"नेपाल कै झल्को-झिलिमिली साडीमा सजिएर नेपाली महिलाहरु दिल फुकाएर नाचे"
नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबशरमा कुबेतमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाईयो । नेपाल कुबेत साँस्कृतिक मन्चको आयोजनामा शुक्रबार जिलिब स्थित वेडिंग हलमा सम्पन्न कार्यक्रममा अथिति कलाकार गायिका स्वरुपा रसाइलीको साथमा स्थानीय कलाकारले भरपूर्ण मनोरंजन प्रदान गरे । निर्धारित समय भन्दा निक्कै ढिलो शुरु गरिएको कार्यक्रम दुईचरणमा सम्पन्न भएको थियो ।
पहिलो चरण अर्थात उद्घाटन सत्र
प्रमुख अथिति नेपाली दुताबास कुबेतका कार्यबाहक राजदुत बिशाल भट्टराई, दुर्तीय सचिब अम्बिका जोशी श्रम सहचारी श्रीजना तिवारी, एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि, आईसीसी कोडिनेटर सुजन केसी युएई एक्सचेन्जका बिजनेस ड़ेप्लोपमेन्ट म्यानेजर रंजित पिल्लाई र मन्चका अध्यक्ष टिकाराम आचार्यले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । सो अबशरमा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नेहरुमा प्रमुख अथिति बिशाल भट्टराई, श्रम सहचारी श्रीजना तिवारी, धर्मराज गिरि, रंजित पील्लाई, सुजन केसी, तारा पौडेल हुनुहुन्थ्यो । श्रम सहचारी श्रीजना तिवारीले घरेलु महिला कामदारहरु समस्यामा पर्नुको प्रमुख कारण र दुई महिना देखि घरेलु महिला कामदार कुबेत आगमनलाई बन्द गर्नुको जण केलाउदै दिएको चोटिलो मन्तब्यले हलमा हुटिंग र तालीले जोडदाररुपमा स्वागत गरिएको थियो । मन्चका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम मन्तब्यबाट महासचिब माधव शर्माले उपस्थित सबैको स्वागत र पत्रकार नबराज पन्थीले उद्घाटन सत्र संचालन गरेका थिए ।
दोश्रो चरण अर्थात सांगेतिक धमाका
तीज सम्बन्धि गीत गायर स्थानीय कलाकार माया न्यौपाने लगयातबाट शुरु गरिएको सांगेतिक धमाकामा बालकलाकार रिदिमा मगरले आकर्षण नृत्य गरेकी थिइन् । गीता तिवारी, नेहा राई, सिमा घिमिरे, सुस्मा बराल मिरा कुमारी पौडेल, तारा पौड्याल कल्पना राई लगायतको एकल तथा सामुहिक नृत्य थप माहोल तताएको थियो महिला उद्घोषकको खडेरी परेको कुबेतमा सुष्मा बरालको उपस्थिति र उनको नृत्यको जादुलाई सबैले तारिफ गरेका थिए । भने कार्यक्रमको मुख्य आकर्षण र सबैको केन्द्रबिन्दु मानिएकी सबै बिधाकी अथिति कलाकार स्वरुपा रसाइलीले तीजका गीतहरुले सबैलाई नाच्न बाध्य बनाएकी थिइन् । अन्त्यमा गायिका स्वरुपाले फुल फुलेरै पहेलै, झ्याम झ्याम पानी स्थानीय गायक माधव शर्मासंग लोकदोहोरी गीत गाउदा सबै जना दिल खोलेर नाचे । भारि मात्रामा दर्शकको उपस्थिति रहेको कार्यक्रममा कुबेतका ३ ओटै सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्च, लाली गुराँस सास्कृतिक परिवार र अन्तरास्ट्रिय कलाकार समाजमा आबद्द कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा लोकगायक माधव शर्मा, बीबी मल्ल,डीबी लोप्चन, डोलराज न्यौपाने, पप आधुनिक गायक के पी सिटौला, अनिल रसाइली, गोबिन्द बराल, गायक जोडी गुप्ता नेपाली, खेम ठकुरी सागर खड्का, अनिल गुरुङ लगायले उपस्थित सबैलाई मनोरन्जन दिन सफल भए । उता हास्य कलाकार नबिन श्रेष्ठको ए बा किन्देउन भटभटे भन्ने गीतको बोलको नृत्यले सबैलाई काटा लगाएर पेट मिचिमिची हास्न बाध्य बनाएको थियो । जिबन सुनार र बिजयले पनि सामुहिक नृत्यमा साथ् दिदै उत्कृस्ट नृत्य प्रस्तुत गरेका थिए ।
युएई एक्सचेन्जको बिशेष सहयोगमा सम्पन्न कार्यक्रममा अथिति कलाकार स्वरुपालाई नेपाली संघसस्थाका प्रतिनिधिहरुले दोशल्ला ओढाएर सम्मान गरेका थिए भने गायिका स्वरुपाले नेपालबाट ल्याएको कोसेली महिलाहरुलाई रातो डोरी र पुरुषहरुलाई ढाका टोपीले सम्मान गरेकी थिइन् । आयोजकले कलाकार एबम आफ्ना सहयोगीहरुलाई प्रमाणपत्र र सिडी प्रदान गरेको थियो । विभिन्न विधामा छनोट गर्दै किरण आलेद्वारा सौजन्य गरिएका साडी समेत मन्चमा बाडियो । कार्यक्रम सफल बनाउन स्वयम् सेवकको महत्वपूर्ण जिम्मेवारी नबप्रतिभा युवा समाज कुबेतले लिगेको थियो । दोश्रो चरणको कार्यक्रम महासचिब माधव शर्मा गायक अर्जुन तामाङ्ग र नृत्य कलाकार उषा बरालले संयुक्त रुपमा संचालन गरेका थिए । महिलालाई निशुल्क प्रवेश मिलाईएको कार्यक्रममा झिलिमिली साडीमा सजिएका दिदीबहिनीहरु मात्र नभएर पुरुषहरुको पनि उत्तिकै उपस्थित रहेको थियो हल खचाखच भरिएको थियो ।

साभार : कोसेली न्युज
स्रोत : नवराज पन्त
0 comments:
Post a Comment