नुवाकोट दंसिंग २ फलाटे को परिचय
नुवाकोट जिल्लाको एक पबित्र धार्मिक स्थल
बुधसिंग भीरको काखमा अबस्थित ऐतिहासिक तामांग गाउँ (नम्सा ) हो फलाटे, जहाँ समुन्द्रको
सतह बाट १२ सय मिटरको उचाइमा रहेको पाइन्छ,भने बुधसिग डाडा समुन्द्रको सतह देखि २१
सय मिटरको उचाइमा अबस्थित डाडा बाट उत्तर तर्फ गणेस हिमाल मनासालु हिमाल रसुवाको
लांगटांग हिमाल साथमा दक्षिन् तर्फको काठमाडौँ
को रानीबन, थानकोट साथै बेसीमा धानको लहलहै झुलिरहेका सम्म फाटहरु नदि नाला
हरियाली पहाडको चुलीहरू को अबलोकन गर्न सकिन्छ, सत प्रतिसत तामांग वस्ती रहेको यस
गाउंमा वाइबा थरको बाहुल्यता रहेको छ, जन्मदेखि मरण सम्मको सम्पूर्ण धार्मिक एबं
सामाजिक कर्म काण्ड बोन धर्म, हिन्दु धर्म को साथमा बौद्द महायानी परम्परा अनुसार
गरिन्छ,
यसबाट प्रस्ट छ कि हामी यहाको तामांग हरु
बुद्दिस्ट हो यस गाउमा हाम्रो मेमे हरुको पालामा केहि घर बाहुन हरु पनि गाई पाली
हाम्रो गाउँ फलाटेमा बसेको कुरा मलाई मेरो स्वर्गीय मेमे फैसिंग ले भन्नु हुन्थेउ,
यसरी हिन्दु बाहुनको संगत मा हाम्रो मेमेहरुले देखा सिकी गरेर यात जबर्जस्ति आफ्नो
बौद्द महायानी परम्परा का साथमा केही जन्म काण्डमा, बिबाह काण्डमा, र मिर्त्यु
काण्डमा केही परम्परा हिन्दुकरण भएको पाइन्छ, जस्तो की १. जन्म काण्ड मा बौद्द
महायानी अनुसार गाईको दुत बाट बच्चालाई चोखेदो रैछ तर हाम्रो गाउमा लामाद्वारा
बच्चालाई गाईको गमत र गोबर ले चोखाईन्छ,अनि दोस्रो ठुलो पाप हाम्रो बच्चाको
न्वारानमा खसी बाख्रा या कुखुरा काटेर भोज खाविन्छ, नवारंमा आउने आफन्तले
सुत्केरीको नाममा कुखुरा भाले, पोथी लेयेरा आउछन जुन सुत्केरी आमालाई काटेर
खुवैन्छ, यसमा पनि ठुलो पाप रैछ, जुन परम्परा हाम्रो बौद्द महायानी मा छैन यो पनि
हिन्दु परम्परा लाई अंगालेको पाइन्छ, यसमा अबको हामी युवा पुस्ताले बिस्तारै
परिबर्तन गर्दै जानु पर्छ,
बिबाह काण्ड : यस काण्ड मा पनि मैले जानेको
देखेको र गरेको अनुसार यस गाउमा पहेलो कार्य
बिबाहमा दुलही भित्राउदा रातो भाले काटेर ढोकामा रगत छर्केर रगत लाई टेक्दै
दुलाहा दुलही भित्राईन्छ जुन कुरा हाम्रो बौद्द महायानी परम्परा बाहिरको परम्परा
हो यो पनि हिन्दु धर्मको अनुसरण गरेको हो,साथमा, बिबाहमा सक्नेले भैसी राग नै
ढल्छन भने नसक्नेले बाख्रा, बोका, या कुखुरा ढालिन्छ हाम्रो धर्ममा त काटमार
गर्नु, बोल्न नसक्ने प्राणीको हत्या गर्नु हाम्रो आमाको हत्या गर्नु सरह हुन्छ,
शुभ कार्य मा गरेको काटमार ले जसको नाममा काटमार गरिन्छ उसलाई पाप लाग्छ, अझ यसको
पनि दंसिंग को अहेलेको दाजु भाई तथा दिदीबहिनीहरुले बुज्नु पर्ने देखिन्छ,
मिर्त्यु काण्ड : यो काण्डमा पनि यस गाउमा
मरेको मान्छे जलाउनु अघि ३ वाट टाउको को नाममा
अन्डा एउटा, कुखुरा एउटा र बाख्रा
एउटा काट्ने प्रथा छ, जसको मासु मान्छे जलाई सकेपछी घरमा ग्यम्रित भनि
खुवाउने चलन छ, जुन हाम्रो बौद्द महायानी परम्परामा छैन, यस्तै रुडीबादी हिन्दु
