Wednesday, October 22, 2014

इतिहासिक पर्यटक छेत्र बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा र बन झाक्री दहा

नुवाकोट दाङ्सिंग बुधसिंग डाडा सेरोफेरोको अबलोकन गरौ ! लोंगै राह, लोंगै गुफा, र बुधसिंग गुफा को रमणीय आचर्यचकित  प्राकृतिक सुन्दरता को मनोरम द्रिस्याहरु बिस्वमा पुराऊ, आतंरिक तथा बाह्र्य पर्यटक हरु दाङ्सिंगमा भित्राऊ ! दाङ्सिंगको आर्थिक साँस्कृतिक सामाजिक बिकासमा टेवा पुराऊ।  छारमेंदो युबा समाज फलाटेका सम्पूर्ण युवा युवक्तिहरु एकजुट भई यी ऐतिहासिक  लोंगै राह, लोंगै गुफा, र बुधसिंग गुफाको संरक्षान, सम्मर्दन, र जगेर्ना गरौ। पुष्प वाइबा तामांगको  दाङ्सिंग बिकासमा देखेको सपना यदी हामी सबै एकजुट भई लाग्ने हो भने बस्ताबमा पर्यटक छेत्र बनाउन सक्छौ  । 

यसपालिको छोटो छुट्टीको पुष्प वाईबा को यात्रा दैनिकी 

नुवाकोट जिल्लाको दाङसिंग २ फलाटेमा अवस्थित इतिहासिक पर्यटक छेत्र  बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा र बन झाक्री दहा (लोंगे राह ) अनि साथमा रहेको बन झाक्री गुफा (लोंगे राह) को ३ वाइबा दाजुभाईको यात्रा अबलोकन तस्बिरहरु  
भदौको २७ गतेको मेरो यात्रा बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा को अबलोकन गर्ने थियो २६ गतेको मेरो एकल साँझ प्रोग्राम को दोस्रो दिन मलाई एकचोटी बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा हेर्ने चासो बड़ेउ।  सबैले त्यहाँको गुफा बाट भित्र पसेउ भने अन्तै गाउँमा पुग्छरे कुखुराहरु बासेको आवाज सुनिन्छरे, कोही गाउले मेमेहरु भन्छन त्यहाँ बाघ भालु बस्छन् रे भनेर मैले सानै देखि सुन्दै आको छु।  

मैले कतार साउदी, कुवैत, दुबई, बहरेयन, इण्डिया घूमे अनि नेपालको पुर्बा पश्चिम घूमे, तर आफ्नो गाउँमा चमत्कार गुफा छ भनेर सुन्दा पनि हेरेको थिएन अनि बरु माइला बाजे "फैसिंग वाइबा तामांग" को ३ छोरा साईला , काइला, र कान्छाको छोरा, पुष्प, प्रनिल, र ससिन्द्र ३ भाईले आजाको दिन बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफाहरुको अबलोकन गर्ने बिचार गरी थोँठोङ्ग गंग बाट सीधा मेरो गोठ पाना गंग हुदै हामी बुधसिंग डाडा मा अवस्थित बुधसिंग गुफा को पहाड़ चढ़न थालेउ, 
बुधसिंग डाडाको काखमा मैले बाल्याकालमा बिताईएको बाजे फैसिंग तामांग को ४०/५० वता गाई बस्तु रहने गोठ मात्र अवशेषको रुपमा भत्किएको गारो मात्र देख्दा मलाई एकछिन स्वर्गीय ;मेमेलाई समझिएर मन स्तब्ध भये।  हामी ३ भाई बिस्तारै मेमेको गोठ हुदै बास्को झांग नजिक बाट बुधसिंग पहिलो  डाडा को अबलोकन गर्न दाजुभाई भिरको बाटो तिर पाइला बड़ायौ,
बरु बाजे फैसिंग गोठ हुदै २० मिनटको यात्रा गरी पहिलो बुधसिंग डाडा मा अवस्थित पहिलो बुधसिंग डाडाको सुन्दर पहाड़को ढुंगालाई स्पर्स गर्दै अचम्म दूंगा झरन लागेको तर सदियौ युग देखि आडेर बसेको अचम्मा ढुँगामा बसी हाम्रो दांगसिंग फलाटे गाउँको सुन्दर द्रिस्य साथै दांगसिंग जप्पर चौर,

