Wednesday, December 24, 2014

पुष्प वाइबाको घ्याम्पोको निगार कुवैत मा बिमोचन हुदै

समाचार हाम्रो दाङसिंग डटकम 
लोक गित बाट गाउदै सांगीतिक छेत्रमा यात्रा गर्नुहुने नुवाकोटे लोक गायाक पुष्प वाइबाको पाचौ प्रस्तुति पनि अब यहि आउने तामांगहरुको महान चाड सोनाम ल्होछारबाट बजारमा आउदै छन् I
तामांग जातिहरुको महान चाड सोनाम ल्होछारको पावन अवसरमा घ्यु भेडा बर्गको २९५१ औ ल्होछारमा नेपान तामांग घेदुंग द्वारा आयोजित ल्होछार प्रोग्राममा नेपाली राज दुताबास,तामांग घेदुंग कुवैतको बरिस्ट व्यक्तिहरु, को साथमा अथिति कलाकारहरु असुशेन लामा र जमुना योन्जन को हातबाट बिमोचन हुने कुराको जानकारी गायाक वाइबा बताउनु हुन्छ I
नेपालमा कलेज पड्दा पड्दै गित संगीतमा लागेका वाइबाको संगीत यात्रा कतार दुवै हुदै कुवैत को थुप्रै स्थानिया स्टेजहरु तताई सकेको कुरा वाइबाको युतटुबका भिडियोहरु बाटै अनुमान लगाउन सकिन्छ I

रोजगारीको शिलशिलामा वाइबा जहाँ जानुहुन्छ त्यहाबाटै कला संस्कृतिको जगेंर्ना गर्दै अघि बढेको नुवाकोटे लोक गायाक कतारमा छदा पनि फेमेली म्युजिक ग्रुबको स्थापना गरि कतारबासी नेपालि फेमिलीहरुलाई हर चाड पर्वहरुमा दर्जनौ प्रोग्राम आयोजना गरिसकेको वाइबा दुवै हुदै कुवैतको बसाईको क्रममा पनि त्यहाको थुप्रै संस्था मा जिम्मेवार पद समाल्दै कला संस्कृतिलाइ जगेर्ना गर्दै अघि बढेको गायाक वाइबा लालीगुराँस सांस्कृतिक परिवार को सल्लाहकार हो र तामांग घेदुंग कुवैतको मूल कमिटि सदस्य साथमा बरिस्ट डिजाइनर पद समाल्दै अन्तरास्ट्रिय कलाकार समाज कुवैतको कोषाध्यक्ष पदमा कार्येरत छन् I समाज सेवा गर्न अति मन गर्ने वाइबा ले गत सालको छुट्टीमा नेपाल जादा नुवाकोट दाङसिंग विकास समिति वडा नं २ मा अवस्थित पन्चामिलन कला देवी निन्न माध्यामिक बिध्यालयलाई ३ थान लेप्टोप साथमा बैदेसिक रोजगारमा रहेको दाजुभाईबाट स्कुलको लागि १ लाख भन्दा बडी सहयोग रकम उठाई स्कुल लाई प्रदान गर्नु भयो I
घ्याम्पोको निगार एक बिसुद्दा सांस्कृतिक नाम हो, तामांगहरु को हर पुरानो बस्तीको घरहरुमा घ्याम्पोको निगार राखेको पाइन्छ I सबैलाई मन पर्ने घाम्पोको निगार बिधिबध रुपमा यहि १६ जनवरी २०१५ मा कुवैत सहरमा बिमोचन हुदैछ I तितो सत्य कथामा आधारित घ्याम्पोको निगार गितमा मैचंग र च्यांग्बाको जोडका तोड़ सेलो जुवारी खेलेको अतिनै रोमान्टिक छ I यस रोमान्टिक गित को सब्द मलेसियामा कार्येरत रामेछापको जम्भू ग्याबकले रचना गरेको यस गीतलाई संगीत भर्ने काम नेपालकै चर्चित गायाक आशुसेन लामाले गरेका छन् I हाम्रो नुवाकोटे मेंदोमाया किंग वाइबा संग तेमालको सेलो नव गायिका रत्न मोक्तानको अवाज दिएको छन् I    

Thursday, December 11, 2014

हट हट नयाँ नेपाली सेलो गित घ्याम्पोको निगार सरैनी मिठो 3 पाने आइरक भन्दानी

हट हट नयाँ नेपाली सेलो गित घ्याम्पोको निगार सरैनी  मिठो 3 पाने आइरक भन्दानी ।

हामी जहाँ जान्छौ हाम्रो कला हाम्रो भाषा हाम्रो रितिरिज  साथमा हुन्छ ।  एक दसक देखि खाडी मुलुकमा रहनु हुने लोक  तथा मेन्दोमाया गायक पुष्प वाइबा ले  यो साल निकैनै मनोरन्जनात्मक सेलो गितहरुको संग्रह " घ्याम्पोको निगार " बजार मा ल्याउदै छन । songnepal द्वारा Youtube मा आइसकेको गित ग्ज्याम्पोको निङार 2 हाप्तमै हजारौं को दिल्मा बस्न सफल भयेको छन अब हेर्दै जाम वाइबा को यो साल्को सुपरहिट गितले कुन मोड लिन्छ ।

Ghyampo Ko Nigar - Pushpa Tamang / Ratna Moktan |…: http://youtu.be/idKg73cRnzU

Tuesday, November 4, 2014

बौद्ध धर्म सम्बन्धि ३ महिने शिबिर कार्यक्रम भव्यरुपमा समापन

साभार by देव तामांग 

धादिंग जिल्लाको धुवाकोट गा. बि. स वार्ड नं १ अन्तर्गत पर्ने बिद्यार्थी उपकार संघ भवनमा गत अगस्त ११ तारिख बाट संचालित बौद्ध धर्म सम्बन्धि ३ महिने शिबिर कार्यक्रम भव्यरुपमा समापन भएको खबर प्राप्त भएको छ | सो प्रसिक्ष्यन काय्रक्रम मा धादिंग धुवाकोट गरि ६४ जना प्रशिक्ष्यर्थिहरु ले ३ महिने सफल प्रसिक्ष्यन लामा गुरु ज्यू हरु बाट प्राप्त गरेका छन् | यो महान कार्यलाई आयोजना गर्ने आयोजक समिति , प्रसिक्षन मा दिन रात खट्ने लामा गुरु ज्यू , लगायत अन्य लामा गुरु ज्यू हरु , सम्पूर्ण पातले बसी लगायत धुवाकोट बसी मित्र हरु विभिन्न क्षेत्र बाट तनमन धनले सहयोग गर्नु हुने दानी दाता ज्यू हरु, छिमेकि गा. बि. स हरु सेम्जोंग , कटुन्जे , निलकण्ठ , खाल्टे र दाङ्सिंग  नुवाकोट का सम्पूर्ण यो कार्यक्रम सफल पार्ने धन्यवाद का पात्र हुनुहुन्छ | 
यो कार्यक्रम निशुल्क ३ महिना सम्म संचालन गर्न कम्मर कसेर लाग्नु हुने आयोजक समितिलाई फेरी पनि धन्यवाद | सो शिबिर बाट ज्ञान प्राप्त गर्नुहुने सम्पूर्ण प्रशिक्ष्यर्थि ज्यू हरुलाई आगामी दिनमा गाऊ समाज र देश लाई भगवान बुद्धाले औल्याएको शान्ति को मार्गमा डोर्यौना सफल रहोस यहि हाम्रो हार्दिक मंगलमय शुभकामना | ओम मानेपद्मे होंग | 

