Sunday, August 24, 2014

स्कुलको च्यारिटी सो र म्युजिक अल्बम बनाउनको लागि नेपाल आउदै पुष्प

हाम्रो दंसिंग खबर

बिस्वको कुनै पनि कुनामा रहेता पनि आफ्नै कला सांस्कृतिको धनि नेपालीहरु आफ्नै सांस्कारलाई सधै आत्मा साथ गर्दै अघि बढिरहेका हुन्छन चाहे खाडीको ५२ डिग्रीको घाममा होस् या लन्डनको हिउको जाडोमा होस् ज्यान परदेशी भूमिमा रहेता पनि तन मन सधै आफ्नै गाउघर हरियाली पाखा पखेरुमा त कहिले छंग छंग गर्ने खोला नाला अनि साथी संगीकै सुरिलो गित भाकामा मेलापातमा हुन्छ भने कहिले नेपालकै बिभिन्न चाडपर्वमा रमेका दिनहरुको याद झल्को मेटाउन परदेशी कर्मभुमिमा पनि बिभिन्न चाडपर्वहरु मनाउन ब्यस्त हुन्छन, कहिले तिज त कहिले दशैँ तिहार त कहिले ल्होछार, बुद्धजयन्ति,
यस्तै आफ्नो देसको कला संस्कृतिलाई जोगाउनको लागि आफ्नो भाषा परम्परा धर्म रितिरिवाज को जगेर्ना गर्दै नुवाकोट दंसिंगमा जन्मिनु भएको पुष्प वाइबा कतार दुबई र कुवैतको नेपाली समाजमा एक छुट्टै पहिचान बनाउन सफल भएका छन् I

२०५५ साल देखि  कला क्षेत्रमा निरन्तर लागि पर्नु भएको उनी ४ वटा लोक तथा मेंदोमाया एल्बम बजारमा ल्येइसकेका पुष्प आफुलाई गायक भन्न रुचाउदैनन् अनि ग्राफिक डिजैनमा खाडी मुलुक कतार दुबई कुवैत हुदै १० सालको अबधिसम्म साथमा नेपालमा फेमिली डिजिटल फोटो स्टुडियो खोल्नु भएको पुष्प उनीलाई ग्राफिक दिजैनर  भन्न रुचाउदिनन, उनको फेसबुक वालमा हेर्ने हो भने थुप्रै सुन्दर ग्राफिक डिजाइनहरु हामीले हेर्न सकिन्छ, साथमा आर्केटेकचर को काम घरको नक्साको बनाउनु हुन्छ पिडा परेको लाई तन मन धन दिएर सहयोग गर्नु हुन्छ आफुलाई समाजसेवा भन्न रुचौदैनन उनि, कुवैतका तान्जिफको क्लिनिंग कम्पनीमा मेनेजर पदमा कार्येरत उनि आफुलाई कहिले मेनेजर जस्तो देखिनु हुन्न, उनि मिठो बोल्ने  नम्र स्वभावका, हुनुहुन्छ I
नेपाल तामांग घेदुंगको हर सांस्कृतिक कार्येक्रमहरु होस् या लालीगुराँस सांस्कृतिक परिवारमा होस् या आफै कोषाध्यक्षको पदमा रहनु हुने अन्तरास्ट्रिय कलाकार समाजमा होस् कला भा

षा धर्म संस्कृतिको उत्थान गर्दै झन्नै एक दसक लामो समय प्रवासी भूमिमा खर्चिसक्नु हुने गायक पुष्प वाइबा गत साल २०१३ मा १ महिनाको छुट्टीमा तामांग भाषाको सांस्कृतिक गित मेंदोमाया दोरा भाकामा २ वटा गित दर्सक्को लागि मायाको कोसेली स्वरूप  "अच्यो मानेलाई" र "तेमाल नाम्सै सेलो माने बोम्तांग नाम्सै सेलोमाने"  बोलको गित छोडेर परदेस आउनु भएको उनको गित नुवाकोट धाधिंग रसुवा चितवन बारा पर्सा हुदै भारतको सिक्किम दार्जिलिंग, दिल्ली हुदै तिब्बतको भोट सम्म चर्चामा शिखरमा पुगेका जानकारी लप्सांगकर्पो म्युजिक प्रा लि का निर्देशक रोसन फ्युबा दिनु भयो , नुवाकोट रेडियो र रडियो धाधिंग मा प्राय धेरै बज्ने वहाको गित त्रिसुली टिभी मा साथमा नुवाकोट धाधिंग रसुवामा चल्ने प्राय बसहरुमा दैनिक बज्ने गरेको कुरा छोटो छुटिमा नेपाल जानु हुने परदेशी खबरको प्रधान सम्पादक लामा भाइ इस्टामान वाइबा ले हामीलाई जानकारी दिनु भयो  I

आफु प्रवाशी भूमिमा रहेता पनि आफ्नो मन सधै आफु जन्मेको देश नेपालको नाम बिस्वमा फैलाउन तल्लिन गायक वाइबा द्वारा बजारमा आएको लोक दोहोरी गीति एल्बम "दिलमा बसन" "काफलगेडी खाऊ है कुटुक्क " "दोहा कतारमा " साथमा गत सालको तामांग मेंदोमाया एल्बम "ज्याबरानी" पछी दर्सकको चाहनालाई ध्यान दिदै यसपाली को १ महिनाको छुट्टीमा विशेष प्रस्तुति तामांग सेलो दोहोरी एल्बम बनाऊदै हुनुहुन्छ भन्ने खबर छ जुन गित निकै नै रोमान्टिक हुनेछ र अहिलेको युवा पुस्ताले अतिनै रुचाउने उनको दाबी छ I एल्बमको नामको न्वारन गर्न बाकी रहेको सेलो एल्बममा सबै नेपालीहरु ले बुज्ने गरि नेपाली भाषामा गाउने कुरा बताउदै गत सालको तामांग भाषाको एल्बममा धेरै स्रोता दर्सकबृन्दहरुले गित  भिडियो राम्रो छ भाषा नबुझे पनि भन्ने प्रतिक्रिया आएको खबर हामीलाई     जानकारी गराउनु भयो |
गुणस्तरीय र व्यावहारिक शिक्षा आजको आवश्यकताभन्ने भावनालाई आत्मसात गरी बन्द हुन लागेको आफ्नो गाउको स्कुल पन्चामिलन स्कुलको कम्प्युटर शिक्क्षाको थालनी  गर्नको लागि गाउको खाडी मुलुकमा रोजगारीको शिलशिलामा रहेको दंसिंगका युवाहरुलाई सहयोगको हात फैलाउदै रकम जम्मा गरि गाउको स्कुलमा गुणस्तरीय शिक्क्षाको ब्यबस्थापन गर्नेको लागि हस्तारन्तर गर्ने साथमा  गाउमा स्कुलको सहयोगार्थ च्यारिटी सो गर्ने जानकारी गर्दै उनी आज २५ अगस्त नेपाल प्रस्तान गर्ने खबर छ I
मध्यमवर्गीय बालबालिकालाई स्तरीय शिक्षा दिने उद्देश्यसाथ सञ्चालन गर्न लागेको स्कुललाई वाइबा ले ३ वटा कम्प्युटर उपलब्ध  गराई प्रयोगात्मक शिक्षालाई जोड दिने साथमा बोर्डिंग स्कुलको नाम मा सहर बजारमा बर्सेनि लाखौ रुपैया खर्च गरि पडौउने दंसिंगबासीले आफ्नै गाउमा स्तरीय शिक्क्षा कम सुल्कामा आमा बुवा, हजुर आमा बुवाको साथमा पड़न पाउनेछ भन्ने उनको भनाई छ  I   

