तोया पौडेल
असोज १, नुवाकोट ।

साथै अन्य सहयोगीहरू तोकबहादुर तामाङ, केशव तामाङ, धन लामा, पाल्देन वाईबा, सुरज लामा, पन्जे लोप्चन तथा नेपाल तामाङ घेदुङ कुवेतका पदाधिकारीद्वारा प्रदान गरिएको एकमुस्ट सहयोग रकम रू ७६ हजार पनि विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई हस्तान्तरण गरेका थिए ।कार्यक्रममा सन्च तामाङले विद्यालयलाई चार बण्डल जस्ता उपलब्ध गराउने घोषणा गरे ।
कार्यक्रमको औपचारिक उद्घाटनपछि मञ्चमा उत्रिएका गायक पुष्प वाईबालाई कार्यक्रमको पहिलो खण्डमा आयोजक समिति तथा आफन्तहरूले दोसल्ला ओढाई भव्य स्वागत गरेका थिए । स्वागत लगत्तै गायक वाईबाले आफ्नो पहिलो एलबम “दिलमा बस न“ मा सङ्ग्रहित दुईटा गीतबाट मनोरन्जन दिएका थिए ।
यसैगरी क्रमिक रूपमा आफ्ना अन्य एलबम “काफल गेडी खाउ है कुटुक्क” “माया लाएर” “दोहा कतारमा”, “अचारमिठो तिल” लगायत आप्mना तामाङ भाषाको गीति एलबम “ज्याबा रानी” बाट दर्शकहरूलाई छमछम नचाएका थिए । बिहानभरिको झरीका कारण चिप्लो भएको मञ्च अगाडिको भूभागमा चिप्लोको पर्वाह नगरी दर्शकहरू नाच्नमै व्यस्त देखिन्थे ।
समारोहका प्रमुख अतिथि संविधानसभा सदस्य राधिका तामाङले समारोहलाई संबोधन गर्दै शिक्षा विना केही गर्न नसकिने भएकोले शिक्षा आर्जनका लागि विशेष ध्यान दिनुपर्ने र गाउँघरमा भएका विद्यालयहरूको पूर्वाधारका लागि सबैले मद्दत गर्नुपर्ने बताए । उनले आफ्नो सभासद्को कोषबाट रू. ४० हजार विद्यालयलाई प्रदान गरेकी थिइन् ।
कार्यक्रममा आदिवासी जनजाति महासङ्घ नुवाकोटका सचिव बुद्धिमान तामाङको पनि उपस्थिति रहेको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बौडे लामाको सभापतित्वमा भएको कार्यक्रम सञ्चालन शिक्षक तोया पौडेलले गरेका थिए ।
कार्यक्रममा गायक स्वयंले समाजलाई विशेष योगदान दिने व्यक्तित्वहरू सोम तामाल, धनबहादुर तामाङ, सत्य नारायण यादव बौडे लामा, सागर वाईबालाई मायाको चिनो प्रदान गर्नुका साथै विद्यालयका लागि तीन थान कम्प्युटरसमेत प्रदान गरेका थिए ।
२०४८ मा सामान्य छाप्रोको रूपमा सुरु गरी २०५१ सालमा स्वीकृति पाएको उक्त विद्यालय करिब १६ वर्र्ष आधारभूत विद्यालयका रूपमा सञ्चालन भई ०६७ देखि कक्षा ३ अपग्रेड गरि कक्षा ४ सञ्चालन गरिएको, यसलाई बर्सेनि निरन्तर कक्षा चढाउँदै हाल निमावि तहको कक्षा ८ संचालन हुँदै आएको छ । तर आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारण आर्थिक सङ्कलनका लागि भन्दै उक्त कार्यक्रम सञ्चालन गरिएको र यसबाट अपेक्षित लाभ उठाउन सफल भएको प्रधानाध्यापक राजु लामाले बताए ।
कार्यक्रममा गायक वाईबालाई सागर एस वाईबाले साथ दिएका थिए ।
उक्त एकल साँझ कार्यक्रम नुवाकोटको इतिहासमा पहिलो पटक भएको र पहिलो कलाकार गायक पुष्प वाईबा नै परेको आयोजकको दाबी छ ।
उक्त एकल साँझ कार्यक्रम नुवाकोटको इतिहासमा पहिलो पटक भएको र पहिलो कलाकार गायक पुष्प वाईबा नै परेको आयोजकको दाबी छ ।
कार्यक्रमका लागि साउण्ड सिस्टमका लागि प्रनिल वाईबा र धन लामाले विशेष सहयोग गर्नुभएको थियो
0 comments:
Post a Comment