भगवान बुद्धा ले सम्पूर्ण प्राणी मात्र को रक्ष्या गरुन




Saturday, November 1, 2014

पञ्चमिलन स्कूलको सहयोगार्थ देउसी भैलो कार्यक्रम सम्पन्न

पुष्प वाइबा
दाङसिंग हाल कुवैत 

शुभ दिपावली २०७१ को उपलक्षमा हार्दिक शुभ कामना आदानप्रदानको साथमा पञ्चमिलन निम्न माध्यमिक बिद्यालय फलाटे २ को आयोजनामा "देउसी भैलो कार्यक्रम " सम्पन्न, लगातार लक्ष्मी पुजाको दिन देखि भाइटिकाको साँझ सम्मा खेलेको देउसी भैलो कार्यक्रम फलाटे वरिपरीको गाऊ, दाङसिंग डाडा खर्क, पौडेल डाडा, लाफ़े, सेलडाडा साथै फलाटे गाऊमा खेली  जम्मा रु ९१,५००। नगद जम्मा गर्न  सफल भएको थियो। देउसी भैलोमा पञ्चमिलन स्कुलका सम्पूर्ण बिद्यार्थीहरु, टीचर बर्ग र स्कुल ब्यबस्थापक समितिको संपूर्ण महानुभावहरु सहभागिता भई कार्यक्रम सफल बाइएको थियो।
  संचालक शिक्षक तोया नाथ पौडेलद्वारा यसै कार्यक्रममा स्कूलको लागि नगद दान गर्नुहुने गाउका सम्पूर्ण  चन्ददाताहरुलाई हार्दिक शुभ कामना साथमा बधाई ज्ञापन गर्दै  कार्तिक १४ गते सुक्रबारको दिन  एक
समारोहका बीच स्कुल प्रांगणमा प्रमुख अतिथि देबीघाट स्रोत ब्याक्ति बद्री शर्म ज्यूबाट देउसी भैलो खेल्न सहयोग गर्ने साहयोगीहरुलाई प्रशंसा पत्र बाट सम्मान गर्दै देउसी भलो समूहबाट संकलित रकम  नगद रु ९१,५०० (एकानब्बे हजार पांच सय ) प्रमुख अतिथि र  संयोजक रत्न सुनारबाट बि.ब्या.स.आध्यक्ष बौडे लामाको हातमा हस्तरान्तर गरिएको थियो। 

कार्यक्रमको सम्बोधन गर्दै स्रोत ब्याक्ति बद्री शर्मद्वारा गाउका संपूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुलाई हिन्दूहरूको महान चाड तिहारको शुभ कामना ब्यक्त गर्दै आउँदा भबिस्यामा सके सम्मा छिट्टै नै स्कूलको मास्टरको दरबन्दीको प्रोसेस केन्द्रमा पुराउने कुराको प्रकाश गर्नु भयो।समारोह को विशेसअतिथि रहेको छारमेन्दो युवा समाजका अदक्ष सोम बहादुर तामांग बाट पनि तिहारको शुभ कामना दिदै स्कूलको लागि सहयोग गर्नु हुने संपूर्ण दाङसिंगबासी हरुलाई धेरै धेरै धन्यवाद सहित आउँदा दिनहरूमा हामी सबैले सहयोग गर्दै यस स्कूललाई जिल्लाकै एक नमूना गुणस्तरीय  शिक्षा भएको स्कुल बनाउनु पर्छ भन्दै आफ्नो मातब्य राख्नु  भयो।  

साथै उक्त शुभ कामना अदान प्रदान सम्मान समारोहमा सञ्चालन तोया नाथ पौडेल, प्रमुख अतिथि बद्री शर्मा, बिशेष अतिथि सोम बहादुर तामांग, अतिथिहरु क्रमश  शेर बहादुर झाक्री तामांग, इन्द्र तामांग, छोटे तामांग, डिमडुंग लाहुरे, तार लामा, हुनुहुन्थेउ।  


Wednesday, October 29, 2014

धोका भयो मलाई

पुष्प वाइबा
दन्सिङ 2 फलाटे नुवाकोट

म बाधय्ता ले म मुग्लान  हुँदा तिमी अर्कै संग रमायो 
धेरै धनी देखि लुकिछिपी पराइको दाइने हात समायो ।
छोरा छोरिलाइ पैसाको बुचो हाली झुठो बोल्न सिकायो 
समाजको नजरमा अन्जान बनी आफ्नै सन्सारमा रमायो ।

कतिन्जेल सम्मा झुटको सन्सार टिक्छर 
जतिन्जेल सम्मा तिम्रो कुरा बिक्छर ? ।
आखिर एक्दिन अवस्य सत्यको बिजय हुदोरैछ 
झुट्को खेती को इस्वरले नै भन्डाफोर गर्दो रैछ । 

मैले परदेशबाट फोन गर्दा तिमी सारै आतिन्थेउ 
छोरिलाई  फोन देउत भन्दा मेरो फोन काटिन्थेउ ।
आखिर तिम्रो घरमा कहिलेकाही मात्र बास हुदोरैछ
मैले पाठको पैसामा नाठोसङ्ग रङरास हुदोरैछ । 

धेरै पैसा कमाउने सपनामा आधी जीवन गयो 
यता छोराछोरीको सुख  हेर्द हेर्दै जीवन दुखैमा भयो ।
उता श्रीमतीलाई माया दिन नसक्दा उनी  अर्कैसङ गयो 
परदेशको जागिरले बुडेस्कालमा न यता न उता भयो ।

