परदेशको भूमिमा पनि आफ्नो नेपाली कला,संस्कृति र रीतिरिवाजको अनुसरण र जगेर्ना गर्दै आएको लालीगुराँस सांस्कृतिक परिवार नेपाल कुवेतले नेपालीहरुको महान् चाड विजया दशमी (दशै)को अवसर पारेर रमझमका साथ मनाउना गईरहेको दशैँ कार्यक्रम अब २ दिन मात्र बाकीं रहेको छ |
यहि आउँदो शुत्रबार ४ तारिक कुवेतको जिलिव स्थित बिबाह हलमा साँस्कृतिक कार्यक्रम गरी परदेशमा रहेका नेपाली दाजु भाई तथा दिदि बहिनीहरुलाई स्वदेशको झल्को मेटाउने प्रयास रहेको उक्त संस्थाका महासचिव डिबी लोप्चनले परदेशी खबरलाई जानकारी दिनु भएको छ |
उक्त कार्यक्रममा यहाँ रहेका चर्चित एवं ख्याति प्राप्त र लोकले मन पराएका लोक गायक,पप गायक,र नृत्यमा पोख्त कलाकारहरुको बेजोड प्रस्तुतीले झनै दर्शकको मन लोभ्याउने प्रयत्न लालीगुराँस सांस्कृतिक परिवारको रहेको जानकारी आएको छ |
२०१० सालमा स्थापना भएलगतै आफ्नो पहिचान बोकेर अगाडी बढेको यस संस्थाले धेरै पटक आफ्नो प्रस्तुती देखाईसकेको छ |सबैको मनमा ढुकढुकी बन्न सफल गाला र कलाका धनि राष्ट्रिय स्तरका कलाकार लोक दोहोरी तथा पप,आधुनिकका धेरै एल्बम बजारमा ल्याई चर्चामा आउन सफल,राजेन्द्र बिरही,वि.वी मल्ल ठकुरी,डी.वि लोप्चन तामाङ,मनोज मनसुन काफ्ले,देव लीम्बु,पुष्प वाईबा तामाङ,सुरेश ग्याबग तामाङ, बिनिता भण्डारी,प्रसान्त गुरुङ,रामु राई, खेम ठकुरी,गुप्त नेपाली,आवाज तामाङ,सबिन राई,प्रेम डाँगी भने नृत्यमा मन्दी प्रधान,सोम रसाइली,राजेश चौधरी मन्जु बराइली,मनिता रसाइली,बबिता गुरुङ,कृति गुरुङ र राजु बिरही लगायत साथमा क्यानडल टुबलाइट डान्स समेत प्रस्तुति रहेका छन|
उक्त कार्यक्रमलाई सफल पर्नको लागि
१. मुख्य प्रायोजक: Travel Club
२. ब्यानर सौजन्य: बिनोद अधिकारी (मुक्तिनाथ ओभरसिज प्रा.ली)
३. अतिथि ब्याज सौजन्य: “मित्रता जोडी” डीबी एंड बीबी
४. क्यामेरा सौजन्य: कुमार नेपाली
५. स्वयं सेवक टिसर्ट सौजन्य: UAE Exchange (Ram Basnet)
६. जलपान सौजन्य: पदमा राई /मनिष राई
रहेको छ |
दिउसोको १ बजेबाट सुरु हुने कार्यक्रममा प्रवेशको लागि कुवेती ३ डिनार तोकिएको छ,र त्यस दिन उपस्थितिको लागि हार्दिक आहवानका साथै कार्यक्रमलाई अति उतम शान्त र रमणीय वातावरण सृजना गरी,सफल पारिदिनु भइ कार्यक्रमको सोभा बढाई दिनुहुन सम्पूर्ण कुवेतवासी नेपालीहरुमा सोहि संस्थाले अपिल पनि गरिएको छ
0 comments:
Post a Comment