पुष्प वाईबाको घ्याम्पोको निङ्गार आउँदै
आफूलाई व्यावसायिक गायक भन्न नरुचाउने गायक पुष्प वाईबाको हालसम्ममा चारवटा एलवम बजारमा आइसकेका छन् । रोजगारीको सिलसिलामा कुवेतमा रहे पनि उनले आफ्नो गीतसङ्गीतप्रतिको रुचिलाई पटक्कै मर्न दिएका छैनन् । कुवैतको नेपाली समाज को हर स्टेज मा मेंदोमाया तथा बिभिन्न लोक गीतहरु गएर कुवैतको दर्सक स्रोताको मन जितना सफल गायक वाइबा यसपालीको छुट्टीमा पनि नेपाल आउँदा वाईबाले एउटा छुट्टै पृथक सांस्कृतिक पहिचान बोकेको एलवम घ्याम्पोको निङ्गार तयार गरी कुवेत फर्केका छन् ।
उनलाई यसपटक आफ्नो एलवममा नव गायिका रत्न मोक्तानले साथ दिएकी छन् । एलवमको मुख्य गीत “घ्याम्पोको निङ्गार सारैनी मीठो तीनपानी आअीराक भन्दा नी” बोलको गीतको म्यूजिक भिडियो बनाइएको छ ।
काठमाडौंको अति सुन्दर चोभार टौदह र उक्त छेत्रको सेरोफेरोमा छायाङ्कन गरिएको छ ।
च्यानल नेपाल टिभीको कार्यकारी निर्मार्ता सुलोचना थिङको निर्देशनमा निर्मित म्युजिक भिडियोमा तराई टिभीको विष्णु अधिकारीको टिम लाइटमा छन् । यसैगरी धन लामा योन्जनले छायाङ्कन गरेका छन् । यो गीतमा भर्खरै उदाएको नयाँ मोडल जोर्डन राज भण्डारी र सोनाम श्रेष्ठले मुख्य भूमिकामा अभिनय गरेका छन् ।
घ्याम्पोको निङ्गारमा चर्चित गायक गायक आशुसेन लामाले सङ्गीत दिएका छन् । रामेछापको जम्भू ग्याबक लामाको शब्द रचना छ ।
नयाँ र पुराना गीतहरू समेटिएको पुष्प वाईबाको यो सेलो घ्याम्पोको निङ्गार एलवम तिहार लगत्तै बजारमा आउने बताइएको छ । लोकदोेहोरी गीतबाट गायन छेत्रमा उदाएका पुष्प वाईबाको घ्याम्पोको निङ्गार श्रोता दर्शकले कति मिठो मान्ने हुन्, हेर्न बाँकी छ ।
साभार छार गोङ्मा पत्रिका
http://www.chhargongma.com
0 comments:
Post a Comment