परदेशी हुनु मेरो बाध्यत थियो, रहरले होइन 
तिमीबाट ताडाहुनु मेरो करले होइन ।




Tuesday, October 28, 2014

“म्हेन्दोमाया” अभियान र गायिका रमला पाख्रीनको साङ्गीतिक यात्रा


Ramala 01“सबैले मलाई तिम्रो स्वर राम्रो छ । तिमी गीत गाउन सक्छौ, भन्थे । म पनि गीत गाउन भनेपछि हुरुक्कै भएर लाग्थेँ” गायिका रमला पाख्रीनले आफ्नो विगत सुनाउँदै भनिन्, “यो क्षेत्रमा लागेर केही गर्ने रहर मनभित्र थियो । निरन्तर लागिरहेँ । आज आफ्नो परिचय बनाउन सफल भएँ जस्तो लाग्छ ।”
हुन त रमलाले खुल्लारूपमा गीत सङ्गीतमा पाइला टेकेको १३ वर्ष भइसकेको छ । २०५८ सालतिर म्हेन्दोमाया युवा क्लबले म्हेन्दोमाया गीति एलवम निकाल्दाखेरि आफूले अवसर पाएको उनी सुनाउँछिन् । “गीत गाउने रहर त थियो नै, तर एलवममै गीत गाएपछि हिम्मत बढ्यो । मैले त्यतिखेर दुईटा एकल गीत गाएकी थिएँ । यसले मलाई ठूलो हौसला मिल्यो” रमलाले विगतका दिनहरूको सम्झना गरिन् ।
त्यही वर्षको सेरोफेरोमा राष्ट्रिय सभागृहमा भएको “फुलबारी सांस्कृतिक कार्यक्रममा योगिता मोक्तानलगायतसँग गीत गाउन पाउँदा थप उत्साहित भएको उनले बताइन् । यसले गीत सङ्गीतको क्षेत्रमा यात्रा अघि बढाउन उत्साह थपेको उनको भनाइ छ ।
रमलालाई सांस्कृतिक कार्यक्रमहरू असाध्यै मन पथ्र्यो । विद्यालयमा हुने हरेक सांस्कृतिक कार्यक्रमहरूमा उनी सहभागी हुन्थिन् । “आज त तिमीले निकै राम्रो गायौ नि” साथीहरूको प्रतिक्रिया सुनेर उनी दङ्ग पर्थिन् । उनको प्रतिभाबाट प्रभावित भएर सबैले उनलाई स्याबासी दिन्थे । “दसैं तिहारमा हुने सांस्कृतिक कार्यक्रम, अभिभावक दिवसमा मेरो सहभागिता अनिवार्य जस्तै हुन्थ्यो” रमलाले पुरानो सम्झना सुनाइन् ।
१३ वर्षको साङ्गीतिक यात्राको क्रममा रमलाले आफ्नो श्रोता तथा दर्शकलाई करियर र रमला नामको दुई वटा एलवम कोसेली स्वरुप ल्याइसकेकी छन् । “यी दुईटा एलवमले मलाई चिनाउन र साङ्गीतिक क्षेत्रमा अघि बढ्न राम्रो आधार प्रदान ग¥यो” रमला भन्छिन्, “श्रोताको मायाले गर्दा यो क्षेत्र छाड्न सक्दिन होला ।” पूर्ण रूपमा गीत सङ्गीतको फाँटमा होमिएकी रमलाले अहिलेसम्ममा सबै खालका गरी दुई सयभन्दा बढी गीतहरूमा आफ्नो स्वर दिइसकेकी छन् ।
अहिले पनि उनी विभिन्न एलवमहरूमा गीत गाउन व्यस्त छिन् । तत्काल नयाँ एलवम ल्याउने सोच नभए पनि हरेक दिन जस्तो गीतका लागि अफर आइरहेकोले उनलाई फुर्सद छैन ।
धादिङ, नुवाकोट, रसुवालगायत पश्चिमी जिल्लाका तामाङ गीत र लयहरू अझै सोचेजति आउन नसकेको रमलाको पनि बुझाइ छ । पहिले पहिलेभन्दा बिस्तारै आउने क्रम बढ्दो छ । तै पनि मिडियामा ठाउँ पाउन सकेको छैन । वास्तवमा पश्चिमका म्हेन्दोमाया गीतहरू तामाङ संस्कृतिकै एउटा अभिन्न पाटो हो । यो वास्तविकतालाई चिनाउन अहिले पश्चिमका कलाकारहरू लागिरहेका छन् । आफू पनि त्यही अभियानको एकजना पात्र रहेको उनी बताउँछिन् ।
कतिपय अवस्थामा अस्वस्थ प्रतिस्पर्धाले गर्दा समय र खर्चको सँगसँगै गीत सङ्गीतको गुणस्तर घटाउने काम भइरहेको उनको टिप्पणी छ । अब कस्तो गीत सङ्गीत गुणस्तरको भन्ने नै प्रश्न चिन्ह उठिसकेको उनको बुझाइ छ ।
धादिङ सत्यदेवी गाविसमा जन्मिएकी गायिका रमलाले साङ्गीतिक यात्राको क्रममा नेपालका बारा, काभ्रे, लमजुङ, रसुवा, नुवाकोट लगायतका जिल्लाहरूमा मात्र नभएर संयुक्त अरब इमिरेट्स् (युएई) को दुबई र कुवेतमा समेत आफ्नो प्रतिभा प्रस्तुत गरिसकेकी छन् । उनको साङ्गीतिक यात्रा सफल रहोस्, शुभकामना ।
साभार by  प्रतिक तामांग 
www.chhargongma.com

पुष्प वाईबाको घ्याम्पोको निङ्गार आउँदै

पुष्प वाईबाको घ्याम्पोको निङ्गार आउँदै

Pushpa Waiba

आफूलाई व्यावसायिक गायक भन्न नरुचाउने गायक पुष्प वाईबाको हालसम्ममा चारवटा एलवम बजारमा आइसकेका छन् । रोजगारीको सिलसिलामा कुवेतमा रहे पनि उनले आफ्नो गीतसङ्गीतप्रतिको रुचिलाई पटक्कै मर्न दिएका छैनन् । कुवैतको नेपाली समाज को हर स्टेज मा मेंदोमाया तथा बिभिन्न लोक गीतहरु गएर कुवैतको दर्सक स्रोताको मन जितना सफल गायक वाइबा यसपालीको छुट्टीमा पनि नेपाल आउँदा वाईबाले एउटा छुट्टै पृथक सांस्कृतिक पहिचान बोकेको एलवम घ्याम्पोको निङ्गार तयार गरी कुवेत फर्केका छन् ।
उनलाई यसपटक आफ्नो एलवममा नव गायिका रत्न मोक्तानले साथ दिएकी छन् । एलवमको मुख्य गीत “घ्याम्पोको निङ्गार सारैनी मीठो तीनपानी आअीराक भन्दा नी” बोलको गीतको म्यूजिक भिडियो बनाइएको छ ।
काठमाडौंको अति सुन्दर चोभार टौदह र उक्त छेत्रको सेरोफेरोमा छायाङ्कन गरिएको छ ।
च्यानल नेपाल टिभीको कार्यकारी निर्मार्ता सुलोचना थिङको निर्देशनमा निर्मित म्युजिक भिडियोमा तराई टिभीको विष्णु अधिकारीको टिम लाइटमा छन् । यसैगरी धन लामा योन्जनले छायाङ्कन गरेका छन् । यो गीतमा भर्खरै उदाएको नयाँ मोडल जोर्डन राज भण्डारी र सोनाम श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
घ्याम्पोको निङ्गारमा चर्चित गायक गायक आशुसेन लामाले सङ्गीत दिएका छन् । रामेछापको जम्भू ग्याबक लामाको शब्द रचना छ ।
नयाँ र पुराना गीतहरू समेटिएको पुष्प वाईबाको यो सेलो घ्याम्पोको निङ्गार एलवम तिहार लगत्तै बजारमा आउने बताइएको छ । लोकदोेहोरी गीतबाट गायन छेत्रमा उदाएका पुष्प वाईबाको घ्याम्पोको निङ्गार श्रोता दर्शकले कति मिठो मान्ने हुन्, हेर्न बाँकी छ ।                           
साभार छार गोङ्मा पत्रिका 
http://www.chhargongma.com 


