Tuesday, October 28, 2014

बुध्दले भन्नु भएको छ - मुर्ख झगडा गर्छ, बन्न लागेको काम पनि बिगार्छ

 चन्द्र तामांग
 नुवाकोट त्रिशुली बाजार 

बुध्दले भन्नु भएको छ - मुर्ख झगडा गर्छ, बन्न लागेको काम पनि बिगार्छ । विद्दान सल्लाह गर्छ, बिग्रिन लागेको काम पनि सपार्छ । केही ग्रुपको एडमिन बताउने र विद्दान थान्नेहरुको गालीगलौजयुक्त कमेन्ट पढेर मलाई पनि छुच्चो बन्न मन लाग्यो है । केही स्वघोशित बुध्दिजिविहरुको बदलाभावको रिश, आरिश, अक्रोश, गाली र भेदभाव बढाउने कुरामा लागेर त स्थायि शान्ती आउछ जस्तो लाग्दैन । विद्दान ठान्नेहरुले नै शिश्टता र सभ्यता नखोजी अरुलाई असभ्य र अशिश्ट गाली गरी अन्धोभक्त र अन्धो विरोधी बन्न खोजेको देखिन्छ । समानवय, सह अस्तित्व, सहमति, सहकार्य र एकताको लागि बदला लिएर वा पालोपैचो तिरेर हुँदैन ।
धार्मिक साहिश्णुता, जातिय सदभाव र दलिय सहकार्य बिना देशको समस्या समाधान हुने छैन । शान्ती र बिकास पनि आउने छैन । त्यसको लागि सबै जाती, धर्म र दलहरुले एक अर्काको सह अस्तित्व स्विकार गरी समानताको आधारमा आपसी सम्मान, सहमति, सहकार्य, समझदारि, सहयात्रा र कार्यगत एकता कायम गर्न सक्नुपर्छ ।
विगतको पुर्खाहरुले गरेको गल्ती अब सुधार्नुपर्छ र सुध्रिनु पनि पर्छ । विगतमा पिडक र पीडित रहेको जाती र वर्ग उस्तै राखेर वा ठीक उल्टाएर पीडितअलाई पिडक र पिडकलाई चाँही पीडित बनाएर पनि समस्या समाधान र स्थायि शान्ती आउँदैन । अबको नेपाली समाजमा कोही पनि पिडक र् पीडित नरहने समावेशी र समतामुलक समाजको श्रीजना हुने काम र बातावरण सबै जाती र वर्गले बनाउन सक्नुपर्छ । विगतमा बाहुनहरुले आदिवासी जनजातिको टाउको माथि टेकेको थियो भनेर अहिले बाहुनको टाउको माथि आदिवासी जनजातिले टेक्न खोज्नु पनि समस्याको समाधान होइन । त्यो विवाद र समस्या बढाएर गृहयुध्द तिर धकेल्ने मुर्खता मात्रै हुनेछ ।
हामीले भन्नुपर्छ - हिजो जे भयो भयो, अब कुनैले पनि कुनैको टाउकोमा टेकेर भेदभाव, शोषन र दमन नगरौ । गर्नेलाई कडा कर्वाही गर्ने सन्यन्त्र बनाउ । कानुन बनाएर सहि कार्यन्वयन गरने तर्फ लागौ । महिला र पुरुष वा जाती र धर्म बिचमा कोही पनि पिडक र पीडित नहुने गरी राज्य सन्चालन गर्ने बाटो खोजौ । सबै मिलेर बस्न कुनै जातजाती, धर्मवलम्वी, भाशी, क्षेत्र, वर्ग र लिंग बिचमा उपेक्षा र भेदभाव नभएको तथा समानता भएको अनुभुती हुने बातावरण निर्माण गर्न लाग्नुपर्छ । हिजो हाम्रो बाजेहरुलाई पृथ्वी नारायण शाह लगायतको बाहुन छेत्रीहरुले नाक काटियो र मारेको ईतिहास छ भन्दैमा आज उसको सन्तानहरुलाइ बदला लिना खोज्नु र मार्न खोज्नु मानवता र बुध्दिमानी होइन । फेरी बाहुन छेत्रीले पनि विगतमा जस्तै हामी ठुलो र शाशक हौ भनी शोषन दमन र भेदभाव गर्न खोज्नु मुर्खता हुनेछ । मानवता र बुध्दिमानी होइन । सबै अाफ्नो स्थानबाट सच्चिन तयार हुनुपर्छ ।
केही मित्रहरु मुर्खता देखाउदै छ । कोही बदला लिना खोज्दै छ भने कोही विगतकै गल्तिहरु सुधार नगरि शोषन दमन र भेदभाव गरेर नै अघी बाध्न खोज्दै छ । यि दुबै थरी मुर्खता देखाउनेहारु वास्तविक देश द्रोही हो । सामाजिक अपराधी हो । सम्प्रदायिक सदभाव बिथोल्ने तत्व हो । देशलाई गृहयुध्द तिर लगेर बिखन्डनमा लैजाने देशघाती हो । यदी नेपालमा स्थायि शान्ती, बिकास र अखन्डा नेपाल चाहने हो भने एक पक्षले बादल लिने कुरा र गाली गर्न छोड्नु पर्छ । अर्को पक्षले भेदभाव, शोषन दमन र अहंता छोडि समानता ल्याउने कार्यमा साथ दिनुपर्छ ।

0 comments:

Post a Comment