Saturday, August 23, 2014

"नेपाल कै झल्को-झिलिमिली साडीमा सजिएर नेपाली महिलाहरु दिल फुकाएर नाचे"

"नेपाल कै झल्को-झिलिमिली साडीमा सजिएर नेपाली महिलाहरु दिल फुकाएर नाचे"

नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अबशरमा कुबेतमा भब्य सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाईयो । नेपाल कुबेत साँस्कृतिक मन्चको आयोजनामा शुक्रबार जिलिब स्थित वेडिंग हलमा सम्पन्न कार्यक्रममा अथिति कलाकार गायिका स्वरुपा रसाइलीको साथमा स्थानीय कलाकारले भरपूर्ण मनोरंजन प्रदान गरे । निर्धारित समय भन्दा निक्कै ढिलो शुरु गरिएको कार्यक्रम दुईचरणमा सम्पन्न भएको थियो ।

पहिलो चरण अर्थात उद्घाटन सत्र
 प्रमुख अथिति नेपाली दुताबास कुबेतका कार्यबाहक राजदुत बिशाल भट्टराई, दुर्तीय सचिब अम्बिका जोशी श्रम सहचारी श्रीजना तिवारी, एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि, आईसीसी कोडिनेटर सुजन केसी युएई एक्सचेन्जका बिजनेस ड़ेप्लोपमेन्ट म्यानेजर रंजित पिल्लाई र मन्चका अध्यक्ष टिकाराम आचार्यले संयुक्त रुपमा दिप प्रज्वलन गरि कार्यक्रम उद्घाटन गरेका थिए । सो अबशरमा शुभकामना दिदै कार्यक्रम सफलताको कामना गर्नेहरुमा प्रमुख अथिति बिशाल भट्टराई, श्रम सहचारी श्रीजना तिवारी, धर्मराज गिरि, रंजित पील्लाई,  सुजन केसी,  तारा पौडेल हुनुहुन्थ्यो । श्रम सहचारी श्रीजना तिवारीले घरेलु महिला कामदारहरु समस्यामा पर्नुको प्रमुख कारण र दुई महिना देखि घरेलु महिला कामदार कुबेत आगमनलाई बन्द गर्नुको जण केलाउदै दिएको चोटिलो मन्तब्यले हलमा हुटिंग र तालीले जोडदाररुपमा स्वागत गरिएको थियो । मन्चका अध्यक्ष टिकाराम आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रम मन्तब्यबाट महासचिब माधव शर्माले उपस्थित सबैको स्वागत र  पत्रकार नबराज पन्थीले उद्घाटन सत्र संचालन गरेका थिए ।
दोश्रो चरण अर्थात सांगेतिक धमाका 

तीज सम्बन्धि गीत गायर स्थानीय कलाकार माया न्यौपाने लगयातबाट शुरु गरिएको सांगेतिक धमाकामा बालकलाकार रिदिमा मगरले आकर्षण नृत्य गरेकी थिइन् । गीता तिवारी, नेहा राई, सिमा घिमिरे, सुस्मा बराल मिरा कुमारी पौडेल, तारा पौड्याल कल्पना राई लगायतको एकल तथा सामुहिक नृत्य थप माहोल तताएको थियो महिला उद्घोषकको खडेरी परेको कुबेतमा सुष्मा बरालको उपस्थिति र उनको नृत्यको जादुलाई सबैले तारिफ गरेका थिए । भने कार्यक्रमको मुख्य आकर्षण र सबैको केन्द्रबिन्दु मानिएकी सबै बिधाकी अथिति कलाकार स्वरुपा रसाइलीले तीजका गीतहरुले सबैलाई नाच्न बाध्य बनाएकी थिइन् । अन्त्यमा गायिका स्वरुपाले फुल फुलेरै पहेलै, झ्याम झ्याम पानी स्थानीय गायक माधव शर्मासंग लोकदोहोरी गीत गाउदा सबै जना दिल खोलेर नाचे । भारि मात्रामा दर्शकको उपस्थिति रहेको कार्यक्रममा कुबेतका ३ ओटै सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्च, लाली गुराँस सास्कृतिक परिवार र अन्तरास्ट्रिय कलाकार समाजमा आबद्द कलाकारहरुको जोडदार प्रस्तुति रहेको कार्यक्रममा लोकगायक माधव शर्मा, बीबी मल्ल,डीबी लोप्चन, डोलराज न्यौपाने, पप आधुनिक गायक के पी सिटौला, अनिल रसाइली, गोबिन्द बराल, गायक जोडी गुप्ता नेपाली, खेम ठकुरी सागर खड्का, अनिल गुरुङ लगायले उपस्थित सबैलाई मनोरन्जन दिन सफल भए । उता हास्य कलाकार नबिन श्रेष्ठको ए बा किन्देउन भटभटे भन्ने गीतको बोलको नृत्यले सबैलाई काटा लगाएर पेट मिचिमिची हास्न बाध्य बनाएको थियो । जिबन सुनार र बिजयले पनि सामुहिक नृत्यमा साथ् दिदै उत्कृस्ट नृत्य प्रस्तुत गरेका थिए ।

युएई एक्सचेन्जको बिशेष सहयोगमा सम्पन्न कार्यक्रममा अथिति कलाकार स्वरुपालाई नेपाली संघसस्थाका प्रतिनिधिहरुले दोशल्ला ओढाएर सम्मान गरेका थिए भने गायिका स्वरुपाले नेपालबाट ल्याएको कोसेली महिलाहरुलाई रातो डोरी र पुरुषहरुलाई ढाका टोपीले सम्मान गरेकी थिइन् । आयोजकले कलाकार एबम आफ्ना सहयोगीहरुलाई प्रमाणपत्र र सिडी प्रदान गरेको थियो । विभिन्न विधामा छनोट गर्दै किरण आलेद्वारा सौजन्य गरिएका साडी समेत मन्चमा बाडियो । कार्यक्रम सफल बनाउन स्वयम् सेवकको महत्वपूर्ण जिम्मेवारी नबप्रतिभा युवा समाज कुबेतले लिगेको थियो । दोश्रो चरणको कार्यक्रम महासचिब  माधव शर्मा गायक अर्जुन तामाङ्ग र नृत्य कलाकार उषा बरालले संयुक्त रुपमा संचालन गरेका थिए । महिलालाई निशुल्क प्रवेश मिलाईएको कार्यक्रममा झिलिमिली साडीमा सजिएका दिदीबहिनीहरु मात्र नभएर पुरुषहरुको पनि उत्तिकै उपस्थित रहेको थियो हल खचाखच भरिएको थियो ।  
साभार : कोसेली न्युज 
स्रोत : नवराज पन्त 

Thursday, August 21, 2014

त्रिसुली छाल साप्ताहिक पत्रिका को भदौ ४ गते बुधबार को अंक ३९

त्रिसुली छाल साप्ताहिक पत्रिका को भदौ ४ गते बुधबार को अंक ३९ तपाईहरुले अब  हाम्रो दंसिंग अनलाईन पत्रिकामा पद्न सक्नु हुनेछ l हामीलाई यो ताज पत्रिका उपलब्ध गराइदिनु भकोमा आदरणीय दाजु प्रधान सम्पादक / प्रकासक शुभलाल श्रेष्ठ लाई हार्दिक धन्यबाद