बर्ष : २ अङक ५. २०७१ साल कार्तिक गते बुधबार त्रिशुली छाल साप्ताहिक पत्रिका









पञ्चमिलन स्कुलको सहयोगार्थ देउसी भैलो कार्यक्रम सम्पन्न

पुष्प वाइबा 
नुवाकोट दाङसिंग २ फलाटे 
हाल कुवैत 

जिम्मेवारी बोध भएको सचेत तथा शिक्षित अभिभावक, समर्पित योग्य तथा सक्षम शिक्षक र अनुशासित मेहनती विद्यार्थी भएपछि  सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा  सूधार आउनेछ यसैको उदहारण यास डांसिंग गाउ २ फलाटेका पञ्चमिलन निम्न मधमिक बिद्यालयका संपूर्ण मास्टर बर्ग, स्कुल ब्या ब्यबस्थापक समितिको पदधिकारीहरु,बुद्दिजीबी अभिभावक, बिद्यार्थी भाईबहिनीहरु, समाजसेबी बुवाहरु, स्कूलको  निजिस्रोतको मास्टरहरुलाई तालाब भत्ता खुवाउनको लागि रात नभनी भोख तिर्खा नभनी दिन रात तिहारको दिनहरुमा गाउ गाउ मा स्कूलको सहयोगार्थ स्वरुप देउसी भैलो खेल्दै स्कुल बचाउन तल्लीन छन, 
पञ्चमिलन स्कुलको सहयोगार्थ देउसी भैलो कार्यक्रम का संयोजक रत्न सुनार रहेका  थिए, "हामी हाम्रो गाउँको स्कुल बचाउनको लागि दिनरात  खटिरहेको छौ सरकार बाट हामीलाई दरबन्दी मास्टर नझरे सम्मा हामीलाई अली कस्ट हुनेछ तर पनि हामी दासिंगबासी हरु हाम्रो स्कुल लाई हामी जसरी भएपनि सहयोग गरेरै अगाडि बढाउने कुरा संयोजक ले हामीलाई बताउनु भयो।  देउसी भैलो मा दिनरात खतिरहने बिद्यार्थी भाईबहिनीहरु भन्छन " हाम्रो फलाटेको स्कुलको पढ़ाई राम्रो छ हामीले अन्य ठाउँहरुको पढ़ाई हेरेउ हामीले ८ कक्षा सम्मा आफ्नै गाउँमा  खाजा खाना खाएर पढ़न जाना सक्छौ तेसैले तपाईहरु देस बिदेश बाट पनि हाम्रो स्कूललाई चलाउने खर्च  पठाउँदै गर्नु होला अनि हामीले  सहयोग रकम गाउँमा देउसीभैलो गरेरै जुटाउछौ भन्दै भोकै भोकै अली ले चिउरा भटमास खदाई देउसीरे भन्दै अघि बढ्दै छन हाम्रो गाउका बिद्यार्थी भाई बहिनीहरू, स्कूलको अतिनै मेहनती सर्पित योग्य शिक्षकहरुको स्कूलको लागि यो खटाई  उदाहरणले हाम्रो गाउँको भबिस्या सिनिश्चित छ।  यसपालिको देउसीभैलो कार्यक्रमबाट जम्मा रु ७०,००० उठन सफल भएको कुरा हामीलाई छरमेंदो युवा समाजको अदक्ष सोम तामांग ले जानकारी दिनु भयो।  
शिक्षक तोया नाथ भानुहुन्छ "फलाटेमा  सबै जिम्मेवारी बोध भएको अभिभावकहरु छन जो हामीले जसरिनी स्कूललाई सहयोग गर्नु पर्छ हामीले नगरे कस्ले गर्छ" भन्ने भावनाहरु यस गाउँको अभिभावकहरुको मनमा छ  . 
आधूनिक शिक्षा गूणस्तारिय शिक्षा बलबलिकालाई दिलाउनका र पन्चमिलन निमाबि चलाउनका लागि देउसी भैलो कार्यक्रम आर्थिक साहयोग गर्ने आदरणिय गाउका संपूर्ण दाजूभाई दिदीबहिनीहरु र देउसी भैलोकार्यक्रममा रात दिन नभनिकान भोक नभनीकान दूखा गरी खट्ने शिक्षाकहरु तोय सर रामहरि सर र दूर्ग मिस बिस्णू सर पन्च मिलन स्कूलका आध्यक्ष बौडेलामा देउसी भैलो संयोजक रत्न सूनार लामाचौर बनका आध्यक्ष शेर बहादूर बाजे, साथ मा गाउका सबै दिदीबहिनी दाजूभाईहरुलाई हाम्रो दासिंग डटकम, छारमेंदो युवा समाज, र पञ्चमिलन स्कुल परिवारको  तर्फबाट हार्दिक धन्याबाद दिन चाहन्छौ। साथमा परदेस बाट हाम्रो स्कूललाई सहयोग गर्ने संपूर्ण दन्सिङ्ग बासी दाजुभाई तथा दिदिबहिनीहरुमा पनि बिशेस ध्यन्यबाद सहित भोलिको दिनमा पनि तपाईहरुको साथ र साहयोग आपेक्ष्य गर्दछू । 