दन्सिङ्ग गाउ को कोदो, मकै धान को साथमा अतिनै हरियाली द्रिस्यहरु लाई क्यामरा मा कैद गर्दै पहिलो बुधसिंग डाडाको अबलोकन ठूलो बिशाल ढुंगाको पहरा साथमा पहरामा उम्रेको पीपलको बोट को  सदाको लागि  मन भित्र सधैंको लागि कैद गरे।
हामी ३ दाजुभाई को गुफा यात्रामा आफूसँग एउटा डोरी र २ वटा मोबाईल क्यामरा बाहेक अरु कुनै सामग्री थिएन जून पहाड़ चढ़न प्रयोग गर्नु पार्थेउ।  हामी एकदम खुसी थियौ ३ भाई आफ्नै दुनियमा टेन्सन बिना निर्धक्का पहाड़ चढ्दै पहिलो पहाड़ पछि 

हामी हाम्रो गुफा खोज्ने क्रममा दोस्रो बुधसिंग पहाड़ जाने निधो गरी ३ दाजुभाई दोस्रो पहाड़ तिर  लागेउ, त्यही पहाड़को पुर्बा पट्टीको १० मिनेटको जंगल पहरा झाड़ीको भित्रबाट यात्रा गरेसी हामी दोस्रो बुधसिंग पहाड़ पुगेउ हामीले गुफा भेट्नु को साटो भगवान सिनेभूमि को पूजा गरेर छाडेको भगवानको थान पुगे साथै दोस्रो बुधसिंग डाडामा पनि पहरामाथि पीपलको बोटको जरा ले भगवान थान सम्मा फैलिएको थिए,अचम्मको पहरा देखे जून पहरा बाट पानीको थोपाहरु निरन्तर झरिरहेको थिए, गाउ का स्थानीय बुढ़ापाकाहरु भन्छन गाउँमा पानी परेन भने, यो भगवान थानमा लोकल कुखरको २ अण्डा र दूत चढाएर पूजा गरेपछि गाउँमा पानी पर्छरे, साथै  गाउँमा  पसु प्राणिको धेरै मिर्त्यु भयो भने यहाँ पूजा गरेपछि मृत्यु हुनबाट जोगाउछ रे, र आधि, हुरी बतास, बाड़ी पैरो बाट धन ज्यान को क्षती हुनबाट बचाउछ भन्ने यहाँको बुढ़ापाकहरुको किबदन्ती छ।  त्यसैले हरेक सालको मंसिर मा यो डाडामा गाउकै
लामा बोनबो हरु मेलेर पुजा आजा गरिन्छ।
हामीले दोस्रो बुधसिंग डाडाको सुन्दर रमणीय दृस्यहरुको अबलोकन पछि त्यहाँको सिनेभूमि देबिथानको देबीथान माथि पहरको पीपलको बोट अनि पानी झरिरहेको ढुङ्गाको फोटोहरु मोबाईल कामेरामा खिच्दै ३ दाजुभाई अब दोस्रो बुधसिंग डांडा पार गर्दै गुफा खोज्न अर्को पहाड़ जाने बाटो ततायौ, पहराको ढुंगाओ आड़ लिदै साथमा पहरमा उम्रेको बाबियोको साथ लिदै हामी ३ दाजुभाई हाम्रो बुधसिंग गुफा नजिक पुगिसकेको थियौ। 