Wednesday, August 20, 2014

स्थानीय बासीले लाक्पाको सोखमा ५ गाइ काटेर खाए

हिरालाल विश्वकर्मा
हाम्रो दंसिंग अनलायन खबर  पाँचथरभदौ ३- पाँचथरको हेवा खोलाको बगरमा स्थानिय आदिवासीले सामुहिक रुपमा पाँच वटा गाई काटेर खाएका छन ।
लाक्पा तामाङको मृत्यूले हामीलाई शोक मनाउन दिएन र गाई काटेका हौ। आक्रोसित भिडले गाईकाटेको बिरोध गर्दै जो सुकै आए पनि प्रतिकारगर्ने जनाएका थिए । उनीहरूले भने " दाई मारेर गाई बचाउने यो कति औ शताब्दिको देश हो ? यो देश हाम्रो पनि हो , हाम्रो सांस्कृतिक अधिकारको लागी हजारौ लाक्पा तामाङ जस्तै गोली खाएर मर्न तयार छौ।"

लोकतान्त्रिक,गणतन्त्र,धर्मनिरपेक्षता नेपालमा अन्या सहदै कोहि नबस्ने भन्दै गाई काटने अभियान शुरु भएको जानकारी गराएका थिए। लहरै पाँच वटा गाई राखेर काटिएको स्थानिय सञ्जिव राईले बताएका छन ।
उपचारको क्रममा हिजो मृत्यु भएका गोर्खाका लाक्पा तामाङलाई गत साता गाईको मासु खाएको भन्दै नेपाल प्रहरीले गोली हानेको थियो। नेपाल आदिवासी जनजाती महासंघ , नेपाल तामाङ घेदुङ् संघ र बिभिन्न राजनितिक दलहरुले आपत्ति जनाउदै तल ४ बुधे माग़ राखेका छन।


(१)गोली हान्ने आदेश दिन प्रशासन र गाली हान्ने प्रहरीलाई तत्काल निलम्बन गरि करवाही गर्नु पर्ने।

 (२) मृतकका आफन्तलाई उचित छतिपूर्ति दिनु पर्ने।


 (३) मृतकको शवलाई हेलिकप्टरद्वारा गाउँमा पुयाउनु पर्ने 


(४) धर्मनिरपेक्ष राज्यसंग बाझिएको गौ हत्या सम्बन्धि सम्पूर्ण ऐन कानुन खारेज गर्नु पर्ने।


उनीहरूले यी माथीका मागहरु सम्बोधन नभएसम्म मृतकको शव नबुझन् र पोष्टमार्टम पनि गर्न नदिने भनी चेतावनी दिएका छन। सहदै कोहि नबस्ने भन्दै गाई काटने अभियान शुरु भएको जानकारी गराएका थिए। लहरै पाँच वटा गाई राखेर काटिएको स्थानिय सञ्जिव राईले बताएका छन ।

उपचारको क्रममा हिजो मृत्यु भएका
 गोर्खाका लाक्पा तामाङलाई गत साता गाईको मासु खाएको भन्दै नेपाल प्रहरीले गोली हानेको थियो।

नेपाल आदिवासी जनजाती महासंघ , नेपाल तामाङ घेदुङ् संघ र बिभिन्न राजनितिक दलहरुले आपत्ति जनाउदै तल ४ बुधे माग़ राखेका छन।

(१)गोली हान्ने आदेश दिन प्रशासन र गाली हान्ने प्रहरीलाई तत्काल निलम्बन गरि करवाही गर्नु पर्ने।


 (२) मृतकका आफन्तलाई उचित छतिपूर्ति दिनु पर्ने।


 (३) मृतकको शवलाई हेलिकप्टरद्वारा गाउँमा पुयाउनु पर्ने 


(४) धर्मनिरपेक्ष राज्यसंग बाझिएको गौ हत्या सम्बन्धि सम्पूर्ण ऐन कानुन खारेज गर्नु पर्ने।


उनीहरूले यी माथीका मागहरु सम्बोधन नभएसम्म मृतकको शव नबुझन् र पोष्टमार्टम पनि गर्न नदिने भनी चेतावनी दिएका छन।

Tuesday, August 19, 2014

साम्प्रदायिक सरकारको खुनी हमला।

फेसबुकका ताजा आवाज

सेवा लुंग 

संसारमा नेपाल एउटा यस्तो देश हो, जहा हत्यारा, गुण्डा डाका, बलात्कारी हरु लाइ आश्रय दिइन्छ। राष्ट्र र राष्ट्रियता को बिरुद्दमा बोल्ने कनकमणि हरु लाइ अनि सुसिल हरु लाइ सम्मान गरिन्छ। भ्रष्टाचारी खुमे हरु लाइ सम्मान गरिन्छ। कठै बिचरा एउटा जनजाति लाक्पा तामाङ्ग जो आफ्नै मेहेनत ले पालेको गोरु काटेर खादा गोलीको सिकार हुनु पर्ने? आफ्नै मेहनत र परिश्रमले उत्पादन गरेको कुनै पनि कुरा उपयोग गर्न सरकार संग अनुमति लिनु पर्ने, वा सरकारी कानुनले बन्देज गरेको हुन्छ। के नेपालि जनता हरु लाइ समेटिएको कानुन यस्तै हुन्छ?

द्वन्दकालमा जंगली बुला हरुलाई खुवाउनको लागि जनताको कटेरो र खर्क हरु बाट रोजी रोजी मारिखान को लागि गाइ र गोरु लुट्ने आदेश दिने प्रचण्ड नामको हाप्सिला आज लाक्पा तामाङ्ग लाइ गोरु काटी खाएको निहुमा गोलि ठोकेर हत्या गर्दा किन मौन छ? तिनै गोर्खा जिल्ला बाट अत्यधिक मत ल्याएर बिजय भएका कम्युनिष्ट तथा साम्यवादी नेता बाबुराम भट्टराइ कुन दुलोमा लुकेको छ? यो लाक्पा तामाङ्ग हत्याको किन चासो छैन? के नेपालको जनजाति हरु साधन मात्र हो त? साम्यवादी दर्शनको खोल ओढेको एमाले अनि समाजबादी खोक्रो नारा लगाउने कांग्रेसी हरुले किन यी हत्यारा हरुका बिरुद्दमा सदनमा चुइक्क आवाज उठाउदैनन? के भोलि तिनै तामाङ्ग हरु राज्यको मुलधारमा पुगेर खसी काटेर खाने लाइ पनि त्येसरी नै गोलि हान्ने कानुन बनायो भने हामि हरु लाइ मान्य हुन्छ? यो हत्याले समाजमा कस्तो म्यासेज जादैछ? सरकार पक्षले शान्ति अमनचयन चाहान्छ कि गृहय युद्द? अन्तरिम संबिधान ६३ मा उल्लेख गरिएको नेपाल एक धर्म निरिपेक्ष मुलुक हो भनि उल्लेख गर्नुको अर्थ के रह्यो?