यदि कोही महानुभाव बुद्दिजीबीहरु हाम्रो स्कूललाई सहयोग गर्न चाहनु हुन्छ भने कृपया स्कुल अदक्ष बौड़े लामा लाई यो मोबाईल नंबरमा सम्पर्क गरिदिनुहोला।  मोबाईल नम्बरहरु : +९७७९८१८१८२०१२, + ९७७१०६९२५२६, +९७७१६९११२२६, प्रवासमा पुष्प वाइबा लाई सम्पर्क गर्न सक्नुहुन्छ।  मोबाईल viber नं  +९६५ ६५००३९४०, अनि  मा सम्पर्क गरी यास स्कूललाई सहयोग गरी २ सय भन्दा बढ़ी जनजाति, दलित बर्गको छोरा छोरीहरुको भबिस्या निर्माणमा साथ मिल्नेछ।  धर्म गर्न मंदिर धाउनु पर्दैन मात्र दिन दुखी गरीबहरुको जीबनमा खुशियालीको मलम लगाईं पुन्ने कमाउ।  


बुध्दले भन्नु भएको छ - मुर्ख झगडा गर्छ, बन्न लागेको काम पनि बिगार्छ

 चन्द्र तामांग
 नुवाकोट त्रिशुली बाजार 

बुध्दले भन्नु भएको छ - मुर्ख झगडा गर्छ, बन्न लागेको काम पनि बिगार्छ । विद्दान सल्लाह गर्छ, बिग्रिन लागेको काम पनि सपार्छ । केही ग्रुपको एडमिन बताउने र विद्दान थान्नेहरुको गालीगलौजयुक्त कमेन्ट पढेर मलाई पनि छुच्चो बन्न मन लाग्यो है । केही स्वघोशित बुध्दिजिविहरुको बदलाभावको रिश, आरिश, अक्रोश, गाली र भेदभाव बढाउने कुरामा लागेर त स्थायि शान्ती आउछ जस्तो लाग्दैन । विद्दान ठान्नेहरुले नै शिश्टता र सभ्यता नखोजी अरुलाई असभ्य र अशिश्ट गाली गरी अन्धोभक्त र अन्धो विरोधी बन्न खोजेको देखिन्छ । समानवय, सह अस्तित्व, सहमति, सहकार्य र एकताको लागि बदला लिएर वा पालोपैचो तिरेर हुँदैन ।
धार्मिक साहिश्णुता, जातिय सदभाव र दलिय सहकार्य बिना देशको समस्या समाधान हुने छैन । शान्ती र बिकास पनि आउने छैन । त्यसको लागि सबै जाती, धर्म र दलहरुले एक अर्काको सह अस्तित्व स्विकार गरी समानताको आधारमा आपसी सम्मान, सहमति, सहकार्य, समझदारि, सहयात्रा र कार्यगत एकता कायम गर्न सक्नुपर्छ ।
विगतको पुर्खाहरुले गरेको गल्ती अब सुधार्नुपर्छ र सुध्रिनु पनि पर्छ । विगतमा पिडक र पीडित रहेको जाती र वर्ग उस्तै राखेर वा ठीक उल्टाएर पीडितअलाई पिडक र पिडकलाई चाँही पीडित बनाएर पनि समस्या समाधान र स्थायि शान्ती आउँदैन । अबको नेपाली समाजमा कोही पनि पिडक र् पीडित नरहने समावेशी र समतामुलक समाजको श्रीजना हुने काम र बातावरण सबै जाती र वर्गले बनाउन सक्नुपर्छ । विगतमा बाहुनहरुले आदिवासी जनजातिको टाउको माथि टेकेको थियो भनेर अहिले बाहुनको टाउको माथि आदिवासी जनजातिले टेक्न खोज्नु पनि समस्याको समाधान होइन । त्यो विवाद र समस्या बढाएर गृहयुध्द तिर धकेल्ने मुर्खता मात्रै हुनेछ ।
हामीले भन्नुपर्छ - हिजो जे भयो भयो, अब कुनैले पनि कुनैको टाउकोमा टेकेर भेदभाव, शोषन र दमन नगरौ । गर्नेलाई कडा कर्वाही गर्ने सन्यन्त्र बनाउ । कानुन बनाएर सहि कार्यन्वयन गरने तर्फ लागौ । महिला र पुरुष वा जाती र धर्म बिचमा कोही पनि पिडक र पीडित नहुने गरी राज्य सन्चालन गर्ने बाटो खोजौ । सबै मिलेर बस्न कुनै जातजाती, धर्मवलम्वी, भाशी, क्षेत्र, वर्ग र लिंग बिचमा उपेक्षा र भेदभाव नभएको तथा समानता भएको अनुभुती हुने बातावरण निर्माण गर्न लाग्नुपर्छ । हिजो हाम्रो बाजेहरुलाई पृथ्वी नारायण शाह लगायतको बाहुन छेत्रीहरुले नाक काटियो र मारेको ईतिहास छ भन्दैमा आज उसको सन्तानहरुलाइ बदला लिना खोज्नु र मार्न खोज्नु मानवता र बुध्दिमानी होइन । फेरी बाहुन छेत्रीले पनि विगतमा जस्तै हामी ठुलो र शाशक हौ भनी शोषन दमन र भेदभाव गर्न खोज्नु मुर्खता हुनेछ । मानवता र बुध्दिमानी होइन । सबै अाफ्नो स्थानबाट सच्चिन तयार हुनुपर्छ ।
केही मित्रहरु मुर्खता देखाउदै छ । कोही बदला लिना खोज्दै छ भने कोही विगतकै गल्तिहरु सुधार नगरि शोषन दमन र भेदभाव गरेर नै अघी बाध्न खोज्दै छ । यि दुबै थरी मुर्खता देखाउनेहारु वास्तविक देश द्रोही हो । सामाजिक अपराधी हो । सम्प्रदायिक सदभाव बिथोल्ने तत्व हो । देशलाई गृहयुध्द तिर लगेर बिखन्डनमा लैजाने देशघाती हो । यदी नेपालमा स्थायि शान्ती, बिकास र अखन्डा नेपाल चाहने हो भने एक पक्षले बादल लिने कुरा र गाली गर्न छोड्नु पर्छ । अर्को पक्षले भेदभाव, शोषन दमन र अहंता छोडि समानता ल्याउने कार्यमा साथ दिनुपर्छ ।

