Tuesday, October 28, 2014

पञ्चमिलन स्कुलको सहयोगार्थ देउसी भैलो कार्यक्रम सम्पन्न

पुष्प वाइबा 
नुवाकोट दाङसिंग २ फलाटे 
हाल कुवैत 

जिम्मेवारी बोध भएको सचेत तथा शिक्षित अभिभावक, समर्पित योग्य तथा सक्षम शिक्षक र अनुशासित मेहनती विद्यार्थी भएपछि  सरकारी विद्यालयको शैक्षिक गुणस्तरमा  सूधार आउनेछ यसैको उदहारण यास डांसिंग गाउ २ फलाटेका पञ्चमिलन निम्न मधमिक बिद्यालयका संपूर्ण मास्टर बर्ग, स्कुल ब्या ब्यबस्थापक समितिको पदधिकारीहरु,बुद्दिजीबी अभिभावक, बिद्यार्थी भाईबहिनीहरु, समाजसेबी बुवाहरु, स्कूलको  निजिस्रोतको मास्टरहरुलाई तालाब भत्ता खुवाउनको लागि रात नभनी भोख तिर्खा नभनी दिन रात तिहारको दिनहरुमा गाउ गाउ मा स्कूलको सहयोगार्थ स्वरुप देउसी भैलो खेल्दै स्कुल बचाउन तल्लीन छन, 
पञ्चमिलन स्कुलको सहयोगार्थ देउसी भैलो कार्यक्रम का संयोजक रत्न सुनार रहेका  थिए, "हामी हाम्रो गाउँको स्कुल बचाउनको लागि दिनरात  खटिरहेको छौ सरकार बाट हामीलाई दरबन्दी मास्टर नझरे सम्मा हामीलाई अली कस्ट हुनेछ तर पनि हामी दासिंगबासी हरु हाम्रो स्कुल लाई हामी जसरी भएपनि सहयोग गरेरै अगाडि बढाउने कुरा संयोजक ले हामीलाई बताउनु भयो।  देउसी भैलो मा दिनरात खतिरहने बिद्यार्थी भाईबहिनीहरु भन्छन " हाम्रो फलाटेको स्कुलको पढ़ाई राम्रो छ हामीले अन्य ठाउँहरुको पढ़ाई हेरेउ हामीले ८ कक्षा सम्मा आफ्नै गाउँमा  खाजा खाना खाएर पढ़न जाना सक्छौ तेसैले तपाईहरु देस बिदेश बाट पनि हाम्रो स्कूललाई चलाउने खर्च  पठाउँदै गर्नु होला अनि हामीले  सहयोग रकम गाउँमा देउसीभैलो गरेरै जुटाउछौ भन्दै भोकै भोकै अली ले चिउरा भटमास खदाई देउसीरे भन्दै अघि बढ्दै छन हाम्रो गाउका बिद्यार्थी भाई बहिनीहरू, स्कूलको अतिनै मेहनती सर्पित योग्य शिक्षकहरुको स्कूलको लागि यो खटाई  उदाहरणले हाम्रो गाउँको भबिस्या सिनिश्चित छ।  यसपालिको देउसीभैलो कार्यक्रमबाट जम्मा रु ७०,००० उठन सफल भएको कुरा हामीलाई छरमेंदो युवा समाजको अदक्ष सोम तामांग ले जानकारी दिनु भयो।  
शिक्षक तोया नाथ भानुहुन्छ "फलाटेमा  सबै जिम्मेवारी बोध भएको अभिभावकहरु छन जो हामीले जसरिनी स्कूललाई सहयोग गर्नु पर्छ हामीले नगरे कस्ले गर्छ" भन्ने भावनाहरु यस गाउँको अभिभावकहरुको मनमा छ  . 
आधूनिक शिक्षा गूणस्तारिय शिक्षा बलबलिकालाई दिलाउनका र पन्चमिलन निमाबि चलाउनका लागि देउसी भैलो कार्यक्रम आर्थिक साहयोग गर्ने आदरणिय गाउका संपूर्ण दाजूभाई दिदीबहिनीहरु र देउसी भैलोकार्यक्रममा रात दिन नभनिकान भोक नभनीकान दूखा गरी खट्ने शिक्षाकहरु तोय सर रामहरि सर र दूर्ग मिस बिस्णू सर पन्च मिलन स्कूलका आध्यक्ष बौडेलामा देउसी भैलो संयोजक रत्न सूनार लामाचौर बनका आध्यक्ष शेर बहादूर बाजे, साथ मा गाउका सबै दिदीबहिनी दाजूभाईहरुलाई हाम्रो दासिंग डटकम, छारमेंदो युवा समाज, र पञ्चमिलन स्कुल परिवारको  तर्फबाट हार्दिक धन्याबाद दिन चाहन्छौ। साथमा परदेस बाट हाम्रो स्कूललाई सहयोग गर्ने संपूर्ण दन्सिङ्ग बासी दाजुभाई तथा दिदिबहिनीहरुमा पनि बिशेस ध्यन्यबाद सहित भोलिको दिनमा पनि तपाईहरुको साथ र साहयोग आपेक्ष्य गर्दछू । 

यदि कोही महानुभाव बुद्दिजीबीहरु हाम्रो स्कूललाई सहयोग गर्न चाहनु हुन्छ भने कृपया स्कुल अदक्ष बौड़े लामा लाई यो मोबाईल नंबरमा सम्पर्क गरिदिनुहोला।  मोबाईल नम्बरहरु : +९७७९८१८१८२०१२, + ९७७१०६९२५२६, +९७७१६९११२२६, प्रवासमा पुष्प वाइबा लाई सम्पर्क गर्न सक्नुहुन्छ।  मोबाईल viber नं  +९६५ ६५००३९४०, अनि  मा सम्पर्क गरी यास स्कूललाई सहयोग गरी २ सय भन्दा बढ़ी जनजाति, दलित बर्गको छोरा छोरीहरुको भबिस्या निर्माणमा साथ मिल्नेछ।  धर्म गर्न मंदिर धाउनु पर्दैन मात्र दिन दुखी गरीबहरुको जीबनमा खुशियालीको मलम लगाईं पुन्ने कमाउ।  


0 comments:

Post a Comment