३ वाइबा दाजुभाईको साहसिक कामको मूल्याङ्कन एक अपासमा  गर्दै रमाइलो कुराकानी गर्दै कहिले लड्दै कहिले हास्दै पुष्प प्रनिल र सशिन्द्र गुफा को यात्रामा अघि उकालो चढ्दै गुफा खोज्दै जाने क्रममा शशीन्द्र ले भनेउ " उ पुष्प दाई हाम्रो गुफा देखेउ पकै हाम्रो गुफा त्यहा हुनुपर्छ " मैले भाई तिम्रो मुखमा गाइको दूधभात जाओस भने अन्य बुट्टा रूखको हंगाहरु सामात्दै जादा हामी बुधसिंग गुफाको गेटमा पुगे,
गेट हामीले बनाको होईन प्रकृतिले नै बनाएको एउटा रूखको हांगा ढल्कीएर गेट जस्तो बनेको छ। गुफाको मुखमा सुनगाभा को लहर रा फुलले  ढाकेको छ मैले उक्ता सुनगाभा देख्ने गरी फलाटे गाउँको सुन्दर तस्बिर लिए।  अब गुफा त देखे तर को जाने त पहेला अब भाइहरुलाई पठाउनु त भएन यसै पनि गुफाभित्र पानी पानी चुहियेर पूरै चिप्लो थियो साथै कालो कालो लेउ थियो गुफाभित्रको ढुंगा पत्थरहरु पनि पानीले गर्दा ढुङ्गाको कलर नै भिन्नै प्रकारको सेतो सेतो भएर टाल्केको थियो।  गुफा भित्रको चारै तिरको तस्बिर लिए पछि मैले भाइहरुलाई भने ल सबै भन्दा जेठो म अब गुफा भित्र म पहेले जान्छु तिमीहरुले तलबाट फोटो खिच्दै गर्नु भनि बुधसिंग गुफा को यात्रा मैले सबै भगवान लाई सम्झी प्रार्थना गरी गुफाको प्रस्थान गरे लगभग १० मीटर को गुफा यात्रा पछि एउटा उज्यालो प्रकाश आएको ठाउँमा पुगेउ  उक्त गुफा भित्रको दाया बाया पट्टी को गुफा सानो
आकार भएकोले म छिर्न असमर्थ भए मेरो यात्रा लगभग १० मीटर सम्मको रमाइलो गुफा यात्रा गरे जहां लगभग १ फुटको गोलाईको दुलो देखे, जून दुलो बुधसिंग डाँडाको शिरमा पुग्न सकिन्छ।  मैले कोसिस गरे त्यस दुलोबाट बहिर निस्कने तर मेरो सरीर अरबको बोइलर चिकेन खाको बडी छिरौन सकेन,  दुलोमा छिर्न असमर्थ भये पछि अर्को पटक उक्त दुलो कोदालोले खनेर ठूलो बनाई छिर्ने मेरो चाहना को साथमा मोबाइल बाट जुम गरी उज्यालो दुलोको तस्बिर खिची म गुफा बाट फर्के।  अनि ३ दाजुभाई संग भबिस्यामा हामीले यो गुफालाई यो हाम्रो यात्रा लाई बिस्वा सामु चिनाउनु पर्छ अनि हाम्रो गाउँलाई एक पर्यटक छेत्र घोषणा गराई गाउँमा डलरको खेती गर्नु पर्छ, यो काममा तिमी हामी फलाटे को युवायुवाक्तिहरू नै अघि बढेर गर्नु पर्छ।  तामांगको कला संस्कृति हामीले सबैलाई देखाउनु पर्छ भन्दै ३ दाजुभाई को गुफलाई छोड़ी गुफा माथिको  बुधसिंग गुफा शिर सम्म सफल आरोहण गर्ने लक्क्ष लिएर फेरी आफै बाटो बनाउदै रूखको हांगा लाई सामात्दै हामी हाम्रो दाङसिंग को शिर इतिहासिक बुधसिंग गुफा शिर (बुधसिंग डाडा शिर ) फलाटे चुली पुग्न सफल भयौ।
अब बुधसिंग शिर (फलाटे चुली) मा यात्रा पछि थकाई मेट्ना प्राकृतिक सोफ़ा भेंटेउ जून सोफामा अरामले थकाई मारन सकिन्छ।  तर सोफ़ा भन्नाले गरु रूखको सीधा परेको २ वटा हांगा छ जुन एउटा माथिबाट अर्को तलबाट तेरसिएको छ मायाको जोड़ीहरु मजाले बसेर फोटो खीचना सकिन्छ हामी दाजुभाई रमाउदै फलाटे चुली मा अरामले स्वस्छ हावा शीतल खादै आराम गरे। अनि बुधसिंग डाडा शिर (फलाटे चुली) बाट दांगसिंग गाउ बिकास समितिको गाउँहरुको साथमा दक्षिण तर्फको जिलिंग तरुका भन्ज्यांग खर्क, को साथमा राणीपौवा मथिको सुन्दर पहाड़ खोला नाला को साथमा सुन्दर मानब बस्तीहरु को रमणीय दृस्यहरु हेर्न पाइन्छ। यात्रा को क्रम जारी छ अझै बुधसिंग डाडा जहां जात्रा गरिन्छ अनि लोगै रहा पोखरी र बन झाक्री गुफा  जहाँ आध्यारो भित्र बत्ती बलेको अचम्मको डरलाग्दो बन झाकरी गुफा भित्रको हामी ३ वाइबा दाजुभाई को अबलोकन यात्रा को तस्बिरहरु अझै पछि क्रमसँ देखाउने छु यहाहरुलाई ..........यात्रा बाकी छ मान्छे लागेको डरलाग्दो बन झाक्री गुफा (तामांग भाषामा लोंगई राह )  को तस्बिरहरु अझै अपलोड गर्नेछु।  जहाँ गुभा को अँध्यारो भित्र पनि उज्यालो बत्ती बालेरहेको छ जुन बत्तीको तस्बिर मैले खिचेर ल्याएको छु ।   




















































































0 comments:

Post a Comment