Friday, October 24, 2014

जाग्दै छन धादिंग नुवाकोट समाज यूके

साभार by  www.wenepali.com 

धादिङ र नुवाकोटबाट बेलायत आई बसोबास गरिरहेकाहरुको साझा संस्था धादिङ नुवाकोट समाज यूकेको नव निर्वाचित कार्य समितिको प्रथम बैठक सम्पन्न भएको छ । अध्यक्ष बम ब्लदेनको अध्यक्षता तथा सचिब धन तामांगको  संचालनमा स्थानीय ग्रेट गोर्खाज रेष्टुरेण्ट वेब्रिजमा सार्थक छलफल र भावी रणनीति तय गर्दै बैठक सम्पन्न भएको हो ।  बैठकमा स्वागत गर्दै नव निर्वाचित अध्यक्षले संस्थालाई राजनीति, धर्म र जातिय धंङधङीबाट टाढै राख्ने, आफ्नो कार्यकालमा संस्था संग आबद्ध साथीहरुको भावना बुझेर काम गर्ने तथा जिल्लामा केही सृजनशिल कामहरु गर्न अग्रसर रहने प्रतिबद्धता ब्यक्त गर्दै गर्न सबैमा अनुरोध गरे । बैठकमा निवर्तमान अध्यक्ष रामबहादुर वाईवाले आफ्नो कार्यकालमा भए गरेका कामको सबिस्तार जानकारी र सजिला तथा अप्ठ्यारा पक्षहरुलाई बिष्लेशणात्मकरुपमा राखेका थिए ।बैठकमा संस्थाको बिगतको कार्य समितिले नवनिर्वाचित समितिलाई आफ्नो कार्यभार हस्तान्तरण समेत गरेको थियो । पूर्ब कोषाध्यक्ष रबिन्द्र गुरुङले नवनिर्वाचित कोषाध्यक्ष गोल बहादुर तामाङलाई संस्थाको जिन्सी तथा नगद हस्तान्तरण गरे  भने निवर्तमान अध्यक्ष रामबहादुर वाईबाले बर्तमान अध्यक्ष बम ब्लदेनलाई संस्थाको माईन्युट हस्तान्तरण गरेका थिए ।

बैठकमा आगामी बर्ष गरिने संभावित कामहरुको प्रस्ताब गर्दै अध्यक्षले निकट भबिश्यमै संस्थामा एक आपतकालिन राहत कोष स्थापनार्थ  च्यारीटी कार्यक्रम आयोजना गर्ने योजना सुनाए । सदस्यहरु तथा संस्थासंग प्रत्यक्ष अप्रत्यक्ष सम्बन्ध रहेका मित्रजनहरुलाई भैपरि आउने आपत्कालिन अवस्थामा केहि सहयोग गर्न सकिने हेतुले यस कोषको संचालन गरिने प्रस्ताब सुझाब समेत पास गरियो । त्यस्तै नेपालमा हुने राष्ट्रिय बिपदमा समेत सहयोग गर्न संस्था संधै तत्पर र कृयाशिल हुने बारे सबैलाई अवगत गराइएको थियो ।
नेपाल तथा बेलायतको राष्ट्रिय चाडहरु दशै-तिहार, नयां बर्ष, क्रिशमस तथा लोह्सारको अवसर पारेर डिसेम्बरमा  एक पारिवारिक भेटघाट तथा पुनर्मिलन कार्यक्रम आयोजना गर्ने प्रस्ताब सर्बसम्मतिले अनुमोदन गरिएको छ । । जुनमा बार्षिक साधारण सभा तथा अगष्टमा समर भेटघाट गर्ने प्रस्ताबलाई बैठकले सर्बसम्मतिले अनुमोदन गर्दै थप रचनात्मक सोचलाई बैठले पछि पनि अनुसरण गर्ने निर्णय भएको छ ।
बैठकमा सल्लाहकारहरु नर बहादुर घले, यम घले, रामशरण सिमखडा, संस्थापक अध्यक्ष नारायण गुरुङ, प्रकाश गुरङ लगायतले संस्थालाई पारदर्शी, समाबेशी तथा गतिशिल बनाउन विभिन्न सुझाब दिदै धादिङ र नुवाकोट बासीहरुको साझा र कृयाशिल संस्थाको रुपमा बिकास गर्न आ-आफ्नो तर्फबाट कार्य समितिलाई सक्दो सहयोग गर्ने वचन वद्धता समेत व्यक्त गरेका थिए ।
सो बैठकमा उपाध्यक्ष तुल बहादुर तामाङ, अशोक भण्डारी, मिरा तामाङ, देबी गुरुङ, बिर बहादुर पाख्रिन, दल बहादुर गुरुङ , मेष पाख्रीन , सानु गुरुङ मिन बहादुर घले लगायत समाजका पदाधिकारीहरु  र आमा समूहको उपस्थिति थियो । बैठकको अन्तमा उक्त रेष्टुरेण्टका संचालक दिलाल तामाङलाई स्वादिष्ट भोजनको लागि धन्यबाद समेत दिइयो ।

नुवाकोटको बेलकोटमा दुर्घटनाग्रस्त

साभार फेसबुक बाट 

नेपालको सवारी यात्रा यमपुरीको जात्रा भने झै हाम्रो नेपालमा प्राय दैनिक हर जिल्लामा जोखिम पूर्ण यात्रा गर्न बाध्य बनाएर यात्री महानुभावहरुलाई यात्रा गराउने गरिन्छ।  अझ चाड पर्वाहरुमा त हर बस मा यात्रीहरु छाड़मा भरी आणि भित्र भरी साथमा झुन्डिएर यात्रा गर्नु पर्ने अवस्था छ।  गाडीवालालै मान्छेको ज्यांको मतलब छैन मात्र पैसा कमाउनु पाये भयो। बस ब्यबसाय संघहरुलाई पनि यात्रीहरुको लागी सूरछ्या यात्राको बारेमा कुनै नियम कानून छैना।  जसको  भक्ति भने झै जे गरेपनि पाइन्छ हाम्रो नेपालमा अनि कहाँ नहोस दुर्घटना दसै तिहारको बेलामा यस्तो घटना घट्नु भनेको हामी सबैको लागि दुखको कुरा हो।  बहिनी दिदीको हातबाट तिहारको टिका लगाउनु अघि आजको यो खबर सुन्दा कस्लाई दुख लाग्दैन र ?
नुवाकोटको बेलकोटमा दुर्घटनाग्रस्त हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक विदेशी नागरिकसमेत छन् । घटनास्थलमा ८ जनाको शव भेटिए पनि उनीहरुको सनाखत हुन सकेको छैन् । काठमाडौंबाट रसुवा जाँदै गरेको बा२ख २२६६ नम्बरको बस बेलकोट गाविस ५ को टीगाउँस्थित अार्कोटे भीरबाट खसेकाे हाे ।
तीन दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तिहारको लागि घर जाँदै गरेका यात्रुले भरिएको बस सडकबाट करिब १०० मिटर तल खसेको हाे ।घटनास्थलमा पुगेकाे प्रहरीको टोली र स्थानीयबासीले घाइतेहरुकाे उद्दार गरिरहेका छन् । दु्र्घटनाको थप विवरण आउन बाँकी छ। दशैं र तिहारमा सडक अत्याधिक व्यस्त हुने भएकाले दुर्घटना हुने क्रम बढेको छ । 
दशैं वरपर भएको दुर्घटनामा मात्रै एकसय ३८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दन्सिङ्ग खबर परिवारको तरफबाट हार्दिक समबेदना साथमा घाइते हरुमा शीघ्र स्वास्थ्य लाभको कामना।  

