Wednesday, October 9, 2013

कारको ठक्करबाट दुबईमा एक नेपालीको मृत्यु

दुबई -
कारको ठक्करबाट युनाइटेड अरब इमिरेट्सको 
दुबईमा एक नेपालीको ज्यान गएको छ । 
 कामको सिलसिलामा त्यहाँ पुगेका लमजुङ मालिङका भजेन्द्रप्रसाद गुरुङको कारको ठक्करबाट ज्यान गएको हो । गएको शुक्रबार कारको ठक्करबाट गम्भीर घाइते भएका गुरुङको उपचारका क्रममा आइतबार ज्यान गएको हो । दुबईको रसअलखेमा रहेको इन्भाएरोमेन्ट सिष्टम मेनुफेक्चरिङ कम्पनीमा कार्यरत ४२ वर्षका गुरुङलाई साइकल चलाइरहेका बेला कारले ठक्कर दिएको थियो ।

0 comments:

Post a Comment