यो नेपाल र नेपालि जनता सुहाउदो कानुन नभई हिजो राजा महेन्द्रले बनाएको धार्मिक नियम मात्र हो। समानता र समाबेसी अनि समानुपातिक अधिकार को प्रयोग गरि सबै नेपालि हरुले स्वतन्त्र पुर्बक बाँच्न पाउनु पर्छ। राज्यको बागडोर कुनै एउटा समुदायमा छ भन्दैमा करोडौ नेपालि हरुको इच्छा, भाबना बिपरित कुनै पनि नीति नियम या कानुन खारेज हुनु पर्छ वा संसोधन हुनु पर्छ। लाक्पा तामाङ्ग ले गोरु काटेर खादा मर्नु पर्थ्यो भने माओबादि का नेता हरुले हजारौं गाइ र गोरुको हत्या गरि खाएका छन। कि कानुन लाक्पा हरु लाइ मात्र लाग्ने? प्रचन्ड हरु लाइ लाग्दैन कानुन? अति भो सरकार अति भयो।

नेपाल तामाङ घेदुङद्वारा जारी प्रेस विज्ञप्ति

हाम्रो दंसिंग आनलाईन खबर पत्रिका  
मिति ः २०७१÷०५÷०३


नेपाल तामाङ घेदुङद्वारा जारी प्रेस विज्ञप्ति
गत साउन २९ गते अपरान्ह ३ बजे गोर्खाको सिमजुङ गाविस वडा नं. ६ मा भएको घटनामा गोली लागी घाइते हुनुभएका ६५ वर्षका स्थानीय लाक्पा तामाङको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा भदौ २ गते निधन भएको खबरप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । गोरुको मासु काटी खाएको आरोपमा सादा पोशाकमा गाउँलेलाई गिरफ्तार गर्न पुगेका प्रहरीहरूसँग भएको झडपमा संलग्न नभएको र घरको आँगनमा बसी काम गरिरहेको बेला विना चेतावनी प्रहरीले गोली चलाउँदा उहाँ घाइते हुनुभएको देखिएकोले प्रहरीको चरम लापरवाही देखिन्छ । प्रहरी प्रशासनबाट भएको यो ज्यादतीको हामी निन्दा र भत्र्सना गर्दछौं ।
प्रहरीको लापरवाहीले गर्दा एकजना निर्दोष नागरिकको अनाहकमा ज्यान गएकोले घटनाको सम्पूर्ण जिम्मेवारी प्रशासनले लिँदै गोली चलाउने प्रहरी र आदेश दिने स्थानीय प्रशासकलाई तत्काल निलम्बन गरी कानुनी कारवाहीका लागि प्रक्रिया अगाडि बढाउन, मृतकको शव दाह संस्कारका लागि गोरखामा पु¥याउन हेलिकप्टरको व्यवस्था गर्न र पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति उपलब्ध गर्न हामी सरकारसँग जोड्दार माग गर्दछौं । 


यसैगरी तामाङलगायत नेपालको विभिन्न समुदायले परम्परागत रुपमा गाई÷गोरुको मासु खाने प्रचलन रहेको र अन्तरिम संविधान २०६३ ले समेत धर्मनिरपेक्ष राज्य घोषणा गरिसकेकोले सो भावनासँग बाझिएका मुलुकी ऐनका सबै महल र दफा यथाशीघ्र संशोधनका लागि सार्वजनिक प्रतिवद्धता जनाउन नेपाल सरकारसँग माग गर्दछौं ।
मुलुकमा लोकतन्त्र र धर्मनिरपेक्षता स्थापित भइसकेपछि पनि अझै गाईगोरुको मासु खाएको नाममा देशका विभिन्न भागमा सिंगै समुदायलाई आतङ्कित पार्ने तथा जनतालाई स्थानीय प्रशासनबाट अनावश्यक रूपमा दुःख दिने यस्ता काम अविलम्ब बन्द गर्न पनि नेपाल तामाङ घेदुङ हार्दिक अपिल गर्दछ । अन्यथा, त्यसको परिणाम गम्भीर हुन सक्नेतर्फ पनि सचेत गराउँदछौं ।

......................
प्रतिक ङेसुर तामाङ
केन्द्रीय सचिव
केन्द्रीय कार्यालय, काठमाडौ 

Monday, August 18, 2014

हाम्रो नुवाकोट जिल्लामा त्रिसुली नदीको किनारमा अब "त्रिसुली छाल " आयो

हाम्रो नुवाकोट जिल्ला त्रिसुलीमा अब त्रिसुली छाल साप्ताहिक पत्रिका पनि नुवाकोटबासी को ढुकढुकी बन्न सफल भएको छ, २०७० असोज १२ गते बाट त्रिसुली बिदुर बाट प्रकासनमा आएको त्रिसुली छाल पत्रिका ठाउँ अनुसार को नामांकन भएको "त्रिसुली छाल" साप्ताहिक त्रिसुली को छाल झै पहाड हिमाल तराई लाइ समेट्दै  अघि बडी रहुन, त्रिसुली नुवाकोट जिल्लामा मात्र सिमित नभई नेपाल अधिराज्यलाइ समेट्दै देस परदेशमा बस्ने हर नुवाकोटेले आफ्नो जिल्लाको आवाज सुन्न पद्न पाओस
शुभलाल श्रेष्ठ को प्रधान सम्पादनमा संचालित ६ पेज को यो साप्ताहिक त्रिसुली छाल पत्रिकाको कानुनि सल्लाहकार नारायण अघिकारी हुनुहुन्छ भने डिजाइनको जिम्मा रुपेस श्रेष्ठ साथमा टाइपिङमा सन्तोस बोकटि हुनुहुन्छ, बिदुर १० नुवाकोटमा कार्यालय रहेको यस पत्रिका को प्रथम वर्ष सफलताको साथ अघि बढेकोमा हाम्रो दंसिंग अनलाईन खबर पत्रिका द्वार आग्रिम शुभ कामना I   
हामीलाई त्रिसुली सम्पादक प्रकासक शुभलाल श्रेष्ठ ज्यूबाट आज वर्ष १ अंक ३८ को हामीलाई प्राप्त भाको छ, यो पत्रिका नुवाकोटका हर व्यक्तिले परदेशबाट पनि पड़न पाउन भन्ने उदेस्यले हामी आउदा दिनहरुमा "त्रिसुली छाल" संग सहकार्य गर्दै हाम्रो दान्सिंग खबर मा अपडेट गर्ने जमर्को गर्ने छौ I

हामीलाई त्रिसुली छाल पत्रिका उपलब्ध गराइदिनु भाकोमा शुभलाल श्रेष्ठ दाजुमा हामी दंसिंग अनलाईन खबर टिम हार्दिक बधाई साथमा शुभ कामना तक्राउना चाहन्छौ l     