Wednesday, October 22, 2014

इतिहासिक पर्यटक छेत्र बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा र बन झाक्री दहा

नुवाकोट दाङ्सिंग बुधसिंग डाडा सेरोफेरोको अबलोकन गरौ ! लोंगै राह, लोंगै गुफा, र बुधसिंग गुफा को रमणीय आचर्यचकित  प्राकृतिक सुन्दरता को मनोरम द्रिस्याहरु बिस्वमा पुराऊ, आतंरिक तथा बाह्र्य पर्यटक हरु दाङ्सिंगमा भित्राऊ ! दाङ्सिंगको आर्थिक साँस्कृतिक सामाजिक बिकासमा टेवा पुराऊ।  छारमेंदो युबा समाज फलाटेका सम्पूर्ण युवा युवक्तिहरु एकजुट भई यी ऐतिहासिक  लोंगै राह, लोंगै गुफा, र बुधसिंग गुफाको संरक्षान, सम्मर्दन, र जगेर्ना गरौ। पुष्प वाइबा तामांगको  दाङ्सिंग बिकासमा देखेको सपना यदी हामी सबै एकजुट भई लाग्ने हो भने बस्ताबमा पर्यटक छेत्र बनाउन सक्छौ  । 

यसपालिको छोटो छुट्टीको पुष्प वाईबा को यात्रा दैनिकी 

नुवाकोट जिल्लाको दाङसिंग २ फलाटेमा अवस्थित इतिहासिक पर्यटक छेत्र  बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा र बन झाक्री दहा (लोंगे राह ) अनि साथमा रहेको बन झाक्री गुफा (लोंगे राह) को ३ वाइबा दाजुभाईको यात्रा अबलोकन तस्बिरहरु  
भदौको २७ गतेको मेरो यात्रा बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा को अबलोकन गर्ने थियो २६ गतेको मेरो एकल साँझ प्रोग्राम को दोस्रो दिन मलाई एकचोटी बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा हेर्ने चासो बड़ेउ।  सबैले त्यहाँको गुफा बाट भित्र पसेउ भने अन्तै गाउँमा पुग्छरे कुखुराहरु बासेको आवाज सुनिन्छरे, कोही गाउले मेमेहरु भन्छन त्यहाँ बाघ भालु बस्छन् रे भनेर मैले सानै देखि सुन्दै आको छु।  

मैले कतार साउदी, कुवैत, दुबई, बहरेयन, इण्डिया घूमे अनि नेपालको पुर्बा पश्चिम घूमे, तर आफ्नो गाउँमा चमत्कार गुफा छ भनेर सुन्दा पनि हेरेको थिएन अनि बरु माइला बाजे "फैसिंग वाइबा तामांग" को ३ छोरा साईला , काइला, र कान्छाको छोरा, पुष्प, प्रनिल, र ससिन्द्र ३ भाईले आजाको दिन बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफाहरुको अबलोकन गर्ने बिचार गरी थोँठोङ्ग गंग बाट सीधा मेरो गोठ पाना गंग हुदै हामी बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा को पहाड़ चढ़न थालेउ, 
बुधसिंग डाडाको काखमा मैले बाल्याकालमा बिताईएको बाजे फैसिंग तामांग को ४०/५० वता गाई बस्तु रहने गोठ मात्र अवशेषको रुपमा भत्किएको गारो मात्र देख्दा मलाई एकछिन स्वर्गीय ;मेमेलाई समझिएर मन स्तब्ध भये।  हामी ३ भाई बिस्तारै मेमेको गोठ हुदै बास्को झांग नजिक बाट बुधसिंग पहिलो  डाडा को अबलोकन गर्न दाजुभाई भिरको बाटो तिर पाइला बड़ायौ,
बरु बाजे फैसिंग गोठ हुदै २० मिनटको यात्रा गरी पहिलो बुधसिंग डाडा मा अवस्थित पहिलो बुधसिंग डाडाको सुन्दर पहाड़को ढुंगालाई स्पर्स गर्दै अचम्म दूंगा झरन लागेको तर सदियौ युग देखि आडेर बसेको अचम्मा ढुँगामा बसी हाम्रो दांगसिंग फलाटे गाउँको सुन्दर द्रिस्य साथै दांगसिंग जप्पर चौर,

दन्सिङ्ग गाउ को कोदो, मकै धान को साथमा अतिनै हरियाली द्रिस्यहरु लाई क्यामरा मा कैद गर्दै पहिलो बुधसिंग डाडाको अबलोकन ठूलो बिशाल ढुंगाको पहरा साथमा पहरामा उम्रेको पीपलको बोट को  सदाको लागि  मन भित्र सधैंको लागि कैद गरे।
हामी ३ दाजुभाई को गुफा यात्रामा आफूसँग एउटा डोरी र २ वटा मोबाईल क्यामरा बाहेक अरु कुनै सामग्री थिएन जून पहाड़ चढ़न प्रयोग गर्नु पार्थेउ।  हामी एकदम खुसी थियौ ३ भाई आफ्नै दुनियमा टेन्सन बिना निर्धक्का पहाड़ चढ्दै पहिलो पहाड़ पछि 

हामी हाम्रो गुफा खोज्ने क्रममा दोस्रो बुधसिंग पहाड़ जाने निधो गरी ३ दाजुभाई दोस्रो पहाड़ तिर  लागेउ, त्यही पहाड़को पुर्बा पट्टीको १० मिनेटको जंगल पहरा झाड़ीको भित्रबाट यात्रा गरेसी हामी दोस्रो बुधसिंग पहाड़ पुगेउ हामीले गुफा भेट्नु को साटो भगवान सिनेभूमि को पूजा गरेर छाडेको भगवानको थान पुगे साथै दोस्रो बुधसिंग डाडामा पनि पहरामाथि पीपलको बोटको जरा ले भगवान थान सम्मा फैलिएको थिए,अचम्मको पहरा देखे जून पहरा बाट पानीको थोपाहरु निरन्तर झरिरहेको थिए, गाउ का स्थानीय बुढ़ापाकाहरु भन्छन गाउँमा पानी परेन भने, यो भगवान थानमा लोकल कुखरको २ अण्डा र दूत चढाएर पूजा गरेपछि गाउँमा पानी पर्छरे, साथै  गाउँमा  पसु प्राणिको धेरै मिर्त्यु भयो भने यहाँ पूजा गरेपछि मृत्यु हुनबाट जोगाउछ रे, र आधि, हुरी बतास, बाड़ी पैरो बाट धन ज्यान को क्षती हुनबाट बचाउछ भन्ने यहाँको बुढ़ापाकहरुको किबदन्ती छ।  त्यसैले हरेक सालको मंसिर मा यो डाडामा गाउकै
लामा बोनबो हरु मेलेर पुजा आजा गरिन्छ।
हामीले दोस्रो बुधसिंग डाडाको सुन्दर रमणीय दृस्यहरुको अबलोकन पछि त्यहाँको सिनेभूमि देबिथानको देबीथान माथि पहरको पीपलको बोट अनि पानी झरिरहेको ढुङ्गाको फोटोहरु मोबाईल कामेरामा खिच्दै ३ दाजुभाई अब दोस्रो बुधसिंग डांडा पार गर्दै गुफा खोज्न अर्को पहाड़ जाने बाटो ततायौ, पहराको ढुंगाओ आड़ लिदै साथमा पहरमा उम्रेको बाबियोको साथ लिदै हामी ३ दाजुभाई हाम्रो बुधसिंग गुफा नजिक पुगिसकेको थियौ। 

