Saturday, August 16, 2014

तीज बिशेष कार्यक्रममा गायिका स्वरुपाको साथमा तीनै सास्कृतिक सस्थाका कलाकारहरु

नवराज पन्थी 
कोसेली न्युज-महिलाहरुको महान चाड हरितालिका तीजको अबशरमा हरेक बर्ष जस्तै यसबर्ष पनि कुबेतमा तीज बिशेष कार्यक्रम भब्य हुने भएको छ । कुबेतकै पुरानो सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्चको आयोजनामा हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ भने रिहल्सन भनि शुक्रबार देखि कलाकार छनोट संगै समाप्त भएको छ। शुक्रबार रिदम हलमा सम्पन्न अन्तिम रिहल्सन अबलोकन गर्न  एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि, पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, जनजागृति युवा समाजका अध्यक्ष् दिपक क्षेत्री, किरात संघका अध्यक्ष सिब सुब्बा, झापाली समाजका संयोजक धुर्ब कुमार संग्रौला, दलित एकता संजाल कुबेतका अध्यक्ष आश बहादुर नेपाली  लगायतको  उपस्थिति रहेको थियो । 
 तीज बिशेष  कार्यक्रममा सहभागी हुन अथिति कलाकार अर्थात चर्चित गायिका स्वरुपा रसाईली कुबेत आउने पनि पक्का भएको छ । अथिति कलाकार गायिका स्वरुपाको साथमा कुबेतमा क्रियासिल ३ ओटा सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्च, लालीगुराँस सास्कृतिक परिवार र अन्तर्राष्ट्रिय कलाकार समाज कुबेतका  कलाकारहरु एउटै मन्चमा प्रस्तुत हुनेछन ।  उनीहरुहरुको जोडदार प्रस्तुतिले कुबेतबासी नेपालीले  भरपूर्ण मनोरंजन लिन पाउने  छन । युएई एक्सचेन्जको बिशेष सहयोगमा आयोजना हुन लागेको तीज बिशेष कार्यक्रममा अथिति कलाकार गायिका स्वरुपा रसाइलीलाई कुबेत झिकाएर कार्यक्रमको स्टेजसम्म पुर्याउने महत्वपूर्ण कार्यको जिम्मेवारी  लालीगुराँस सास्कृतिक परिवार कुबेतले सबै ब्यबस्था मिलाएको आयोजक सस्थाले जनाएको छ । कार्यक्रमकी केन्द्रबिन्दु मानिएकी गायिका स्वरुपाको साथमा कुबेतका चर्चित गायक गायिका एबम नृत्यकलाकारको साथमा केहि नयाँप्रतिभा अर्थात नौलो अनुहारले समेत स्टेज तताउदै कुबेतबासीलाई नचाउने छन । गायिका स्वरुपा, ३ सस्थाका मिश्रित कलाकारको जमघट र नयाँ अनुहार नौलो  प्रस्तुतिले यसपालीको तीज बिशेष बेग्लै  स्वादमा हुने आयोजक सस्था नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्यले कोसेली न्युजलाई बताए   ।
महिला दिदिबहिनीहरुलाई लक्ष्क्षित गरि आयोजना गरिएको तीज बिशेष कार्यक्रम आयोजना गरिएको हो, प्रदेशी बसाई भएपनि बर्षको एकदिन आउने नेपाली महिलाको महानचाड हरितालिकामा सबै कुरा भुलेर तीज मनाउन चट्ट रातो साडीमा सजिएर जिलिबको वेडिंगहलमा आईदिनु हुन् सम्पूर्ण कुबेतबासी नेपाली दिदीबहिनीहरुलाई अध्यक्ष् आचार्यले निमन्त्रणा गरेका छन । साथै कुबेत स्थित नेपाली दुताबास, नेपाली संघ सस्था, समाजसेवी बुद्दिजिबी पत्रकार कलाकार लगायत सबैलाई तनमन धनबाट सहयोग गरिदिन समेत नेपाल कुबेत सास्कृतिक मन्चले अनुरोध गरेको छ। तीज बिशेष कार्यक्रममा महिला दिदीबहिनीहरुलाई निशुल्क प्रवेशको ब्यबस्था मिलाईएको छ ।
कार्यक्रम हुने मिति: शुक्रबार, २२ अगस्ट, २०१४
समय: दिनको ठिक १ बजे
स्थान: जिलिब स्थित वेडिंग हल पानी टयांकी पछाडी
आयोजक: नेपाल कुबेत साँस्कृतिक म
न्च

0 comments:

Post a Comment