                                           पेज १ 
पेज २ 
पेज ३ 
पेज ४ 
पेज ५ 
पेज ६ 







तामाङ डाजाङको १३३ औं साहित्यिक श्रृंखला र विमोचन सम्पन्न ।


हाम्रो दंसिंग अनलाईन खबर पत्रिका 
साभार by रोशन फ्युबा 

तामाङ डाजाङ साहित्यिक संस्था र लाप्साङकार्पो म्युजिक सेन्टरको संयुक्त प्रकाशनमा रहेको रोशन फ्युबा तामाङको ङ्याङ्ला व्हाइ (हाम्रो गीत) र गोपाल फ्युबा तामाङको तामाङ गाउँखाने कथा संगै ज्ञानज्योति बुक्स पब्लिकेशनले प्रकाशन गरेको तामाङ साहित्यको सर्वेक्षण पुस्तकको विमोचन साउन ३१ गते काठमाडौंमा भएको छ । तामाङ डाजाङले आयोजना गरेको १३३ औं ग्योइकाइ गेताङ (साहित्यिक कार्यक्रम) तथा विमोचन कार्यक्रमका प्रमुख अतिथि तामाङ साहित्य एकाडेमीको कुलपति भाषाविद अमृत योन्जन तामाङले तीनै वटा पुस्तकको विमोचन गर्नु भएको हो । विमोचित तीन पुस्तक मध्ये ङ्याङ्ला व्हाइ पश्चिमेली तामाङ भाषा (धादिङ, नुवाकोट र रसुवा) मा रहेको गीतहरुको संकलित संग्रह हो भने तामाङ गाउँखाने कथा पनि सोही क्षेत्रकै तामाङ भाषामा रहेको संकलित गाउँखाने कथाहरुको संग्रह रहेको छ । त्यसैगरी तामाङ साहित्यको सर्वेक्षण तामाङ जातिको भाषा, धर्म, साहित्य लगायतको विषयमा श्रोधपत्रको रुपमा प्रकाशन भएको पुस्तक हो । 
विमोचित तीनै वटा पुस्तकहरुलाई अधिवक्त फुर्वा तामाङ, पत्रकार फुलमान बल र तामाङ डाजाङ साहित्यिक मासिकका सम्पादक इन्द्रकुमार तामाङले समिक्षा गर्नु भएको थियो ।
कार्यक्रममा आफ्नो मन्तव्य राख्नु हुँदै प्रमुख अतिथि अमृत योन्जन तामाङले तामाङ भाषा साहित्यको क्षेत्रमा एउटा इँट्ट थप्ने काम भएको बताउनु हुँदै तामाङ भाषामै लेखिएका सामग्रीहरु मात्र तामाङ साहित्य हुन सक्ने बताउनु भयो । पछिल्लो समयमा तामाङको बारेमा खस भाषामा लेखिएकालाई पनि तामाङ साहित्य भन्न थालेकोमा दुख व्यक्त गर्नु भएको थियो । 
त्यसैगरी कार्यक्रममा तामाङ लोकसम्राट चन्द्रकुमार मोक्तानले शुभकामना मन्तव्य सगंै व्यंग्यात्मक प्रहसन प्रस्तुति गर्नु भएको थियो । साथै दक्षिण कोरिया तामाङ संघका पूर्व उपाध्यक्ष सागार जिम्बा तामाङ, डाजाङका संरक्षक निमाघ्याम्छो बल, लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रमका अध्यक्ष बुद्ध योन्जन लामाले मातृभाषा साहित्यमा पश्चिमेली तामाङ साहित्यको शुरुवात तामाङ डाजाङले गीत र लोककथाबाट थलानी गरेको बताउनु भयो । उहाँले मातृभाषामा साहित्य लेखनबाट तामाङ भाषा तथा साहित्यलाई संरक्षण गर्ने अभियान रहेको बताउनु भएको छ । त्यसैगरी डाजाङले मासिक रुपमा तामाङ साहित्यिक कार्यक्रमलाई २०५९ देखि निरन्र्तता दिइरहेको हो । आज सम्म आइपुग्दा १३३ औं श्रृंखला सम्पन्न हुँदा पनि नेपाल सरकारसंग सम्बन्धित नेपाल प्रज्ञा प्रतिष्ठान जस्तो निकायले हाम्रो मुल्यांकन गर्न नसक्नु बिडम्बना रहेको पनि बताउनु भयो । 
तामाङ डाजाङको १३३ औ साहित्यिक कार्यक्रम पनि भएकोले उक्त कार्यक्रममा स्रष्टाहरु यकिना अगाध, अर्जुन ग्लान, इन्द्रराम मोक्तान, युनिक रक्षे ग्लान, अर्जुन पुर्वेली, टंकलाल दोङ, अटुट दोङ, हिरामाया घिसिङ, प्रेमलाल दोङ राम गोम्जा, रन्जना मोक्तान, ङेमा थाङ्पाल लगायतले मातृभाषामै गजल, कविता, ताङ्का, हाइकु, गीतहरु प्रस्तुत् गर्नु भएको थियो । 

Saturday, August 16, 2014

तीज बिशेष कार्यक्रममा गायिका स्वरुपाको साथमा तीनै सास्कृतिक सस्थाका कलाकारहरु

नवराज पन्थी 
कोसेली न्युज-महिलाहरुको महान चाड हरितालिका तीजको अबशरमा हरेक बर्ष जस्तै यसबर्ष पनि कुबेतमा तीज बिशेष कार्यक्रम भब्य हुने भएको छ । कुबेतकै पुरानो सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्चको आयोजनामा हुन लागेको कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ भने रिहल्सन भनि शुक्रबार देखि कलाकार छनोट संगै समाप्त भएको छ। शुक्रबार रिदम हलमा सम्पन्न अन्तिम रिहल्सन अबलोकन गर्न  एन आर एन ए कुबेतका अध्यक्ष धर्मराज गिरि, पत्रकार महासंघ कुबेत शाखाका अध्यक्ष हरिकृष्ण न्यौपाने, जनजागृति युवा समाजका अध्यक्ष् दिपक क्षेत्री, किरात संघका अध्यक्ष सिब सुब्बा, झापाली समाजका संयोजक धुर्ब कुमार संग्रौला, दलित एकता संजाल कुबेतका अध्यक्ष आश बहादुर नेपाली  लगायतको  उपस्थिति रहेको थियो । 
 तीज बिशेष  कार्यक्रममा सहभागी हुन अथिति कलाकार अर्थात चर्चित गायिका स्वरुपा रसाईली कुबेत आउने पनि पक्का भएको छ । अथिति कलाकार गायिका स्वरुपाको साथमा कुबेतमा क्रियासिल ३ ओटा सास्कृतिक सस्था नेपाल कुबेत सास्कृतिक मन्च, लालीगुराँस सास्कृतिक परिवार र अन्तर्राष्ट्रिय कलाकार समाज कुबेतका  कलाकारहरु एउटै मन्चमा प्रस्तुत हुनेछन ।  उनीहरुहरुको जोडदार प्रस्तुतिले कुबेतबासी नेपालीले  भरपूर्ण मनोरंजन लिन पाउने  छन । युएई एक्सचेन्जको बिशेष सहयोगमा आयोजना हुन लागेको तीज बिशेष कार्यक्रममा अथिति कलाकार गायिका स्वरुपा रसाइलीलाई कुबेत झिकाएर कार्यक्रमको स्टेजसम्म पुर्याउने महत्वपूर्ण कार्यको जिम्मेवारी  लालीगुराँस सास्कृतिक परिवार कुबेतले सबै ब्यबस्था मिलाएको आयोजक सस्थाले जनाएको छ । कार्यक्रमकी केन्द्रबिन्दु मानिएकी गायिका स्वरुपाको साथमा कुबेतका चर्चित गायक गायिका एबम नृत्यकलाकारको साथमा केहि नयाँप्रतिभा अर्थात नौलो अनुहारले समेत स्टेज तताउदै कुबेतबासीलाई नचाउने छन । गायिका स्वरुपा, ३ सस्थाका मिश्रित कलाकारको जमघट र नयाँ अनुहार नौलो  प्रस्तुतिले यसपालीको तीज बिशेष बेग्लै  स्वादमा हुने आयोजक सस्था नेपाल कुबेत सास्कृतिक मन्चका अध्यक्ष टिकाराम आचार्यले कोसेली न्युजलाई बताए   ।
महिला दिदिबहिनीहरुलाई लक्ष्क्षित गरि आयोजना गरिएको तीज बिशेष कार्यक्रम आयोजना गरिएको हो, प्रदेशी बसाई भएपनि बर्षको एकदिन आउने नेपाली महिलाको महानचाड हरितालिकामा सबै कुरा भुलेर तीज मनाउन चट्ट रातो साडीमा सजिएर जिलिबको वेडिंगहलमा आईदिनु हुन् सम्पूर्ण कुबेतबासी नेपाली दिदीबहिनीहरुलाई अध्यक्ष् आचार्यले निमन्त्रणा गरेका छन । साथै कुबेत स्थित नेपाली दुताबास, नेपाली संघ सस्था, समाजसेवी बुद्दिजिबी पत्रकार कलाकार लगायत सबैलाई तनमन धनबाट सहयोग गरिदिन समेत नेपाल कुबेत सास्कृतिक मन्चले अनुरोध गरेको छ। तीज बिशेष कार्यक्रममा महिला दिदीबहिनीहरुलाई निशुल्क प्रवेशको ब्यबस्था मिलाईएको छ ।
कार्यक्रम हुने मिति: शुक्रबार, २२ अगस्ट, २०१४
समय: दिनको ठिक १ बजे
स्थान: जिलिब स्थित वेडिंग हल पानी टयांकी पछाडी
आयोजक: नेपाल कुबेत साँस्कृतिक म
न्च

