साभार फेसबुक बाट
नेपालको सवारी यात्रा यमपुरीको जात्रा भने झै हाम्रो नेपालमा प्राय दैनिक हर जिल्लामा जोखिम पूर्ण यात्रा गर्न बाध्य बनाएर यात्री महानुभावहरुलाई यात्रा गराउने गरिन्छ। अझ चाड पर्वाहरुमा त हर बस मा यात्रीहरु छाड़मा भरी आणि भित्र भरी साथमा झुन्डिएर यात्रा गर्नु पर्ने अवस्था छ। गाडीवालालै मान्छेको ज्यांको मतलब छैन मात्र पैसा कमाउनु पाये भयो। बस ब्यबसाय संघहरुलाई पनि यात्रीहरुको लागी सूरछ्या यात्राको बारेमा कुनै नियम कानून छैना। जसको भक्ति भने झै जे गरेपनि पाइन्छ हाम्रो नेपालमा अनि कहाँ नहोस दुर्घटना दसै तिहारको बेलामा यस्तो घटना घट्नु भनेको हामी सबैको लागि दुखको कुरा हो। बहिनी दिदीको हातबाट तिहारको टिका लगाउनु अघि आजको यो खबर सुन्दा कस्लाई दुख लाग्दैन र ?

तीन दर्जन यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तिहारको लागि घर जाँदै गरेका यात्रुले भरिएको बस सडकबाट करिब १०० मिटर तल खसेको हाे ।घटनास्थलमा पुगेकाे प्रहरीको टोली र स्थानीयबासीले घाइतेहरुकाे उद्दार गरिरहेका छन् । दु्र्घटनाको थप विवरण आउन बाँकी छ। दशैं र तिहारमा सडक अत्याधिक व्यस्त हुने भएकाले दुर्घटना हुने क्रम बढेको छ ।
दशैं वरपर भएको दुर्घटनामा मात्रै एकसय ३८ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा दन्सिङ्ग खबर परिवारको तरफबाट हार्दिक समबेदना साथमा घाइते हरुमा शीघ्र स्वास्थ्य लाभको कामना।
0 comments:
Post a Comment