर्दा पुल जोखिममा परेको हो । स्थानीय स्वायत्त शासन नियमावलीमा पक्की पुलको वरपर २ मिटर क्षेत्रफलमा ढुंगा गिटी बालुवा लगायत नदीजन्य वस्तुहरु उत्खनन् गर्न रोक लगाएको छ । जिल्ला विकास समिति नुवाकोटले  स्थानीय स्वायत्त शासनले उल्लेख गरेको भन्दा दुई कदम अघि बढेर पुलको दुबैतर्फ पाच÷पाच सय मिटर वरपर बालुवा, ढुंगा, गिटी लगायत नदीजन्य उत्पादन झिक्न नपाइने व्यवस्था गरेको छ । तर, जिल्ला विकास समितिले आफ्नै नियमलाई आफैले धोती लगाउदा कोल्पुको पुल धरापमा पर्दै गएको हो । 
कोल्पु खोलापटि जिविसले बालुवा गिटी उत्खनन् कार्य नगरेको जिल्ला विकास समितिका बालुवा गिटी उत्खनन् हेर्दै आएको प्रशासन प्रमुख हरि प्याकुरेलले बताउनुभयो । उहाका अनुसार कोल्पु खोलामा पुल क्षेत्रमा पनि  दर्ता नगरि चोरी निकासी गर्नेहरुले भने बेला बेलामा उत्खनन् गर्ने गरेको गुनासो आउने गरेका छन् । जिल्ला विकास समितिले कोल्पु दोभानसम्म कर लिएर बालुवा गिटी उत्खनन् गराउँदै आएको छ । पुल देखि दोभानसम्म पाँचसय मिटरभन्दा कम भएकोले त्रिशूली नदीमा बालुवा गिटी उत्खनन्ले पनि पुलको पिलर रहेको क्षेत्रमा खोलाको सतह गहिरिदै गईरहेको छ । जिल्ला विकास समितिले स्काभेटर प्रयोग गर्न प्रतिबन्ध लगाएर पनि ठेकेदारहरुले कोल्पु दोभानबाट स्काभेटर प्रयोग गरि नदी जन्य बस्तु उत्खनन कार्य गरिरहेको छ । यसको प्रभावकारी अनुगमन नहुदा पनि राज्यले करोडौं लगानी गरेर निर्माण गरेको पुल संकटमा पर्दै गएको हो । जिल्ला विकास समितिले थोरै राजश्व संकलन हुने नाममा करोडौंको पुललाई दाउमा राखिरहेकोले यो क्षेत्रमा धादिङ र नुवाकोट दुबै जिल्लाविकास समिति मिलेर नदीजन्य वस्तु उत्पादनमा प्रतिबन्ध लगाउनु पर्ने स्थानीयको भनाई रहदै आएको छ । 


नुवाकोट महोत्सवमा दर्शकको उत्साहजन सहभागिता । कोमल वलीको गीतमा दर्शक नाचे छमछमी ।


फागुन १४ नुवाकोट 

नुवाकोट महोत्सवको तेस्रो दिन पनि दर्शकहरुको घूइचो लागेको छ । नुवाकोट उद्योग वाणिज्य संघको आयोजनामा भइरहेको तेस्रो नुवाकोट महोत्सव तथा मध्यमाञ्चल क्षेत्रीय औद्योगिक प्रदर्शनीमा आज गायक कोमल वली, हेमन्त शर्मा, सुगम पोखरेल , लगायतका कलाकारहरुसहित स्थानीय गायक गायिकाहरुले  मनोरञ्जन दिलाएका छन् । 

व्यावसायिक अभिवृद्धि सबैको चाहना, समृद्ध नुवाकोट हाम्रो कामना भन्ने मुल नाराका साथ सञ्चालन भएको महोत्सव फागुन २४ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न सामग्री राखिएका ै दुई सय स्टल राखिएको आयोजकले जनाएको छ । 
महोत्सवमा नुवाकोटका घरेलु तथा लघु उद्यमीहरुद्धारा तयार गरिएका घरेलु हस्तकलाका सामान लगायत अन्य उपभोगजन्य सामानहरु प्रदर्शनी तथा खरिद विक्रीका लागि राखिनुका साथै मनोरञ्जनका लागि रोमाञ्चक खेल प्याराग्लाईडिङलगायत लोक सांस्कृतिक मेला र झाँकीहरुको समेत महोत्सवमा सहभागीहरुले मज्जा लिन सकिने आयोजकले बताएको छ । 

Saturday, March 1, 2014

सुर्यको आधुनिक गीतिअल्बम "तुटिएको मुटु " बजारमा आउदै

पुष्प वाइबा लोक तथा मेंदोमाया गायक
 हाम्रो दंसिंग अन्लाइन खबर पत्रिका



नुवाकोट दंसिंग गाउ विकास समिति वडा नं ४  पर्सि गोठ मा जन्मिनु भएको नव युवा गायक सुर्य मम्बको दंसिंग गाउ मै पहेलो पटक तामांग मा पहिलो आधुनिक गीति अल्बम “टुटीएको मुटु “ सबिज म्युजिक प्रा.लि. बाट बजार मा चाडैनैआउदैछ,

सानो उमेरमै गित संगीत मा रुची राख्ने सुर्य को पहेलो अल्बम ले कतिको दर्सक स्रोता माझ सुर्यको सांगीतिक सुर्यको पहेलो किरण कतिको छाउन सक्छ समयले बताउनेछ, हाम्रो दंसिंग डट काम लाई आउदा दिनमा तामांग मेंदोमाया गीति अल्बम पनि ल्याउदै भन्ने खबर छ, भर्खर १८ साल पुरा भै १९ सौ बसन्तमा लागेको युवा गायक गित संगीत मा निकैनै पोख्त देखिन्छ, उनको सांगीतिक जिबन मा सफलता ले चुमोस भन्दै हाम्रो दंसिंग डट काम परिवार हार्दिक शुभ कामना ब्यक्त गर्दछ !
यो मम्बको पहेलो आधुनिक अल्बम हो यो गित माया प्रेम मा धोका पाउदा प्रेमिका लाई प्रेमीले यसरी गुनासो पोक्छ
 मन लाग्छ तिम्रो दिलै भए खोजे मिल्छ भने,
 तिम्रो मनको मान्छे भन्थेउ आज पराइ ठानछेउ भने
 गहभरी आशु पारी हासी दिउलामा म
 भंदिनामा म तिम्रो मान्छे पराई भन्दिउला,

Man lagchha Timro Dilai,


Alert icon
Upload complete! Your video will be live at: http://youtu.be/8lSjR6sCQ04