Monday, August 18, 2014

तामाङ डाजाङको १३३ औं साहित्यिक श्रृंखला र विमोचन सम्पन्न ।


हाम्रो दंसिंग अनलाईन खबर पत्रिका 
साभार by रोशन फ्युबा 

तामाङ डाजाङ साहित्यिक संस्था र लाप्साङकार्पो म्युजिक सेन्टरको संयुक्त प्रकाशनमा रहेको रोशन फ्युबा तामाङको ङ्याङ्ला व्हाइ (हाम्रो गीत) र गोपाल फ्युबा तामाङको तामाङ गाउँखाने कथा संगै ज्ञानज्योति बुक्स पब्लिकेशनले प्रकाशन गरेको तामाङ साहित्यको सर्वेक्षण पुस्तकको विमोचन साउन ३१ गते काठमाडौंमा भएको छ । तामाङ डाजाङले आयोजना गरेको १३३ औं ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि तामाङ साहित्य एकाडेमीको कुलपति भाषाविद अमृत योन्जन तामाङले तीनै वटा पुस्तकको विमोचन गर्नु भएको हो । विमोचित तीन पुस्तक मध्ये ङ्याङ्ला व्हाइ पश्चिमेली तामाङ भाषा (धादिङ, नुवाकोट र रसुवा) मा रहेको गीतहरुको संकलित संग्रह हो भने तामाङ गाउँखाने कथा पनि सोही क्षेत्रकै तामाङ भाषामा रहेको संकलित गाउँखाने कथाहरुको संग्रह रहेको छ । त्यसैगरी तामाङ साहित्यको सर्वेक्षण तामाङ जातिको भाषा, धर्म, साहित्य लगायतको विषयमा श्रोधपत्रको रुपमा प्रकाशन भएको पुस्तक हो । 
विमोचित तीनै वटा पुस्तकहरुलाई अधिवक्त फुर्वा तामाङ, पत्रकार फुलमान बल र तामाङ डाजाङ साहित्यिक मासिकका सम्पादक इन्द्रकुमार तामाङले समिक्षा गर्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि अमृत योन्जन तामाङले तामाङ भाषा साहित्यको क्षेत्रमा एउटा इँट्ट थप्ने काम भएको बताउनु हुँदै तामाङ भाषामै लेखिएका सामग्रीहरु मात्र तामाङ साहित्य हुन सक्ने बताउनु भयो । पछिल्लो समयमा तामाङको बारेमा खस भाषामा लेखिएकालाई पनि तामाङ साहित्य भन्न थालेकोमा दुख व्यक्त गर्नु भएको थियो । 
त्यसैगरी कार्यक्रममा तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले शुभकामना मन्तव्य सगंै व्यंग्यात्मक प्रहसन प्रस्तुति गर्नु भएको थियो । साथै दक्षिण कोरिया तामाङ संघका पूर्व उपाध्यक्ष सागार जिम्बा तामाङ, डाजाङका संरक्षक निमाघ्याम्छो बल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमका अध्यक्ष बुद्ध योन्जन लामाले मातृभाषा साहित्यमा पश्चिमेली तामाङ साहित्यको शुरुवात तामाङ डाजाङले गीत र लोककथाबाट थलानी गरेको बताउनु भयो । उहाँले मातृभाषामा साहित्य लेखनबाट तामाङ भाषा तथा साहित्यलाई संरक्षण गर्ने अभियान रहेको बताउनु भएको छ । त्यसैगरी डाजाङले मासिक रुपमा तामाङ साहित्यिक कार्यक्रमलाई २०५९ देखि निरन्र्तता दिइरहेको हो । आज सम्म आइपुग्दा १३३ औं श्रृंखला सम्पन्न हुँदा पनि नेपाल सरकारसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो निकायले हाम्रो मुल्यांकन गर्न नसक्नु बिडम्बना रहेको पनि बताउनु भयो । 
तामाङ डाजाङको १३३ औ साहित्यिक कार्यक्रम पनि भएकोले उक्त कार्यक्रममा स्रष्टाहरु यकिना अगाध, अर्जुन ग्लान, इन्द्रराम मोक्तान, युनिक रक्षे ग्लान, अर्जुन पुर्वेली, टंकलाल दोङ, अटुट दोङ, हिरामाया घिसिङ, प्रेमलाल दोङ राम गोम्जा, रन्जना मोक्तान, ङेमा थाङ्पाल लगायतले मातृभाषामै गजल, कविता, ताङ्का, हाइकु, गीतहरु प्रस्तुत् गर्नु भएको थियो । 

0 comments:

Post a Comment