Friday, August 15, 2014

बुध्द धर्ममा पहिले देखी नै रहेका प्रमुख तीन सम्प्रदायहरु

संकलन by चन्द्र तामांग नुवाकोट 

बुध्द धर्ममा पहिले देखी नै प्रमुख तीन सम्प्रदायहरु रहेका छन । पहिलो हो - महायन सम्प्रदाय । नेपलमा बहु संख्यामा रहेको यो सम्प्रदाय भित्र बिशेष गरी तमाङ, शेर्पा, गुरुङ, ह्योल्मो, थकाली, तिब्बती मुलका समुदाय लगायतका आदिवासी जनजातीहरु धेरै रहेको पाईन्छ । यिनिहरु शाक्यमुनी बुध्द भन्दा पहिलाको अवतारी बुध्दहरु र शिल पालनामा बढी ध्यान दिन्छन । केही मात्रमा बोन ( बोम्बो ) धर्मको प्रभाव हुनाले यिनिहरु हिन्दू झै तन्त्रमन्त्र, ॐकार समुह र पूजामा समेत विश्वास गर्ने गर्दछन । यिनिहरु काटमार गरेर पूजा गर्दैन । तर अरुले गरेकोमा विरोध पनि गर्दैन । यसकै आधारमा केहीले बुध्द धर्मलाई हिन्दूको नवौ अवतार समेत भएको दाबी गरेका छन । वास्तवमा यो सत्य चाँही होइन । यो सम्प्रदायले बली प्रथालाई धर्म मान्दैनन । प्राणी हिंसालाई धर्म होइन पाप मान्दछन । त्यही कर्मलाई हिन्दूले भने धर्म मान्दछ । यो सम्प्रदायको मत अनुसार बुध्द धर्म प्रतिवादन भएर चलाएको मन्जुश्री र तमाङ डेङ चि आदी संवतहरु मध्ये केही करिव दशौ हजार बर्षा पुरानो हो ।
दोस्रो सम्प्रदाय हिनयान हो । यसलाई थेरवाद पनि भनिन्छ । संख्यात्मक आधारमा दोश्रो स्थानमा देख्दै आएको यस सम्प्रदाय भित्र बिशेष गरी शाक्य र केही श्रेष्ठ, बज्रचार्य, डङ्गोल आदी थरको नेवार तथा केही तमाङ, शेर्पा, गुरुङ, ह्योल्मो आदी आदिवासी जनजातिहरु रहेका छन । यस सम्प्रदायहरु सिध्दार्थ गौतम बुध्द बन्नु भए पछी प्रतिवादन गर्नु भएको शिल मात्रै पालना गर्दछन । यिनिहरु गौतम बुध्द भन्दा अघिका बुध्दहरुको अवतार, शिल पालना, बोन धर्मको संस्कार, ॐकार समुह र तन्त्रमन्त्र आदी मान्दैन । यिनिहरु बुध्द शिक्षा, हिंसा र मद्यपान नगर्ने सामान्य धर्मिक पूजा, ध्यान आदिलाई प्राथमिकता दिन्छन । यो हिन्दू भन्दा पुरै फरक देखिन्छ । यो सम्प्रदायले बली प्रथालाई धर्म मान्दैनन ।
तेस्रो सम्प्रदाय हो - बज्रयान । यस सम्प्रदाय भित्र प्रमुख रुपमा बज्रचार्य थरको नेवार र केही डङ्गोल, श्रेष्ठ आदी थरका नेवार समुदाय देखिएका छन । यिनिहरु दुध्द धर्म मानिए पनि हिन्दू देवी देउताहरुको पनि पूजापाठ गर्दछन । बली प्रथालाई धर्म मान्दछन । यसकै आधारमा केहीले बुध्द धर्मलाई हिन्दूको नवौ अवतार समेत भएको र बुध्द धर्मलाई हिन्दूकै शाखा भएको समेत दाबी गरेका छन । यो सम्प्रदाय भित्र बुध्द धर्मको बिशेषता न्युन देखिएकोले सुध्दिकरण र सुद्रिढिकरणको खाँचो देखिएको छ ।

करिव दुई दशब्दी अघी मात्रै देखिएको बुध्द धर्मको नयाँँ एक सम्प्रदाय तिब्र गतिमा फैलिन्दै छ । त्यो हो - नेपाल अहिंसावादी बुध्द धर्म । यस सम्प्रदाय भित्र माथिका तिनै वटा सम्प्रदाय भित्रको असन्तुस्ट, सुधार र शुध्दिकरन चाहनेहरुको आकर्शण बढ्दै गैरहेको छ । यो सम्प्रदायको प्रतिवादक रिम्पोर्छे गुरु कर्म ज्ञान सागर लामा हुनुहुन्छ । यस सम्प्रदायले अरु सम्प्रदायको विविध बिक्रिती र बिसंगती लगायतका अवगुणहरु त्यागी सदगुणहरु मात्रै लिएर समन्वय गरी अघी बढ्ने प्रयास गर्दै आएको देखिन्छ । संस्कारहरुमा पहिले देखी नै प्रचलनमा रहेको मद्यपान, धुम्रपान, बली प्रथा, माछा र मासुको सेबन, फजुल खर्च आदी कार्यलाई न्यूनिकरन गर्ने र प्रतिबन्ध लगाउने कामको थालनी र विविध सुधार गर्दैछन । बली प्रथा वा हिंसा नगर्ने खालको तन्त्रमन्त्र सहितको पुजापाठहरुलाई निरान्तारता दिंदै आएको छ । यद्यपी केही नेत्रुत्व र अनुयायिहरुमा सुधार्नु पर्ने केही कमी कमजोरी पनि देखिएको छ । पछी देखा परेको भए पनि यो सम्प्रदाय संख्यात्मक आधारमा दोस्रो स्थानमा पुगेको अनुमान गरिएका छन ।

राजनीतिक कालखन्डमा भएका विविध घटनाक्रममा शाशकहरुको हस्तक्षेप, प्रलोभन र बाध्यताको कारण केही मगर, केही दुरा, तमाङ, छन्त्यल, थकाली, माझी, कुमाल, राइ, चेपाङ आदी आदिवासी जनजातिहरुले बुध्द धर्म त्यागी हिन्दू बनेको तथा बुध्द भनिरहे पनि हिन्दूको नवौ अवतार र ॐकार परिवार स्विकारी हिन्दूकै प्रभावमा परेर हिन्दू प्रचलन अपनाएको पनि ईतिहासले प्रमाणित गर्दैछ । यदी बुध्द धर्मको नाममा हिन्दू संस्कार अपनाइरहने हो भने बुध्द धर्म मानेको कुनै औचित्य रहने छैन । अरुको प्रभावमा बढेको विविध विक्रिती र बिसंगतिहरु सुधार्नु आजको साँचो र खाँचो पनि हो ।