३ वाइबा दाजुभाईको साहसिक कामको मूल्याङ्कन एक अपासमा  गर्दै रमाइलो कुराकानी गर्दै कहिले लड्दै कहिले हास्दै पुष्प प्रनिल र सशिन्द्र गुफा को यात्रामा अघि उकालो चढ्दै गुफा खोज्दै जाने क्रममा शशीन्द्र ले भनेउ " उ पुष्प दाई हाम्रो गुफा देखेउ पकै हाम्रो गुफा त्यहा हुनुपर्छ " मैले भाई तिम्रो मुखमा गाइको दूधभात जाओस भने अन्य बुट्टा रूखको हंगाहरु सामात्दै जादा हामी बुधसिंग गुफाको गेटमा पुगे,
गेट हामीले बनाको होईन प्रकृतिले नै बनाएको एउटा रूखको हांगा ढल्कीएर गेट जस्तो बनेको छ। गुफाको मुखमा सुनगाभा को लहर रा फुलले  ढाकेको छ मैले उक्ता सुनगाभा देख्ने गरी फलाटे गाउँको सुन्दर तस्बिर लिए।  अब गुफा त देखे तर को जाने त पहेला अब भाइहरुलाई पठाउनु त भएन यसै पनि गुफाभित्र पानी पानी चुहियेर पूरै चिप्लो थियो साथै कालो कालो लेउ थियो गुफाभित्रको ढुंगा पत्थरहरु पनि पानीले गर्दा ढुङ्गाको कलर नै भिन्नै प्रकारको सेतो सेतो भएर टाल्केको थियो।  गुफा भित्रको चारै तिरको तस्बिर लिए पछि मैले भाइहरुलाई भने ल सबै भन्दा जेठो म अब गुफा भित्र म पहेले जान्छु तिमीहरुले तलबाट फोटो खिच्दै गर्नु भनि बुधसिंग गुफा को यात्रा मैले सबै भगवान लाई सम्झी प्रार्थना गरी गुफाको प्रस्थान गरे लगभग १० मीटर को गुफा यात्रा पछि एउटा उज्यालो प्रकाश आएको ठाउँमा पुगेउ  उक्त गुफा भित्रको दाया बाया पट्टी को गुफा सानो
आकार भएकोले म छिर्न असमर्थ भए मेरो यात्रा लगभग १० मीटर सम्मको रमाइलो गुफा यात्रा गरे जहां लगभग १ फुटको गोलाईको दुलो देखे, जून दुलो बुधसिंग डाँडाको शिरमा पुग्न सकिन्छ।  मैले कोसिस गरे त्यस दुलोबाट बहिर निस्कने तर मेरो सरीर अरबको बोइलर चिकेन खाको बडी छिरौन सकेन,  दुलोमा छिर्न असमर्थ भये पछि अर्को पटक उक्त दुलो कोदालोले खनेर ठूलो बनाई छिर्ने मेरो चाहना को साथमा मोबाइल बाट जुम गरी उज्यालो दुलोको तस्बिर खिची म गुफा बाट फर्के।  अनि ३ दाजुभाई संग भबिस्यामा हामीले यो गुफालाई यो हाम्रो यात्रा लाई बिस्वा सामु चिनाउनु पर्छ अनि हाम्रो गाउँलाई एक पर्यटक छेत्र घोषणा गराई गाउँमा डलरको खेती गर्नु पर्छ, यो काममा तिमी हामी फलाटे को युवायुवाक्तिहरू नै अघि बढेर गर्नु पर्छ।  तामांगको कला संस्कृति हामीले सबैलाई देखाउनु पर्छ भन्दै ३ दाजुभाई को गुफलाई छोड़ी गुफा माथिको  बुधसिंग गुफा शिर सम्म सफल आरोहण गर्ने लक्क्ष लिएर फेरी आफै बाटो बनाउदै रूखको हांगा लाई सामात्दै हामी हाम्रो दाङसिंग को शिर इतिहासिक बुधसिंग गुफा शिर (बुधसिंग डाडा शिर ) फलाटे चुली पुग्न सफल भयौ।
अब बुधसिंग शिर (फलाटे चुली) मा यात्रा पछि थकाई मेट्ना प्राकृतिक सोफ़ा भेंटेउ जून सोफामा अरामले थकाई मारन सकिन्छ।  तर सोफ़ा भन्नाले गरु रूखको सीधा परेको २ वटा हांगा छ जुन एउटा माथिबाट अर्को तलबाट तेरसिएको छ मायाको जोड़ीहरु मजाले बसेर फोटो खीचना सकिन्छ हामी दाजुभाई रमाउदै फलाटे चुली मा अरामले स्वस्छ हावा शीतल खादै आराम गरे। अनि बुधसिंग डाडा शिर (फलाटे चुली) बाट दांगसिंग गाउ बिकास समितिको गाउँहरुको साथमा दक्षिण तर्फको जिलिंग तरुका भन्ज्यांग खर्क, को साथमा राणीपौवा मथिको सुन्दर पहाड़ खोला नाला को साथमा सुन्दर मानब बस्तीहरु को रमणीय दृस्यहरु हेर्न पाइन्छ। यात्रा को क्रम जारी छ अझै बुधसिंग डाडा जहां जात्रा गरिन्छ अनि लोगै रहा पोखरी र बन झाक्री गुफा  जहाँ आध्यारो भित्र बत्ती बलेको अचम्मको डरलाग्दो बन झाकरी गुफा भित्रको हामी ३ वाइबा दाजुभाई को अबलोकन यात्रा को तस्बिरहरु अझै पछि क्रमसँ देखाउने छु यहाहरुलाई ..........यात्रा बाकी छ मान्छे लागेको डरलाग्दो बन झाक्री गुफा (तामांग भाषामा लोंगई राह )  को तस्बिरहरु अझै अपलोड गर्नेछु।  जहाँ गुभा को अँध्यारो भित्र पनि उज्यालो बत्ती बालेरहेको छ जुन बत्तीको तस्बिर मैले खिचेर ल्याएको छु ।