चलन चलाउदै आइरहेको यस गाउमा नया अचम्म को परम्परा बोकेको पाइन्छ, यति मात्र नभई
यहाको हर तामांग घरमा कुनै किसिमको शुभ कार्य वा असुभ कार्य दुबैमा ज्याड, रक्सी
नभई हुदैन, सगुन को रुपमा रक्सि नभई ज्याड रक्सिले नुवाउने खाना पाइन्छ,
मद्द्यपान, धुम्रपान, र प्राणी हत्या जुन महा पाप मानिन्छ हामी हाम्रो बौद्द
महायानी अनुसार यी कुराहरुको पालना गरेको पाइदैन यस गाउँमा,
मैले अहेलेको लामा गुरुहरु गुम्बाबाट जाने बुजे
अनुसार प्राणी हत्या हाम्रो हाम्रो बौद्द महायानी मा छैन पर्दैन,
यस गाउँमा गुम्बाको त नाम निसानै छैन, गोम्बो
डाडामा (ठोंग ठोंग गंग )यस गाउको लामा मेमेहरुले वहाको छोराहरुलाई ७ दिन या ९ दिन
सम्म गुफा राखी लामा गुरुको तालिम दिइन्छ, ९ दिनको दिनमा उनीहरु पूर्ण लामा हुन्छ,
र गाउको सम्पूर्ण जिन्दाहरु गइ लामा लाई दर्सन पुजा गरि गाउमा ल्याइन्छ, पुरानो लामा
मेमे मम को नाममा ठोंग ठोंग डाडामा २ वटा छुरतेन भने रहेको छ, भने लामाको छोरी को
नाम मा १ छुरतेन रहेको छ,
गाउको सिर (लोङ्ई राह) बनझाक्री पोखरी को
किनारमा ऐतिहासिक मन्दिर सिब्ता (भुमिपति)
को मन्दिर रहेको छ, जुन सिब्ता को मन्दिर लाइतंग गू मा एउटा छ भने अर्को
बुधसिंग शिरमा पनि एउटा छ हरेक वर्ष गाउमा जुठो परेन भने कार्तिक एकादसीमा ति
ठाउमा ठुलो सिब्ता पुजा हुन्छ, मेला लाग्छ गाउको लामा गुरुहरु, झाँक्री गुरुहरु
सिनेभुमी सिब्ताको मन्त्र पाठ गर्दै २ रात दुई दिनसम्म मेला लाग्छ, यो सिब्ताको
मन्दिर सानो सानो तर बिसेस किसिमको जंगल भित्र रहेको छ,१ लोङ्ई राह, २ लाइतंग गू,
३ बुधिंग गंग, यी ठाउँ बाट गाउको कसैलेनी
घास, दाउरा, काट्ने र लाने गर्दैनन् तेसैले यस सानो बनले हावा हुरी बतास बाट
गाउँलाई जोगाउनुको साथै फलाटे गाउलाई थप सुन्दरता थपेको छ .
धार्मिक द्रिस्तिकोनले हेर्दा परापूर्व
कालदेखिनै तामांगहरु बौद्द महायानी परम्परा अनुसार कर्म काण्ड, पुजा, र संस्कार
चली आएको यस गाउको तामांग दाजुभाई तथा दिदीबहिनीहरु बिसेस रुपले बौद्द धर्म नाममा
मात्र सिमित राखी हिन्दुकरण परम्परा अंगाल्दै पाएको पाइन्छ, यसमा जब पृथिबी नारायण
शाह ले राज्य एकोकरण गर्ने समैमा हिन्दुवादी सासकहरुको पालामा बुद्द धर्म माथि
थिचोमिचो भएको कारणले गर्दा आज यस गाउमा खच्चर धर्म मान्ने गरेको पाइन्छ, यो
इतिहास साची छ,
बौद्द धर्ममा आस्था र बिस्वाशका साथ ल्होछार,
गोने ङ्या, घरमा होम, धोमंग पाठ को बारेमा त यहाको तामांगहरुलाई कुनै जानकारी छैन,
अझ दुखको कुरा बुद्द जयन्तीमा गाउको देवीस्थानमा बोका, कुखुराको बलि दिने परम्परा
छ, यो यहाको तामांग हरुमा पाइने बिसेस्ता हो, aअहेले आएर लोसार मान्न लागेको छ यस
गाउमा तर दसैँ मान्न छाडेको छैन,मलाई दुख लाग्छ मैले मेरो गाउँको चर्चा परिचर्चा
गर्दा जस्तो चलन चल्ती छ यसको बारेमा मलाई सत्य लेख्नु पर्छ ताकी अबको गाउको नया
पुस्ता ले हाम्रो कमि कमजोरी हरु जानुन बुजुन, हामी तामांग हरु के हो ? हाम्रो
धर्म केहो? हामीले पालन गर्नु पर्ने कुराहरु के के हुन् ?