Thursday, August 14, 2014

ज्याबारानी एल्बम बिमोचन को केही झलकहरु

कुवैत स्थीत् राजदुताबासबाट प्रथम राजदुत अम्बिका जोशी साथमा श्रम सहचारी सिर्जना तिवारी को साथमा अन्य बिभिन्न संघ संस्थाका प्रतिनिघिहरु पुष्प वाइबाको तामांग भाषा को गीति अल्बम ज्याबारानी को बिमोचन गर्दै 


रास्ट्रिय गित गाउदै सम्पूर्ण उपस्थिति वर्ग पाहुनाहरु 


तामांग घेदुंग कुवैत कामहा सचिब अमृत तामांग, माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबका अद्क्ष्य जय आले , नेपाली तामांग घेदुंग का प्रथम उपाध्यक्ष अर्जुन तामांग, प्रथम राजदुत अम्बिका जोशी, श्रम सहचारी सिर्जना तिवारी, NRNA अदक्ष्य धर्मराज गिरि साथमा नेपाल तामांग घेदुंग का बरिस्ट सल्लाहकार राजेन्द्र तामांग 


तामांग घेदुंग कुवैत कामहा सचिब अमृत तामांग, माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबका अद्क्ष्य जय आले , नेपाली तामांग घेदुंग का प्रथम उपाध्यक्ष अर्जुन तामांग, प्रथम राजदुत अम्बिका जोशी, श्रम सहचारी सिर्जना तिवारी, NRNA अदक्ष्य धर्मराज गिरि साथमा नेपाल तामांग घेदुंग का बरिस्ट सल्लाहकार राजेन्द्र तामांग 


तामांग घेदुंग कुवैत कामहा सचिब अमृत तामांग, माउन्ट एभरेस्ट स्पोर्टिंग क्लबका अद्क्ष्य जय आले , नेपाली तामांग घेदुंग का प्रथम उपाध्यक्ष अर्जुन तामांग, प्रथम राजदुत अम्बिका जोशी, श्रम सहचारी सिर्जना तिवारी, NRNA अदक्ष्य धर्मराज गिरि साथमा नेपाल तामांग घेदुंग का बरिस्ट सल्लाहकार राजेन्द्र तामांग 

राजदुत अम्बिका जोशी ज्यू बाट लेप्तोपबाट ज्याबारानी को गित play बटम थिचेर अल्बम को भिडियो बिमोचन गर्दै 

UAE Xchange कुवैत का प्रतिनिघी राम बस्नेत बाट मायाको चिनो ग्रहण गर्दै पुष्प वाइबा 


UAE Xchange कुवैत का प्रतिनिघी राम बस्नेत बाट मायाको चिनो ग्रहण गर्दै स्टमान वाइबा लामा भाइ पर्देशिखाबर का प्रधान संपादक 


मायाको चिनो ग्रहण गर्दै 



कार्यक्रम मा बधाई ज्ञापन गर्दै कुवैत का श्रम सहचारी सिर्जना तिवारी 


कार्यक्रममा बधाई मन्तब्यमा सरिक हुदै माउन्ट एभरेस्ट स्पोर्टिंगक्लबका अदक्ष्य जय आले 


 नेपाल पत्रकार महा संघ कुवैतका अद्क्क्ष हरि कृष्ण न्योपाने 









यसपालिको तीजको नाममा बनेका छाडा गीतहरू यस्ता छन् (भिडियो सहित)

२९ साउन, काठमाडौं ।




 रेडियो, टेलिभिजन या कुनै स्टेज कार्यक्रममा तीजको गीत सुन्नेवित्तिकै चेलीलाई माइतीको याद आओस् । कुनै कारण माइती जान नपाउँदा भोगेको नरमाइलो पनि गीतबाटै मेटाउनु पाइयोस् । तीजको गीत सुन्दा र हेर्दा अधिकांश नारीका चाहना यस्तै हुन्छन् । नारीहरु जुनसुकै वर्ग र धर्मका किन नहोउन्, उनीहरूलार्इ माइतीघर असाध्यै प्यारो हुन्छ ।यतिबेला बजारमा तीजको गीत समेटिएका म्युजिक भिडियोहरु प्रशस्तै आएका छन् । तर, त्यस्ता गीतहरु माईत जान नपाएकी बुहारीको पीडाभन्दा ‘डेटिङ’ जान नपाएकी छोरीका विषयमा बढी केन्द्रित हुन थालेका छन् । म्युजिक भिडियोमा तीज गीतको मौलिकता क्रमशः गुम्दै गएको र अश्लीताको श्रृङ्खला सुरु भएको गुनासाहरु पनि आइरहेका छन् ।
तीजकै सन्दर्भमा बनेका केही भिडियो यति उत्ताउला छन् कि परिवारका सबै सदस्य बसेर टीभी हेरिरहेका बेला गीत आइहाल्यो भने च्यानलै फेर्नुपर्ने बाध्यता छ । यसका लागि प्रशस्तै दृष्टान्तहरु छन् नेपाली तीज बजारमा ।नायिका सुमिना घिमिरे र सीताराम कट्टेल (धुर्मश) ले अभिनय गरेको भिनाजु पल्केर …बोलको गीतको म्युजिक भिडियो धेरै हेरिएको मध्येमै पर्छ । ‘पुतलीको भट्टी’ शीर्षकको एल्बममा संग्रहित एल्बमको भिडियो परिवारका सदस्यहरुको वीचमा बसेर सहजै हेर्न सकिने खालको छैन । भिनाजु सालीसँग पल्केको आशय समेटिएको उक्त गीतमा साली बनेकी (सुमिना)को जवानी देखेर कुकुरसमेत लोभिएको प्रशंग देखाइएको छ ।
तीजसँग जवानी वा प्रणयको साखै सम्बन्ध छैन । तर, विष्णु माझीको स्वर रहेको हाई मेरो फरिया बोलको गीतमा युवती बैंशले कुत्कुताएको आशय व्यक्त गरिएको छ । यो गीतमा सम्झना बुढोथोकीले नृत्य गरेकी छिन् । शब्दको आयशसँगै उनले आफ्नो फरिया जति माथि सारे पनि तल तल झरिरहने कुरा गरेकी छिन्, जसलाई तीजको गीत मानिएको छ ।यदि कुनै महिलाले तीजको तिर्सना मेट्ने आयशले यी गीत हेरे भने पक्कै खुसी हुने छैनन् । किनकि यस्ता तीज गीतले चेलीबेटीका मर्मलाई प्रस्तुत गर्न सकेका छैनन् । विभिन्न चलचित्रमा ‘हट सिन’मा प्रस्तुत भएकी सुस्मा कार्कीले अभिनय गरेको अर्को गीत रहेको छ-
‘पिठ्युँमा कनाइदेउ न बाई…’
लाली जोबन छोपेन जामाले
नक्कली भई नभन आमाले…

यसमा पनि सुस्माले सिनेमाको आईटम गीतलाई बिर्साउने गरी उत्तेजक नृत्य प्रस्तुत गरेकी छन् । निर्देशकले पनि तीजको छेक पारेर सुस्माको जवानीलाई सकेसम्म छताछुल्ल पार्ने प्रयाश गरेका छन् । दीपक ओलीको हङकङको साडी, पशुपति शर्माको बुहारीको पाई लगायत दर्जनभन्दा बढी गीत छन्, जुन गीत र भिडियोले तीजको मर्म र भावनालाई आत्मसाथ गरेको देखिँदैन । यस्ता गीत र म्युजिक भीडियोहरुले माइती र चेलीको सम्बन्ध जनाउने तीजको सांस्कृतिक रीतमाथि प्रहार गरेका छन् कि छैनन् ? बहस गर्नुपर्ने देखिएको छ ।
यस्ता भिडियोमा नायिकाको नृत्यकला भन्दा धेरै उनीहरुका संवेदनशील अंगहरुलाई विषेश र उत्तेजक भंगीमा प्रस्तुत गर्ने चलन छ । यस किसिमका उत्तेजक भिडियो र गीत बनाउनेहरु ‘बजारको माग’ भन्दै पन्छिने गरेका छन् ।
कला क्षेत्रले मौलिकतालाई ख्याल गर्नुपर्छ : न्यौपाने
तर, संस्कृतिकर्मीहरु भने चिन्तित देखिन थालेका छन् । मनोविज्ञ प्राध्यापक डाक्टर गोपीलाल न्यौपाने बजारमा अस्वस्थ प्रतिस्पर्धा बढेकाले गायक, गायिका र निर्देशकहरु उत्तेजक भिडियोतर्फ आकषिर्त भएको बताउँछन् । अन्य मुलुकका फेशन, सिनेमा र संगीतबाट नेपालीहरु प्रभावित हुँदै गएको धारणा राख्ने न्यौपानेलाई मौलिक संस्कार हराउने हो कि भन्ने चिन्ता छ । उनी भन्छन् ‘कला क्षेत्रमा आवद्ध व्यक्तिले व्यवसायसँगै मौलिकतालाई पनि ख्याल गर्नुपर्छ ।’
आपत्ति जनाउन जरुरी छैन : ढकाल
हरेक खुल्ला समाजमा लोक, संस्कृति र चाडलाई बजारले निर्धाण गर्छ भन्ने मान्यता राख्ने समाजशास्त्री सुरेश ढकाल उपभोक्ताको चाहनाअनुसार कलाकारहरुले वस्तु उत्पादन गरेको बताउछन् । ‘कुनै पनि म्युजिक भिडियो निर्देशक एवं गायक गायिकाले कला र संस्कृति जोगाउनका लागि म्युजिक भिडियो बनाएका होइनन्, उनीहरु बजारले जे माग्छ, त्यही बिक्री गर्दैछन्, त्यसमा आपत्ति जनाइहाल्नुपर्ने स्थिति छैन ।’ उनले भने ।

छारमेंदो युवा समाज फलाटे २ दंसिंग नुवाकोटको २०६५ सालको दशैँ प्रोग्रामको रमाइलो भिडियोहरु

हाम्रो गाउको २०६५  दसैँको कार्यक्रम को केही मीठो झलकहरु 
पंचामिलन निम्न माध्यमिक बिध्यालाय को कक्षा १ को साना साना बहिनीहरुको अति रमाइलो निर्त्य जसमा मादलको तालमा बाल गीतमा अति मिलाएर निर्त्य प्रस्तुत गर्दैछन I


पन्चामिलन स्कुलको प्रांगणबाट चारै तिरको रमाइलो दिर्स्य 
साथमा यो दृश्यमा तपाईहरुले दंसिंग २ फलाटे चिलाउने कदम डाडाको दृष्य दंसिंग १ सेलडाडा लार्केप, साथमा दंसिंग ३वडा लाफे को साथमा दंसिंग ४, को साथमा ७ र ८ बेसीमा अवस्थित सम्म फाटहरुमा लटरम्म फलेको डाडाखर्क, हाल्दे को फाटहरु देख्न सक्नु हुनेछ . 


कक्षा ५ मा का छात्रा छात्र हरु कार्यक्रम मा स्वागत गित र निर्त्य प्रस्तुत गर्दै 


कक्षा ४ का बिधार्थीहरु अति रमणीय निर्त्य गर्दै 


फलाटे गाउकै अति चर्चित प्रतिभा भएको दिदीबहिनी को युगल निर्त्य गर्दै यानी मलाइ सुष्मा र सुस्मिता 


हाम्रो छेमेकी जिल्ला धादिंगको पात्ले बाट अथिति कलाकारहरु  गनात्रनता आयोनी देशमा भन्ने गीतमा निर्त्य गर्दै  



सरस्वती प्रा बि  स्कुल कै ३ कक्षा का बिधार्थिहरुदसैँ र तिहार घर खर्च भन्ने लोक गीतमा निर्त्य गर्दै 


पंचामिलन स्कुलको कक्षा ४ को बिधार्थीहरु पानी कुवाको भन्ने बोलमानिर्त्य गर्दै 


पबित्र नातानतोडे बोलको गीतमा निर्त्य गर्दै हाम्रो लार्केप सरस्वती प्रा बि को कक्षा ४/५ को बिधार्थिहरु 




Tuesday, August 12, 2014

पाडाको मासु लिन जादा ६२ बर्से मान्सिंग तामांगको ज्यान गयो

पाडाको मासु लिन जादा ६२ बर्से  मान्सिंग तामांगको  ज्यान गयो

दंसिंग २ अन्धिरिका ६२ वर्षका मान्सिंग तामांग अब तपाई हामी बीच रहेन, सावन २६ गते दंसिंग चिलाउने कदम डाडामा पाडाको मासु लिन हिडेको मान्सिंग तामांग घर फर्कने क्रममा बाटोमा चिप्लेर लड्दा मिर्त्यु भएको खबर हामीलाई कान्छा छोरा चान्गबाले हाम्रो दंसिंग ओंलाइनखबरलाइ जानकारी गराउनु भयो । दंसिंग अन्धिरी टोलको साथै फलाटेको एक समाजसेबी बुद्दिजिबी हुनुहुन्ठेउ आज हामी बीच रहेन यस घटीमा स्वर्गीय मान्सिंग तामांग को आत्माले स्वर्गमा बास होस् I
इन्डियामा माइला र साइला रोजगारीको शिलशिलामा रहेको छ, नेपाल छुटी गएर फर्केको भर्खर १ महिना बितेको कान्छालाई अब नेपाल जाना छुट्टी पनि कम्पनीले नदिने हुदा मलेसियामा कार्येरत कान्छा छोरा अहिले बुवाको मित्युको खबरमा दुख मा आसुको धारामा डुबीरहेका छन्, भने इन्डियामा २ भाइहरु आज नेपाल माइला नेपाल पुगेको खबर छ भने साइला भोलि पुग्ने कुरा छ, दसा भन्ने कुरा बाजा बजाएर आउदैन अहिले बर्खामास को समयमा दैनिक पानि पर्ने हुनाले बाटोहरु प्राय चिप्लो हुन्छ तेसैले सबैले गाउघरमा बाटोमा हिड्दा होस् गरेर हिड्नु होला । अनि कतै बाटोघाटो बिक्रेको छ भने मर्मत सम्भार गर्नु पर्छ I
स्वर्गीय मान्सिंग तामांग {क्रेच्चा } को मिर्त्युले शोकाकुल परिवार प्रति समबेदना प्रकट गर्दै  स्वर्गीय मान्सिंग तामांग को चिर आत्माले शान्ति पओउस भनि हामी सबैले भगवान बुद्ध संग प्रार्थना गर्दछौ .