यस गाउँको बासिन्दाको
मुख्य जिबन यापनको स्रोत कृषि हो .तर दुइ तिन पुस्ता आगडिका पुस्ताहरु कामको
खोजीमा भारत पसी जागिर खाई जिबन यापन गरेको पाइन्छ, भने पछिल्लो समय मा बिभिन्न
पेसा, ब्यबसाय र बैदेसिक रोजगारीमा जाने काम तिब्र भै रहेको छ, हाल आएर यहाको
तामांगहरु विभिन्न छेत्र मा जस्तै राजनीति, सामाजिक, ब्यबसाय लगायत अन्य पेसामा
सक्रिय रही आफ्नो पहिचान बनाउन क्रियासिल रहेको पाइन्छ, हालका दिनहरुमा पर्यटकीय
हिसाबले पनि यस गाउलाई अगाडी बढौंना यहाका बुद्दिजिबी, युवा, महिला तथा ब्यबसैमा
संलग्न व्यक्तिहरु बीच छलफल भै रहेको छ,
यहाको बुधसिंग डाडा
बाट उत्तर तिर को सृन्खालाबद्दा हिमालय, गौरी संकर, गणेस हिमाल, निलगिरी का साथमा
थुप्रै अति सुन्दर हिमालयहरु का साथमा अतिनै सुन्दर तामांग वाइबा राजाको गाउँ
दब्जोंग दरबार छेत्र का नुवाकोट र धधिंग जिल्लामा अबस्थित सेम्जोंग, ब्रादी,
तिस्तुंग, सत्यदेबी, कटुन्जे, भोकटनी का गाउँ का खेत बारी,जंगल नदीनाला झर्ना को
सुन्दर तामांग गाउँहरुको रमणीय दिर्स्यहरु अबलोकन गर्न सकिन्छ, अझ पूर्व तिरको
लार्केप डाडा बाट बिहान देखिने सुर्यदय र पच्चिम धादिंग बाट हुने सुर्यास्त यस
गाउबाट अबलोकन गर्न सकिन्छ,
साथमा यस गाउको अर्को
अबलोकन गर्ने साथमा पिगनिग क्यम्पिंग गरी बस्नको लागि लोङ्ई दहा (बन्झाक्री दहा )
जहाँ वरिपरी ठुलो जंगल छ बिचमा पोखरी जहाँ अहिले छारमेंदो युवा समाज फलाटे
परिवारले पोखरीको सरसफाई गर्ने कार्येक्रम छ, पोखरी जंगलको बिचमा वरिपरी बोट
बिरुवा भएनी पानीमा कुनै पात पतिन्गर देख्न पाउदैन थियो किन कि पात पानीमा झर्ना
साथ पात टिपेर बाहिर फाल्ने एक चरा थियो, पछी केही गाउको सिकारीहरूले तेस चरा लाई
मारे पछी र पोखरीमा जुठो परे पछी नाग देवता रिसाएर पानी सुकेको भन्ने यहाको
बुदपाकाहरुको भनाई छ, साथै उक्त बनको किनारमा एउटा गुफा छ त्यो गुफामा केहि साल
अगाडी बन झाक्री ले गाउको एउटा बालक लाई लगेको थियो, साथमा यो पोखरीको पच्चिम
पट्टी ठुला एक सल्ला को रुख छ, भने उत्तर तर्फा ठुलो चिलाउनेको रुख छ, उक्त सानो
बनमा तपाई हामीले चरा चुरुन्गीको मधुर संगीत को साथमा कुनै बेला जंगली जनवार बाग
मिर्गको समेत अबलोकन गर्नुको साथै जिबनमा हर दुखको दिनलाई भुलेर शान्त सुन्दर बनको
छुटै मजा लिन सकिन्छ,
दंसिंग गाउ बिकाश
समितिको फलाटे गाउ समुन्द्र सतह देखि ३००० मिटरको उचाइमा अबस्थित छ. काठमाडौँ बाट
१०५ कि. मि. त्रिसुली मार्ग हुदै सामरी सम्म र सामरी देखि १० कि मि को दुरीमा
कच्ची बाटो हुदै ठोंग ठोंग डाडा सम्मको यात्रा गरि तामांग गाउँ फलाटे पुग्न
सकिन्छ,
अन्तमा एक छुट्टै
प्रकारको तामांग धर्म, संस्कार, र संस्कृति सम्बन्धि अध्ययन, अनुसन्धान, र बिकाश
गर्न इच्छुक महानुभावहरुले एक चोटी नुवाकोट दन्सिंग को फलाटे गाउँ भ्रमण गरौ भन्ने
अनुरोध गर्दछु यस फलाटे गाउँ लाई यहाको तामांग हरुले गर्ने धर्म, संस्कार को पनि
अबलोकन गरौ .
0 comments:
Post a Comment